कञ्चनपुर । पुर्नवास न.पा वडा न.– ८, कञ्चनपुर स्थित श्री गौरा बचत तथा ऋण सहकारी सस्थां लि। ले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून ) संग नियमित निरिक्षण अनुगमन कार्यक्रममा मंसिर २२ गते आबद्ध भएको छ ।
सहकारी ऐन २०७४ को व्यवस्था बमोजिम संघद्धारा यो कार्यक्रमको शुरुवात गरिएको थियो । संघको ३८ औं स्थापना दिवसको दिन सार्वजनिक भएको नियमित निरिक्षण तथा अनुगमन कार्यक्रम ले संघका सबै सदस्य संघ संस्थाहरुलाई अनुगमन तथा निरिक्षण गरी आवश्यक मार्गदर्शन प्रदान गर्ने उद्देश्य राखेको छ ।
श्री गौरा बचत तथा ऋण सहकारी सस्थां लि. का ब्यवस्थापक बन्दना शर्मा पुर्नवास न.पा वडा न.– ८, कञ्चनपुर का र संस्थाका सचिव श्याम परियार पुर्नवास न.पा वडा न.– ८, कञ्चनपुर र नेफ्स्कून धनगढी सदस्य सेवा कार्यालयका ईन्चार्ज दिपक राज जोशी, संघको तर्फबाट कार्यक्रम अधिकृत प्रबिण अधिकारी र दोस्रो पक्ष साकोसको तर्फबाट साकोसका अध्यक्ष राजेन्द्र प्रसाद अधिकारीको उपस्थितिमा सम्झौता सम्पन्न भएको थियो ।
११ घण्टा अगाडि
१ दिन अगाडि
२ दिन अगाडि
७ दिन अगाडि
९ दिन अगाडि
९ दिन अगाडि
१० दिन अगाडि
१३ दिन अगाडि
१५ दिन अगाडि
२६ दिन अगाडि
१८ दिन अगाडि
१८ दिन अगाडि
१६ दिन अगाडि
१८ दिन अगाडि
२४ दिन अगाडि
३१ दिन अगाडि