प्राधिकरणद्वारा जारी सहकारी मापदण्ड संशोधनको माग गर्दै कार्यदलले बुझायो सहकारीमन्त्रीलाई ज्ञापनपत्र 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्राधिकरणद्वारा जारी सहकारी मापदण्ड संशोधनको माग गर्दै कार्यदलले बुझायो सहकारीमन्त्रीलाई ज्ञापनपत्र 

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले गठन गरेको नियामकीय मापदण्ड संशोधन सहजीकरण कार्यदलले सहकारी क्षेत्रमा देखिएको समस्यालाई ध्यानमा राख्दै हालै राष्ट्रिय सहकारी नियमन प्राधिकरणद्वारा जारी गरिएको ‘बचत तथा ऋणकाको मुख्य कारोबार गर्ने सहकारी संस्थाको संचालन सम्बन्धमा नियामकीय मापदण्ड २०८२’ का केही प्रावधान संशोधन गर्न सरकार समक्ष आग्रह गरेको छ । महासंघका अध्यक्ष ओमदेवी मल्लको नेतृत्वमा मंगलबार मन्त्रालय पुगेको कार्यदलले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री माननीय बलराम अधिकारीलाई संशोधन गर्नुपर्ने बुँदासहितको ज्ञापनपत्र पेश गरेको हो ।

ज्ञापनपत्र बुझाउने क्रममा अध्यक्ष मल्लले नियामक मापदण्डका कतिपय बुँदाहरु सहकारी क्षेत्रको सहज सञ्चालनमा बाधक बन्ने बताउँदै ती प्रावधानहरू तत्काल कार्यान्वयन गर्दा सहकारी संस्थाहरू समस्यामा पर्ने स्पष्ट गर्नुभयो । उहाँले सहकारी क्षेत्र संवेदनशील रहेको हुँदा सरकारले आवश्यक समन्वयसहित निर्णय लिनुपर्नेमा जोड दिनुभयो । मन्त्री अधिकारीले महासंघको मागलाई सकारात्मक रूपमा लिँदै आवश्यक छलफल र प्रक्रियाबाट मापदण्ड संशोधन गर्न पहल गरिने प्रतिबद्धता जनाउनुभयो । 

उक्त भेटमा महासंघका वरिष्ठ उपाध्यक्ष तथा कार्यदलका संयोजक रमेश पोखरेल, कार्यदलका सदस्यहरु उपाध्यक्ष डिवी बस्नेत, नेफ्स्कूनका अध्यक्ष चन्द्र ढकाल, बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे, कास्कुनका अध्यक्ष दिपक पनेरु, तथा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

कार्यदलले विशेषगरी बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूलाई लक्षित गरेर बनाइएको नियामकीय मापदण्डका केही बुँदाहरू यथास्थितिमा कार्यान्वयन गर्दा हजारौं सहकारी संस्था र लाखौं सदस्यहरू प्रभावित हुने भन्दै संशोधनको माग गरेको हो ।


 

भर्खरै
राष्ट्रिय सहकारी महासंघको का.मु. महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
राष्ट्रिय सहकारी महासंघको का.मु. महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त

६ घण्टा अगाडि

'सही समयमा जारी निर्देशन तथा मापदण्डहरु सहकारीको हितमा छन् '
'सही समयमा जारी निर्देशन तथा मापदण्डहरु सहकारीको हितमा छन् '

७ घण्टा अगाडि

सहकारी विभागको १०२ बुँदे निर्देशन, सुशासन प्रवर्द्धनमा जोड
सहकारी विभागको १०२ बुँदे निर्देशन, सुशासन प्रवर्द्धनमा जोड

७ घण्टा अगाडि

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा एक बर्षे उपलब्धि सार्वजनिक : के के काम भए सहकारीमा ?
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा एक बर्षे उपलब्धि सार्वजनिक : के के काम भए सहका...

