स्क्यान कार्यक्रम अन्तर्गत युवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्क्यान कार्यक्रम अन्तर्गत युवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

मकवानपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले स्क्यान कार्यक्रम अन्तर्गत पहिलो निरीक्षण तथा प्रोवेसन स्थलगत सुपरिवेक्षण युवा बचत तथा ऋण सहकारी संस्था लि., हेटौडा उपमहानगरपालिका–२, शान्तिपथ, मकवानपुरमा पौष १३ गते सम्पन्न गरेको छ ।

सुपरिवेक्षणका क्रममा संस्थाको वित्तीय अवस्था, नीतिगत व्यवस्था तथा कार्यान्वयन, नियामकीय व्यवस्थाको परिपालना र सुशासन व्यवस्थापनका आधारभूत पक्षहरूको स्थलगत मूल्यांकन गरिएको थियो ।

संस्थाका अध्यक्ष राजु गौतमले यस कार्यक्रमले संस्थामा सुशासन कायम गर्न, सदस्यहरूको विश्वास अभिवृद्धि गर्न तथा सदस्य संरक्षणमा महत्वपूर्ण सहयोग पुगेको र निरन्तर मार्गदर्शनको अपेक्षा व्यक्त गर्नुभयो । त्यसैगरी, संस्थाका व्यवस्थापक अमृत सापकोटाले नेफ्स्कूनको स्तरीकरण कार्यक्रम अन्तर्गत हुने नियमित सुपरिवेक्षणले संस्थाको आन्तरिक सुदृढीकरण तथा व्यावसायिक विकासमा उल्लेखनीय सहयोग पुगेको बताउनुभयो ।

नेफ्स्कूनको नियमित सुपरिवेक्षणबाट हालसम्म संस्था सुधारका लागि आवश्यक मार्गदर्शन प्राप्त हुँदै आएको र संस्थाको निरन्तर विकासका लागि साकोसका सञ्चालक समिति तथा व्यवस्थापन टोली सक्रिय रहने प्रतिबद्धता व्यक्त भएको छ । स्क्यान तथा प्रोवेसन अन्तर्गतको स्थलगत सुपरिवेक्षण कार्यक्रम नेफ्स्कूनका कार्यक्रम अधिकृत सोविता मैनाली तथा अनुगमन सहजकर्ता सुरेन्द्र श्रेष्ठले सम्पन्न गर्नुभएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

३ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

५ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

६ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

७ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१२ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१४ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२३ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३६ दिन अगाडि

पाठकबाट थप