भक्तपुर जिल्ला बचत संघको ‘कार्यविधि निर्माण’ तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भक्तपुर जिल्ला बचत संघको ‘कार्यविधि निर्माण’ तालिम सम्पन्न

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को तालिम व्यवस्थापन उपसमितिको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को प्राविधिक साझेदारीमा चैत्र ८ गते, शुक्रबार ‘कार्यविधि निर्माण’ तालिम सिद्धि गणेश तालिम हल, भक्तपुरमा सम्पन्न भएको छ । संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले संस्था संस्थागत भई दिगो हुन नीति, विधि र प्रविधिबाट सञ्चालन हुनु पर्ने आवश्यकता औंल्याउनुभयो । नीति र विधि विना व्यक्तिगत निर्णयबाट सञ्चालित सहकारी सहकारी नभई एकलौटी व्यवसाय जस्तो हुन्छ । यस्ता सहकारी सस्थाहरुमा समस्या देखिएको उहाँले बताउनुभयो । जारी अध्यादेशले नेपालभरीमा कुनै एक प्रकृतीमा सदस्य भएपछि अर्को सोहि प्रकृतीको सहकारीमा सदस्य हुन नपाउने व्यवस्था व्यवहारिक नभएको उहाँको भनाइ थियो । व्यक्तिगत बचतको सीमालाई सस्ंथागत पूँजीको १० प्रतिशतसम्म सदस्यसँग बचत संकलन गर्न पाउने गरी प्रतिस्थापन विद्येयक पारीत गरेको जानकारी गराउनुभयो ।  

संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजुले संस्था सञ्चालन गर्न बचत, ऋण, आर्थिक प्रशासन, कर्मचारी प्रशासन र सम्पत्ती शुद्धिकरण निवारण कार्यविधि लगायतका आधारभूत कार्यविधिको निर्माण तथा ऐन कानून अनुसार अद्यावधि गर्नुपर्ने बताउनुभयो । कार्यविधि काम गर्ने विधि भएकोले उक्त विधिलाई उत्कृष्ट बनाउन निरन्तर प्रयोग र समयनुकुल परिमार्जनमा ध्यानदिनुपर्ने उहाँले बताउनुभयो ।

नेफ्स्कूनका तालिम अधिकृत रबिन्द्र श्रेष्ठले कार्यविधि निर्माण गर्दा गाह्रो भएता पनि कार्यविधिले कानुन सम्मत कार्यान्वयन गर्न सहयोग गर्ने बताउनुभयो । तालिममा सिकेका कुराहरुको अभ्यास नगरिकन सिक्न नसक्ने भएकोले निरन्तर अभ्यास गर्नुपर्ने वहाँको भनाइ थियो । उहाँले कार्यविधि निमार्णले काम गर्न सहजता समेत हुने बताउनु भएको थियो ।

तालिममा सहभागीहरुले सहकारीको कार्यविधि निर्माण प्रयोगात्मक सिकाई भएकोले खुशी व्यक्त गर्नुभयो । तालिममा संघमा आबद्ध संस्थाहरुका पदाधिकारी, व्यवस्थापक तथा उच्चतहका कर्मचारीहरु गरी ३४ जनाको सहभागिता रहेको थियो । तालिमको समापन कार्यक्रमको सञ्चालन संघका कर्मचारी रोकेश जोशीले गर्नुभएको थियो ।

भर्खरै
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

५ घण्टा अगाडि

नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

५ घण्टा अगाडि

नेफ्स्कूनद्वारा संघहरूको स्थायित्व र दिगो सञ्चालनका विषयमा छलफल तीव्र
नेफ्स्कूनद्वारा संघहरूको स्थायित्व र दिगो सञ्चालनका विषयमा छलफल तीव्र

१८ घण्टा अगाडि

जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न
जनउत्थान साकोसमा Sustainable Finance Compass कार्यशाला सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१५ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१५ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

५ घण्टा अगाडि

नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

५ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३४ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

६१ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५६ दिन अगाडि

पाठकबाट थप