२०२४ कुलरक एक्स्पोजर प्रोग्राम
'कुलरक' को कोसेली
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'कुलरक' को कोसेली

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) की सञ्चालक सदस्य ज्ञानु पौड्यालले भर्खरै सम्पन्न  ताईवानी क्रेडिट युनियन अभियानबारे आफ्नो स्थलगत अध्ययन अवलोकन कार्यक्रमसम्बन्धी सिकाइ र उपलब्धिबारे संघको सञ्चालक समितिलाई जानकारी गराउनुभएको छ ।

नेफ्स्कून केन्द्रीय कार्यालयमा आज जारी संघ सञ्चालक समितिको ३ सय ३४ औं बैठकमा उहाँले आफ्नो भ्रमण कार्यक्रमको अनुभव र सिकाइ जानकारी गराउनुभएको हो ।

त्यसअघि, उहाँले ताइवानी केन्द्रीय बचत संघ-'कुलरक' को स्थलगत अध्ययन अवलोकन भ्रमण कार्यक्रमबाट नेफ्स्कूनलाई प्राप्त वार्षिक प्रतिवेदन, अध्ययन सामाग्री आदि संघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई उपलब्ध गराउनुभएको थियो ।

नेफ्स्कून सञ्चालक पौड्याल एशियाली ऋण महासंघ (अकू) को आयोजनामा नोभेम्बर ४ देखि ८ सम्म सञ्चालित '२०२४ कुलरक एक्स्पोजर प्रोग्राम' मा नेपाली साकोस अभियानको प्रतिनिधित्व गर्दै सहभागी हुनुभएको थियो । ताइवानी केन्द्रीय बचत संघ-'कुलरक' र नेफ्स्कूनबीच हार्दिक सम्बन्ध रहँदै आएको छ । उक्त भ्रमणका सिकाइहरु नेपालको साकोस अभियानका लागि फलदायी हुने विश्वास संञ्चालक पौड्यालले व्यक्त गर्नुभएको छ ।  

भ्रमणमा ताइवानी केन्द्रीय बचत संघ-'कुलरक' सँगै विभिन्न क्रेडिट युनियनहरुको अवलोकन र अनुभव तथा समसामयिक विषयमा सिकाइ आदानप्रदान भएको उहाँले जानकारी गराउनुभयो । 

नेफ्स्कून सञ्चालक पौड्यालले पनि नेपालको साकोस अभियानका सम्बन्धमा प्रस्तुतीसँगै सहकारी क्षेत्रको आफ्नो लामो अनुभव सुनाउनुभएको थियो । 

उक्त भ्रमणमा नेपालसँगै फिलिपिन्स, थाइल्याण्ड र भारतीय क्रेडिट युनियनकर्मीहरुको सहभागिता थियो ।  सहभागीहरुबीच घनिष्ठ सम्बन्ध स्थापित भएको र एक अर्काका असल अभ्यासहरुबारे जानकारी आदानप्रदान भएको नेफ्स्कून सञ्चालक पौड्यालले जानकारी गराउनुभयो ।  'कुलरक' ले सन् २०१९ पछि पहिलो पटक 'एक्स्पोजर भिजिट' आयोजना गरेको हो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१९ घण्टा अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

२ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

४ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२१ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप