ठेचो महिला जागरण साकोसका सञ्चालकहरुका लागि क्षमता अभिवृद्धि तालिम
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ठेचो महिला जागरण साकोसका सञ्चालकहरुका लागि क्षमता अभिवृद्धि तालिम

भक्तपुर । ठेचो महिला जागरण बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम कार्तिक २५ गते भक्तपुरको नगरकोटमा सम्पन्न भएको छ ।

४ दिवसीय तालिम समापनमा सहभागी नेफ्स्कून सञ्चालक शालिकराम ढकालले संस्था समुदायमा आधारित रही सञ्चालन गर्नुपर्ने भन्दै सदस्यलाई केन्द्रमा राखेर निरन्तर कार्यक्रमहरु गर्दा साकोस दिगो हुने बताउनुभयो ।

उहाँले अहिलेको अवस्थामा पारिवारिक तरिकाबाट सञ्चालित सहकारीमा समस्यमा आएको भन्दै समुदायमा आधारित संस्थामात्रै दिगो हुने स्पष्ट पार्नुभयो । सहकारीमा सदस्यको अपनत्वका लागि सदस्य शिक्षा कार्यक्रमलाई निरन्तर गर्नुपर्नेमा सञ्चालक ढकालले जोड दिनुभयो । 

साकोसकी अध्यक्ष ललिता महर्जनले तालिम एकदमै प्रभावकारी रहेको र सिकेका र बनाइएका कार्ययोजना संस्थामा कार्यन्वय गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

साकोसकी उपाध्यक्ष मिना महर्जनले तालिममले संस्थामा आवद्ध मालिकहरुको खण्डीकरण अत्यन्तै महत्वपूर्ण रहेको र तालिमले सो कुराको आवश्यकता, महत्व  बारे स्पष्ट पारेको, सोही अनुरुप संस्थाले सदस्य आवश्यकता सर्वेक्षण र सन्तुष्टि सन्तुष्टीको सर्वेक्षण गरी बस्तु तथा सेवा निर्माण गर्नको लागि तालिमले सक्षमा बनाएको प्रतिक्रिया व्यक्त गर्नुभयो ।

यस्तै, साकोसकी ऋण उपसमितिका सदस्य प्रभा महर्जनले तालिमले सहभागीहरुको ज्ञान सीप र धारणामा परिवर्तन ल्याउने काम गरेको बताउनुभयो । उहाँले तालिमका विषय बस्तु अत्यन्तै सान्दर्भिक रहेको र यसले संस्थाको वित्तीय विश्लेषण, अभिलेख व्यवस्थापन, ऋण लगानी देखि असुली सम्मको प्रकृया स्पष्ट पारेको बताउनुभयो । तालिमले सञ्चालक समितीको काम कर्तव्य र जिम्मेवारी बारे पनि थप स्पष्ट भएको बताउनुभयो । 

तालिम सहजीकरण नेफ्स्कूनका बरिष्ठ तालिम अधिकृत कोमलराज अधिकारी र तालिम अधिकृत रविन्द्र श्रेष्ठले गर्नु भएको थियो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

पाठकबाट थप