स्क्यान कार्यक्रम अन्तर्गत युवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्क्यान कार्यक्रम अन्तर्गत युवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

मकवानपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले स्क्यान कार्यक्रम अन्तर्गत पहिलो निरीक्षण तथा प्रोवेसन स्थलगत सुपरिवेक्षण युवा बचत तथा ऋण सहकारी संस्था लि., हेटौडा उपमहानगरपालिका–२, शान्तिपथ, मकवानपुरमा पौष १३ गते सम्पन्न गरेको छ ।

सुपरिवेक्षणका क्रममा संस्थाको वित्तीय अवस्था, नीतिगत व्यवस्था तथा कार्यान्वयन, नियामकीय व्यवस्थाको परिपालना र सुशासन व्यवस्थापनका आधारभूत पक्षहरूको स्थलगत मूल्यांकन गरिएको थियो ।

संस्थाका अध्यक्ष राजु गौतमले यस कार्यक्रमले संस्थामा सुशासन कायम गर्न, सदस्यहरूको विश्वास अभिवृद्धि गर्न तथा सदस्य संरक्षणमा महत्वपूर्ण सहयोग पुगेको र निरन्तर मार्गदर्शनको अपेक्षा व्यक्त गर्नुभयो । त्यसैगरी, संस्थाका व्यवस्थापक अमृत सापकोटाले नेफ्स्कूनको स्तरीकरण कार्यक्रम अन्तर्गत हुने नियमित सुपरिवेक्षणले संस्थाको आन्तरिक सुदृढीकरण तथा व्यावसायिक विकासमा उल्लेखनीय सहयोग पुगेको बताउनुभयो ।

नेफ्स्कूनको नियमित सुपरिवेक्षणबाट हालसम्म संस्था सुधारका लागि आवश्यक मार्गदर्शन प्राप्त हुँदै आएको र संस्थाको निरन्तर विकासका लागि साकोसका सञ्चालक समिति तथा व्यवस्थापन टोली सक्रिय रहने प्रतिबद्धता व्यक्त भएको छ । स्क्यान तथा प्रोवेसन अन्तर्गतको स्थलगत सुपरिवेक्षण कार्यक्रम नेफ्स्कूनका कार्यक्रम अधिकृत सोविता मैनाली तथा अनुगमन सहजकर्ता सुरेन्द्र श्रेष्ठले सम्पन्न गर्नुभएको थियो ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२० घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप