नेफ्स्कूनद्वारा पाँचौं साकोस शिखर गोष्ठी–२०२५ शुभारम्भ
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्वारा पाँचौं साकोस शिखर गोष्ठी–२०२५  शुभारम्भ

काठमाण्डौं । “ सञ्जालिकृत अभियान सुनिश्चितताका लागि रणनीतिक उन्नयन र नियामकीय अनुकूलन” भन्ने मुल नाराका साथ अन्तराष्ट्रिय सहकारी वर्ष २०२५ को अवसरमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले २ दिने पाँचौं साकोस शिखर गोष्ठी, २०२५ को समुद्धघाटन कार्यक्रम पौष ३ गते हेरिटेज गार्डेन, सानेपा हाईट, ललितपुरमा  शुभारम्भ गरेको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका माननिय मन्त्रि प्रा.डा. कुमार इङ्नामले पानसमा दिप प्रज्वलनसँगै खुत्रुक्केमा बचत गरी पाँचौं साकोस शिखर गोष्ठी–२०२५ को समुद्घाटन गर्नु भएको थियो । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा सञ्चालित दुई दिवसीय गोष्ठी “ सञ्जालिकृत अभियान सुनिश्चितताका लागि रणनीतिक उन्नयन र नियामकीय अनुकूलन” भन्ने मुल भाव र संकल्पका साथ सुरु भएको थियो । साकोस अभियानको समिक्षा र आगामी मार्गचित्रका बारेमा संघका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले प्रष्ट्याउनु भएको थियो । 

गोष्ठीको नाम पाँचौं साकोस शिखर गोष्ठी–२०२५ रहेको छ । अन्तर्राष्ट्रिय जगतमा भएका साकोसका असल अभ्यासहरू र राष्ट्रिय परिवेशमा उत्तम अभ्यासहरूको आन्तरिकिकरणको लागि स्वदेशी तथा विदेशी विषय विज्ञहरू मार्फत क्षमता अभिवृद्धि गर्ने प्रयासको निरन्तरतामा साकोस क्षेत्रका अनुभव आदान प्रदानका साथै नयाँ अभ्यासहरूको जानकारी आदान प्रदान गर्न गोष्ठीले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । परिवर्तित कानुनी व्यवस्थालाई अनुकुलीत भई नेपालको साकोस अभियानलाई प्रभावकारी एवम मजवुत र  आन्तरिक नियन्त्रण प्रणालीलाई चुस्त दुरूस्त राख्न, समान वुझाई र असल अभ्यास लाई निरन्तरता दिने सोचका साथ यो राष्ट्रिय गोष्ठी सञ्चालन भएको हो । 

गोष्ठीमा नेपालको आर्थिक विकास एवम् सहकारी क्षेत्रमा योगदान गर्नुहुने विज्ञ साथै विश्वका सफल बचत तथा ऋण सहकारी अभ्यासमा क्रियाशिल व्यक्तिहरुबाट कार्यपत्रहरु प्रस्तुत हुने कार्यक्रम रहेको छ । गोष्ठीको पहिलो दिन पौष ३ गते चारवटा सामुहिक सत्र र एउटा उत्प्रेणात्मक सत्र सञ्चालन हुने कुरा नेफ्स्कूनले जनाएको छ । 

पहिलो सामुहिक सत्रमा नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षतामा डा. रमेश चौलागाईले “नियामकीय मार्गचित्र साकोसको दिगो संस्थागत रुपान्तरणको चुनौती अवसर विषयमा” राष्ट्रिय सहकारी नियमन प्राधिकरणका विज्ञ सदस्य डा. रमेश चौलागाईले प्रस्तुतिकरण गर्नु भएको थियो  भने नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलले प्रस्तुतीकरण माथी टिप्पणी भएको थियो ।

त्यसैगरि दोस्रो सामुहिक सत्र नेफ्स्कूनका सल्लाहकार मिनराज कंडेलको अध्यक्षतामा “सम्पति शुद्धिकरण निवारण सम्बन्धि कानुनी व्यवस्था र परीपालना विषयमा राष्ट्रिय सहकारी  विभागका रजिष्ट्रार उमेश ढुङ्गानाले कार्यपत्र प्रस्तुत भएको थियो  भने उक्त प्रस्तुतीको वित्तीय जानकारी इकाइका निर्देशक बासुदेब भट्टराईले टिप्पणी गर्नु भएको थियो ।

तेस्रो सामुहिक सत्रमा नेफ्स्कूनका संचालक ऋषिराज घिमिरेको अध्यक्षतामा Shifting Leardership for Rekindling Cooperative Values and Principle ” विषयमा प्रस्तोता एशियाली ऋण महासंघ (अकू) का प्रमुख कार्यकारी अधिकृत Ms.Elenita V.san Roque ले प्रस्तुतिकरण गर्नु भएको थियो  भने राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष खगराज शर्माले प्रस्तुतीकरण माथी टिप्पणी गर्नु भएको थियो ।  त्यसैगरि चौथो सामुहिक सत्र नेफ्स्कूनका  सल्लाहकार परितोष पौड्यालको अध्यक्षतामा “एक्यान नेपालका अध्यक्ष तथा सिए अनुप नेपालले वित्तीय सहकारीहरुको स्व. नियामकीय अभ्यास चुनौती तथा अगामी मार्गचित्र, बिश्वव्यापी दृष्ट्रिकोण तथा नेपालमा यसको अभ्यास” विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने महालेखा नियन्त्रक गोपीनाथ मैनालीले उक्त विषयमा टिप्पणी गर्नुभएको थियो । हास्यव्यंग उत्प्रेरणात्मक सत्रको जिम्वेवारीमा सुबोध गौतमले सहकारीका समय सान्दर्भिक विषयमा व्यंग मार्फत आफ्नो अभिव्यक्ति प्रस्तुत गर्नुभएको थियो । 

त्यसैगरी दोस्रो दिन पौष ४ गतेको पहिलो सामुहीक सत्रमा नेफ्स्कूनका सल्लाहकार डी.वि बस्नेतको अध्यक्षतामा वित्तीय सहकारी संस्थाहरुका लागि संचालन मानकीकरण ढाँचा विषयमा विषयविज्ञ भुवन दाहालले प्रस्तुतिकरण गर्नुहुनेछ । उक्त सत्रको टिप्पणी सहायक डिन त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय का डा. बलराम चापागाईले  गर्नुहुनेछ ।

 

दोस्रो सामुहीक सत्र नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीको अध्यक्षतामा वित्तीय सहकारीमा श्रोत परिचालन र वर्तमान प्रवृति आगामी मार्गदिशा विषयमा नबिल बैक लि.का प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीको प्रस्तुतिकरण उक्त सत्रको नविल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले  गर्नु हुने कुरा नेफ्स्कूनले बताएको छ । दुइ दिवशीय गोष्ठीमा छ वटा सामुहिक सत्र र एउटा उत्प्रेरणात्मक सत्र गरी जम्मा ७ सत्र सञ्चालन हुनेछन् । 

कार्यक्रममा प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका माननिय मन्त्रि प्रा.डा. कुमार इङ्नामले कार्यक्रम सफलताको शुभकामना सहितको शुभकामना मन्तव्य राख्नु भएको  थियो ।  

समुद्घाटन समारोहमा विशिष्ट अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सचिव, मदन भुजेल ,राष्ट्रिय सहकारी नियमन प्राधिकरणका, अध्यक्ष, डा. खगराज शर्मा,राष्ट्रि«य सहकारी महासंघ,का.बा. अध्यक्ष , रमेश प्रसाद पोखरेल, ,सहकारी विभाग, रजिष्ट्रार, उमेश ढुङगाना,सहकारी प्रवर्धन महाशाखा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, मदन कोइराला,अतिथि,राष्ट्रिय सहकारी नियमन प्राधिकरण, बोर्ड सदस्य तथा कार्यकारी नि.ने.रा.बैंक, गुरु पौड्याल ,अतिथि,सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र, प्राचार्य बिष्णु पौडेल, राष्ट्रिय सहकारी बैैंक लि., अध्यक्ष, महेन्द्र गिरी लगाएत सहकारी अभियानका राष्ट्रिय तथा ,अन्तराष्ट्रिय व्यक्तित्वहरु, मुख्य सरोकारवाला पक्षहरु, अभियानकर्मी, नियमनकारी निकायका जिम्मेवार अधिकारीहरु, संचारकर्मिहरु, सम्बन्धित सरोकारवालाहरु एवम् विकास साझेदारहरु, संघ संस्थाहरु र नेफ्स्कूनका संचालक समिती र व्यवस्थापन समिती सहित करिब ८०० जनाको सहभागिता रहेको उद्घाटन समारोह कार्यक्रममा स्वागत मन्तव्य नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष , दामोदर अधिकारीले गर्नुभएको कार्यक्रमको सञ्चालन संघका महासचिव घनश्याम अधिकारीले गर्नुभएको थियो ।

 

भर्खरै
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१५ घण्टा अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

४ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

४ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

५ दिन अगाडि

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

६ दिन अगाडि

लोकप्रिय
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१५ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१४ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

पाठकबाट थप