प्राधिकरणद्वारा जारी सहकारी मापदण्ड संशोधनको माग गर्दै कार्यदलले बुझायो सहकारीमन्त्रीलाई ज्ञापनपत्र 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्राधिकरणद्वारा जारी सहकारी मापदण्ड संशोधनको माग गर्दै कार्यदलले बुझायो सहकारीमन्त्रीलाई ज्ञापनपत्र 

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले गठन गरेको नियामकीय मापदण्ड संशोधन सहजीकरण कार्यदलले सहकारी क्षेत्रमा देखिएको समस्यालाई ध्यानमा राख्दै हालै राष्ट्रिय सहकारी नियमन प्राधिकरणद्वारा जारी गरिएको ‘बचत तथा ऋणकाको मुख्य कारोबार गर्ने सहकारी संस्थाको संचालन सम्बन्धमा नियामकीय मापदण्ड २०८२’ का केही प्रावधान संशोधन गर्न सरकार समक्ष आग्रह गरेको छ । महासंघका अध्यक्ष ओमदेवी मल्लको नेतृत्वमा मंगलबार मन्त्रालय पुगेको कार्यदलले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री माननीय बलराम अधिकारीलाई संशोधन गर्नुपर्ने बुँदासहितको ज्ञापनपत्र पेश गरेको हो ।

ज्ञापनपत्र बुझाउने क्रममा अध्यक्ष मल्लले नियामक मापदण्डका कतिपय बुँदाहरु सहकारी क्षेत्रको सहज सञ्चालनमा बाधक बन्ने बताउँदै ती प्रावधानहरू तत्काल कार्यान्वयन गर्दा सहकारी संस्थाहरू समस्यामा पर्ने स्पष्ट गर्नुभयो । उहाँले सहकारी क्षेत्र संवेदनशील रहेको हुँदा सरकारले आवश्यक समन्वयसहित निर्णय लिनुपर्नेमा जोड दिनुभयो । मन्त्री अधिकारीले महासंघको मागलाई सकारात्मक रूपमा लिँदै आवश्यक छलफल र प्रक्रियाबाट मापदण्ड संशोधन गर्न पहल गरिने प्रतिबद्धता जनाउनुभयो । 

उक्त भेटमा महासंघका वरिष्ठ उपाध्यक्ष तथा कार्यदलका संयोजक रमेश पोखरेल, कार्यदलका सदस्यहरु उपाध्यक्ष डिवी बस्नेत, नेफ्स्कूनका अध्यक्ष चन्द्र ढकाल, बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे, कास्कुनका अध्यक्ष दिपक पनेरु, तथा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

कार्यदलले विशेषगरी बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूलाई लक्षित गरेर बनाइएको नियामकीय मापदण्डका केही बुँदाहरू यथास्थितिमा कार्यान्वयन गर्दा हजारौं सहकारी संस्था र लाखौं सदस्यहरू प्रभावित हुने भन्दै संशोधनको माग गरेको हो ।

भर्खरै
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

२ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

३ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

४ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

४ दिन अगाडि

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

५ दिन अगाडि

धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन
धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१३ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

३० दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप