आईसीएको आगामी साधारण सभा बेलायतको म्यानचेष्टरमा, सहकारी सिद्धान्त पुनरावलोकनका सम्बन्धमा मतदान
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
आईसीएको आगामी साधारण सभा बेलायतको म्यानचेष्टरमा, सहकारी सिद्धान्त पुनरावलोकनका सम्बन्धमा मतदान

काठमाडौं । अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए)को अर्को साधारण सभा सन् २०२५ को जुलाईको पहिलो साता बेलायतको म्यानचेष्टरमा हुने भएको छ । भारतीय राजधानी नयाँ दिल्लीमा आज जारी आईसीएको वार्षिक साधारण सभा-२०२४ ले आगामी वार्षिक साधारण सभा सहकारीको जननी बेलायतको म्यानचेष्टर शहरमा जुलाई ३ मा गर्ने निर्णय गरेको छ ।

यसैबीच, साधारण सभामा सहकारीका ७ सिद्धान्तमा परिमार्जनको आवश्यकता रहे नरहेको विषयमा मतदान भएको छ । मतदानमा नेपालबचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.का अध्यक्ष चन्द्रप्रसाद ढकाल सहभागी हुनुभएको छ । सहकारी सिद्वान्त नं ५ र ७ लाई परिस्कृत गर्ने एजेण्डामा मतदान हुदाँ परिस्कृत गर्नु भन्ने पक्षमा अधिक मत परेकोले सो लाई पारित गरिएको छ । 

साथमा राष्ट्रिय सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष रमेश प्रसाद पोखरेल पनि मतदानमा सहभागी हुनुभएको छ । नेफ्स्कून र महासंघ दुबै आईसीएका पूर्ण सदस्य हुन् ।

सन् २०२१ को डिसेम्बर १ र २ मा दक्षिण कोरियाली राजधानी सोलमा सम्पन्न ३३औं अन्तर्राष्ट्रिय सहकारी सम्मेलनको समयमा सहकारीका सिद्धान्त पुनरावलोकनको औचित्यका सम्बन्धमा राय सल्लाह सुझाव लिन आईसीएले सल्लाहकार समिति गठन गरेको थियो ।

सहकारीका सिद्धान्त पुनरावलोकनको चर्चा

सन् २०२१ को डिसेम्बर १ देखि ३ सम्म दक्षिण कोरियाली राजधानी सोलमा सम्पन्न ३३ औं विश्व सहकारी सम्मेलनको अन्त्यबाट सहकारी सिद्धान्त पुनरावलोकनको चर्चा सुरु भएको हो । सन् १९९५ मा तय गरिएका सात सिद्धान्त बद्लिदो विश्व परिस्थिति अनुरुप पुनरावलोकन गरिनुपर्ने आवाज विश्व सहकारी वृत्तबाट उठ्दै आएको हो ।

सोही कारण सोल सम्मेलनको अन्त्यमा आइसीएले सहकारीका सिद्धान्तको सान्दर्भिकता र संशोधनका नयाँ आवाजहरु आदि बारे वृहत् छलफल, अध्ययनका लागि क्यानाडाकी अलेक्जेण्ड्रा विल्सनको अध्यक्षतामा आईसीएले २३ सदस्यीय सल्लाहकार समिति गठन गरेको थियो । समितिले सहकारी सिद्धान्तसँग जोडेर यसको परिचयका विषयमा पुनरावलोकन, मुल्याङ्कन र विमर्शका लागि सरोकारवालाहरुसँग लामो भौतिक तथा अभौतिक छलफल गरेको थियो ।

समूहले सन् २०२२ मा स्पेनको सेभिलामा सम्पन्न आइसीएको वार्षिक साधारण सभामा प्रतिवेदन पेश गरेको थियो । उक्त प्रतिवेदनमा के सहकारी सिद्धान्तले सहकारी परिचय पूर्णरुपमा सम्बोधन गरेको छ ? सहकारी सिद्धान्तको बुझाइले व्यापकता पाएको छ ? के सहकारीहरुले यीनलाई आधार मानेर काम गरेका छन् ?’ जस्ता विषयमा घनिभूत बहस, अनुसन्धान र अध्ययनको संश्लेषित निष्कर्षहरु समावेश गरेको थियो ।

सोलको वृहत् अन्तर्राष्ट्रय जमघटकै क्रमम पनि विल्सन र आइसीएका सञ्चालक सदस्य मार्टिन लावरी (आइसीए आइडेन्टीटी कमिटी अध्यक्ष) ले सहकारी परिचयलाई कसरी थप गहिराई प्रदान गर्न सकिन्छ भन्ने बहस छेडेका थिए ।

सन् १८४४ मा बेलायतस्थित रोचडेली अगुवाहरुले सहकारीको विश्वव्यापी निर्देशक सिद्धान्तहरुको जग बसाएका थिए । समय र परिस्थितिसँगै यी सिद्धान्तहरु विकसित हुँदै आएका हुन् । 

आइसीएले लागू गरेको सहकारीका मुल्य, मान्यता, सिद्धान्तसम्बन्धी महत्वपूर्ण दस्तावेज जसलाई स्टेटमेन्ट अफ कोअपरेटिभ आइडेन्टीटी–१९५५ भनिन्छ ।

जसलाई अन्तर्राष्ट्रिय श्रम संगठन–आइएलओको सहकारीसम्बन्धी दस्तावेजका अतिरिक्त विश्वका अधिकाशं मुलुकका सहकारी ऐन कानुनहरुमा समेत उल्लेख गरिएको छ० मा परिवर्तनको दीर्घकालीन असर हुने भएकाले ठूलो बहसको प्रारम्भ थालनी गरिएको हो ।

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

५ घण्टा अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

६ घण्टा अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

१० दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

५ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

पाठकबाट थप