सहकारिता तिर्थाटनको अभ्यासमा नेफ्स्कूनको आधारशिला कार्यक्रमसंग मैवाखोला गाउँपालिका, ताप्लेजुङको यात्रा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारिता तिर्थाटनको अभ्यासमा नेफ्स्कूनको आधारशिला कार्यक्रमसंग मैवाखोला गाउँपालिका,  ताप्लेजुङको यात्रा

तिनजुरे मिल्के जलजले क्षेत्रमा अवस्थित रमणीय पर्यटकीय स्थलमा सहकारीलाई सहकारिताको तिर्थाटनको रूपमा अनुकरणीय अभ्यास मार्फत सदस्यहरूलाई स्वरोजगारी र उद्यमी वनाउने यात्रामा “आधारशिलामा साझेदारी, वित्तीय पहुँच र स्व–रोजगारी” को मूलमर्मका साथ संङ्घले आफुले सिकेका सीप, ज्ञान, विद्धता, अनुभवलाई देशका कुना कन्तरामा पुर्याई रहेको छ ।

स्थानीय तहसँग साझेदारी गरी सहकारी क्षेत्र सुधार तथा सुदृढीकरणका लागि आधारशिला कार्यक्रमको अपनत्व मैवाखोला गाउँपालिका, ताप्लेजुङमा पालिका अध्यक्ष विजय प्रकाश वनेमले आर्थिक बर्ष २०८२।०८३ मा आधारशिला कार्यक्रमको कार्यान्वयनका लागि सम्झौता गरि कार्यक्रम निरन्तर कार्यान्वयन भइरहेको छ । 

सङ्घले पालिकामा सहकारी संस्थाको घरदैलोमा गई सहकारिताको अभ्यासको अनुशिक्षण दिने, सकृय रहेका सहकारीको सुदृढीकरणको लागि प्राविधिक सहयोग निरन्तर गर्ने, भएका सहकारीको एक वडा एक सहकारीको अवधारणा अनुरूप एकीकरणमा सहजीकरण गर्ने, सहकारीमा भएका सदस्यहरूलाई उद्यमी देखि उद्योगी सम्मको श्रृँखलामा प्राविधिक सहजीकरण गर्ने र सहकारीलाई कानूनी परिपालनामा अन्तरनिहित महसुशीकरण गराउने काम गर्नेछ । 

यस कार्यक्रमले स्थलगत रूपमा सहकारीको घरदैलो र गुन्द्रीमा वसेर सहकारीलाई सहकारीको सिद्धान्त र सहकारिताको सँस्कार बसाल्न कोचिङ र मेन्टोरिङ गर्ने काम गर्दछ । यस पालिकाका अध्यक्षबाट कार्यक्रमबाट पालिकामा सहकारीले गर्नुपर्ने कानूनी निर्माणको कार्यमा नेफ्स्कूनले संघीय सहकारी विभागसँग सहकार्य गरी प्राविधिक सहजीकरण गर्न सहयोग गरिरहेको छ ।

पालिकाका सहकारी शाखाका प्रमुख, वडाका अध्यक्षहरु, प्रमुख प्रसाशकीय अधिकृत र पालिका अध्यक्ष समेतको उपस्थितीमा पालिकामा सहकारी ऐन संशाधन र नियमावली निर्माणको विषयमा घनिभूत छलफल भयो । यस क्षेत्रमा सहकारीलाई रोजगार र उत्पादनसँग जोड्न सङ्घको प्राविधिक सहयोग निरन्तर हुने र पालिकाले यस आधारशिला कार्यक्रम मार्फत पालिकाको सम्मृद्धिमा नयाँ आयाम थप हुने विषयमा पालिका अध्यक्ष र व्यवस्थापन प्रष्ट भएको सन्दर्भ जोड्नु भएको थियो । यस सन्दर्भमा पालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी माया गोम्देमले आधारशिला कार्यक्रमले सहकारीको नीति, विधि र प्रकृयामा सहयोग गरेकोमा पालिका आभारी रहेको विषय जोड्नु भएको थियो ।

यस कार्यक्रममा स्थलगत रूपमा गई पालिकाको लक्ष्य र सङ्घको मर्मलाई आत्मसाथ गरी भएको ११ वटा सहकारी संस्थाहरुमा संघीय सहकारी नियमावलीको नियम ११ को मर्मलाई आत्मासाथ गरी सहकारी विचमा प्रतिस्पर्धा नभई एक अर्कामा सहयोगको भावना अभिबृद्धिमार्फत सदस्यहरुको जीवनमा रुपान्तरणका लागि नेफ्स्कून र पालिका विचमा दीर्घकालीन रुपमा कार्यक्रम निरन्तरता हुने प्रतिवद्धता पनि पालिका अध्यक्ष  विजय प्रकाश वनेमले गर्नु भयो ।

पालिका सहकारी शाखाका प्रमुख  सुरेन्द्र राई, सङ्घका बरिष्ठ अधिकृत नविन राज दाहाल, अधिकृत  रिता सुवेदी लगायतका सहभागीहरुको पनि उपस्थिती थियो । 

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप