आईसीएको आगामी साधारण सभा बेलायतको म्यानचेष्टरमा, सहकारी सिद्धान्त पुनरावलोकनका सम्बन्धमा मतदान
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
आईसीएको आगामी साधारण सभा बेलायतको म्यानचेष्टरमा, सहकारी सिद्धान्त पुनरावलोकनका सम्बन्धमा मतदान

काठमाडौं । अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए)को अर्को साधारण सभा सन् २०२५ को जुलाईको पहिलो साता बेलायतको म्यानचेष्टरमा हुने भएको छ । भारतीय राजधानी नयाँ दिल्लीमा आज जारी आईसीएको वार्षिक साधारण सभा-२०२४ ले आगामी वार्षिक साधारण सभा सहकारीको जननी बेलायतको म्यानचेष्टर शहरमा जुलाई ३ मा गर्ने निर्णय गरेको छ ।

यसैबीच, साधारण सभामा सहकारीका ७ सिद्धान्तमा परिमार्जनको आवश्यकता रहे नरहेको विषयमा मतदान भएको छ । मतदानमा नेपालबचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.का अध्यक्ष चन्द्रप्रसाद ढकाल सहभागी हुनुभएको छ । सहकारी सिद्वान्त नं ५ र ७ लाई परिस्कृत गर्ने एजेण्डामा मतदान हुदाँ परिस्कृत गर्नु भन्ने पक्षमा अधिक मत परेकोले सो लाई पारित गरिएको छ । 

साथमा राष्ट्रिय सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष रमेश प्रसाद पोखरेल पनि मतदानमा सहभागी हुनुभएको छ । नेफ्स्कून र महासंघ दुबै आईसीएका पूर्ण सदस्य हुन् ।

सन् २०२१ को डिसेम्बर १ र २ मा दक्षिण कोरियाली राजधानी सोलमा सम्पन्न ३३औं अन्तर्राष्ट्रिय सहकारी सम्मेलनको समयमा सहकारीका सिद्धान्त पुनरावलोकनको औचित्यका सम्बन्धमा राय सल्लाह सुझाव लिन आईसीएले सल्लाहकार समिति गठन गरेको थियो ।

सहकारीका सिद्धान्त पुनरावलोकनको चर्चा

सन् २०२१ को डिसेम्बर १ देखि ३ सम्म दक्षिण कोरियाली राजधानी सोलमा सम्पन्न ३३ औं विश्व सहकारी सम्मेलनको अन्त्यबाट सहकारी सिद्धान्त पुनरावलोकनको चर्चा सुरु भएको हो । सन् १९९५ मा तय गरिएका सात सिद्धान्त बद्लिदो विश्व परिस्थिति अनुरुप पुनरावलोकन गरिनुपर्ने आवाज विश्व सहकारी वृत्तबाट उठ्दै आएको हो ।

सोही कारण सोल सम्मेलनको अन्त्यमा आइसीएले सहकारीका सिद्धान्तको सान्दर्भिकता र संशोधनका नयाँ आवाजहरु आदि बारे वृहत् छलफल, अध्ययनका लागि क्यानाडाकी अलेक्जेण्ड्रा विल्सनको अध्यक्षतामा आईसीएले २३ सदस्यीय सल्लाहकार समिति गठन गरेको थियो । समितिले सहकारी सिद्धान्तसँग जोडेर यसको परिचयका विषयमा पुनरावलोकन, मुल्याङ्कन र विमर्शका लागि सरोकारवालाहरुसँग लामो भौतिक तथा अभौतिक छलफल गरेको थियो ।

समूहले सन् २०२२ मा स्पेनको सेभिलामा सम्पन्न आइसीएको वार्षिक साधारण सभामा प्रतिवेदन पेश गरेको थियो । उक्त प्रतिवेदनमा के सहकारी सिद्धान्तले सहकारी परिचय पूर्णरुपमा सम्बोधन गरेको छ ? सहकारी सिद्धान्तको बुझाइले व्यापकता पाएको छ ? के सहकारीहरुले यीनलाई आधार मानेर काम गरेका छन् ?’ जस्ता विषयमा घनिभूत बहस, अनुसन्धान र अध्ययनको संश्लेषित निष्कर्षहरु समावेश गरेको थियो ।

सोलको वृहत् अन्तर्राष्ट्रय जमघटकै क्रमम पनि विल्सन र आइसीएका सञ्चालक सदस्य मार्टिन लावरी (आइसीए आइडेन्टीटी कमिटी अध्यक्ष) ले सहकारी परिचयलाई कसरी थप गहिराई प्रदान गर्न सकिन्छ भन्ने बहस छेडेका थिए ।

सन् १८४४ मा बेलायतस्थित रोचडेली अगुवाहरुले सहकारीको विश्वव्यापी निर्देशक सिद्धान्तहरुको जग बसाएका थिए । समय र परिस्थितिसँगै यी सिद्धान्तहरु विकसित हुँदै आएका हुन् । 

आइसीएले लागू गरेको सहकारीका मुल्य, मान्यता, सिद्धान्तसम्बन्धी महत्वपूर्ण दस्तावेज जसलाई स्टेटमेन्ट अफ कोअपरेटिभ आइडेन्टीटी–१९५५ भनिन्छ ।

जसलाई अन्तर्राष्ट्रिय श्रम संगठन–आइएलओको सहकारीसम्बन्धी दस्तावेजका अतिरिक्त विश्वका अधिकाशं मुलुकका सहकारी ऐन कानुनहरुमा समेत उल्लेख गरिएको छ० मा परिवर्तनको दीर्घकालीन असर हुने भएकाले ठूलो बहसको प्रारम्भ थालनी गरिएको हो ।

भर्खरै
तनहुँमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न
तनहुँमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न

७ घण्टा अगाडि

अर्घाखाँचीमा सहकारी सिद्धान्त अनुशिक्षण कार्यक्रम सम्पन्न
अर्घाखाँचीमा सहकारी सिद्धान्त अनुशिक्षण कार्यक्रम सम्पन्न

७ घण्टा अगाडि

इटहरीमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न
इटहरीमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न

८ घण्टा अगाडि

शिवज्योति साकोसको स्थलगत सुपरिवेक्षण कार्यक्रम सम्पन्न
शिवज्योति साकोसको स्थलगत सुपरिवेक्षण कार्यक्रम सम्पन्न

९ घण्टा अगाडि

जनकल्याण साकोसको स्क्यान अनुगमन कार्य सम्पन्न
जनकल्याण साकोसको स्क्यान अनुगमन कार्य सम्पन्न

९ घण्टा अगाडि

सहकारी सिद्धान्त अनुशिक्षण तथा स्क्यान  अभिमुखीकरण कार्यक्रम  गुल्मिमा सम्पन्न 
सहकारी सिद्धान्त अनुशिक्षण तथा स्क्यान अभिमुखीकरण कार्यक्रम  गुल्मिमा सम्पन्न 

१ दिन अगाडि

साकोस अनुगमनमा निरन्तरता, साथै स्क्यान कार्यक्रमको सम्झौता
साकोस अनुगमनमा निरन्तरता, साथै स्क्यान कार्यक्रमको सम्झौता

१ दिन अगाडि

सहकारीमा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम सम्पन्न
सहकारीमा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम सम्पन्न

१ दिन अगाडि

पाठकबाट थप