२२ घण्टा अगाडि

गलत काममा मेरो संलग्नता प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार छु : मन्त्री बलराम अधिकारी
गलत काममा मेरो संलग्नता प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार छु : मन्त्री बलराम अधिकारी

२२ घण्टा अगाडि

सदस्मैत्री सेवा प्रवाह गर्दै सुखद सालतमामी गर्न सफल भएकोमा जनउत्थान साकोसद्वारा सदस्यहरुप्रति धन्यवाद ज्ञापन 
सदस्मैत्री सेवा प्रवाह गर्दै सुखद सालतमामी गर्न सफल भएकोमा जनउत्थान साकोसद्वारा सदस्यहरुप्रति धन्यवा...

१ दिन अगाडि

चन्द्रागिरि ट्याब बैंकिङ सेवा शुभारम्भ : प्रविधियुक्त सेवा विस्तारमा जोड  
चन्द्रागिरि ट्याब बैंकिङ सेवा शुभारम्भ : प्रविधियुक्त सेवा विस्तारमा जोड  

१ दिन अगाडि

नेफ्स्कूनद्वारा प्राधिकरणका नवनियुक्त अध्यक्ष शर्मालाई बधाई तथा शुभकामना
नेफ्स्कूनद्वारा प्राधिकरणका नवनियुक्त अध्यक्ष शर्मालाई बधाई तथा शुभकामना

३ दिन अगाडि

लोकप्रिय
सहकारी विभागको १०२ बुँदे निर्देशन, सुशासन प्रवर्द्धनमा जोड
सहकारी विभागको १०२ बुँदे निर्देशन, सुशासन प्रवर्द्धनमा जोड

७ घण्टा अगाडि

नेफ्स्कूनद्वारा प्राधिकरणका नवनियुक्त अध्यक्ष शर्मालाई बधाई तथा शुभकामना
नेफ्स्कूनद्वारा प्राधिकरणका नवनियुक्त अध्यक्ष शर्मालाई बधाई तथा शुभकामना

३ दिन अगाडि

राष्ट्रिय सहकारी महासंघको का.मु. महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
राष्ट्रिय सहकारी महासंघको का.मु. महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त

६ घण्टा अगाडि

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा एक बर्षे उपलब्धि सार्वजनिक : के के काम भए सहकारीमा ?
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा एक बर्षे उपलब्धि सार्वजनिक : के के काम भए सहका...

२२ घण्टा अगाडि

काभ्रेस्थित आर्थिक विकास मित्र साकोसको २०औं स्थापना दिवसमा विविध कार्यक्रम
काभ्रेस्थित आर्थिक विकास मित्र साकोसको २०औं स्थापना दिवसमा विविध कार्यक्रम

५७५ दिन अगाडि

अर्थभूमि साकोसको ८औं वार्षिक साधारणसभा सम्पन्न, गास कटाएर जम्मा गरेको सदस्यको बचतलाई उत्पादन र आयमूलक काममा लगाउनुपर्नेमा जोड
अर्थभूमि साकोसको ८औं वार्षिक साधारणसभा सम्पन्न, गास कटाएर जम्मा गरेको सदस्यको बचतलाई उत्पादन र आयमूल...

६६४ दिन अगाडि

बिन्धवासिनी साकोसको आयोजनामा एक्सेस बागमती प्रथम समुहको २९औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
बिन्धवासिनी साकोसको आयोजनामा एक्सेस बागमती प्रथम समुहको २९औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यश...

६८४ दिन अगाडि

बागमती प्रदेश अन्तर्गत चितवनमा साकोस अभियानको नेतृत्व पुनर्जागरण सम्बन्धी कार्यक्रम सम्पन्न
बागमती प्रदेश अन्तर्गत चितवनमा साकोस अभियानको नेतृत्व पुनर्जागरण सम्बन्धी कार्यक्रम सम्पन्न

६८५ दिन अगाडि

पाठकबाट थप