सुनसरीमा साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुनसरीमा साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला सम्पन्न

सुनसरी । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा सुनसरीको ईटहरीमा “साकोस जोखिम व्यवस्थापन ३६०” कार्यशाला पुष २३ गते सम्पन्न भएको छ ।

संघको ३८ औं स्थापना दिवशदेखि शुरु भएको नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम स्क्यान अन्तर्गत साकोस जोखिम व्यवस्थापन ३६० कार्यशाला सुनसरी,मोरगं र उदयपुर जिल्लाका साकोसहरुको उपस्थितिमा उक्त कार्यशाला आयोजना गरेकोे हो । कार्यशालामा २४ वटा साकोसबाट सञ्चालक तथा कर्मचारी गरी ५५ जनाको सहभागिता रहेको थियो । 

सदस्य सेवा बिभागका कार्यक्रम अधिकृत मुकेश दाहालले सञ्चालन गर्नुभएको ओपचारिक कार्यक्रमको अध्यक्षता नेफ्स्कून सञ्चालक समिति सदस्य एवं सुनसरी सदस्य सेवा कार्यालय संयोजक लक्ष्मी सापकोटाले गर्नुभएको थियो ।सभाअध्यक्षले स्क्यान कार्यक्रमले साकोसहरुको जोखिम बिश्लेषण र निराकरण गर्न मद्धत पुग्ने बताउनुभयो । यस कार्यशालामा नेफ्स्कून सञ्चालक सदस्य एवं जनकपुर सदस्य सेवा कार्यालयका संयोजक शालिकराम ढकाल र सदस्य सेवा कार्यालय सुनसरीका कार्यालय प्रमुख रिसभ राज रेग्मीको उपस्थिति रहेको थियो ।

कार्यक्रम सहजीकरण नेफ्स्कून सदस्य सेवा विभागका बरिष्ठ अधिकृत प्रेमनाथ वाग्लेले गर्नुभएको थियो। उक्त कार्यशालामा कार्यक्रममा संस्थामा देखिने जोखिम र त्यसको प्रभावकारी व्यवस्थापनका विषयमा तथा ऋण असुली न्यायाधिकरण सम्बन्धी कार्यविधि तथा कानुनी सवाल, बचत तथा ऋण सहकारीको नियमन र अनुगमन योजना, तरलता व्यवस्थापन, कर्जा सञ्चालन, सुशासन, पूँजी पर्याप्तता अनुपात विश्लेषणको अभ्यास गराईएको थियो ।

नियमकिय अनुकुलन योजना बनाई कार्य गर्ने सन्दर्भमा सहकारी क्षेत्रमा सुशासन, दिगोपन र वित्तीय अनुशासन प्रबर्धन गर्ने उद्देश्यका साथ संघले नियमित स्थलगत सुपरिवेक्षण कार्यलाई निरन्तरता दिएको हो । सुपरिवेक्षणको उद्धेश्य सहकारीहरूलाई राज्य तथा नियामक निकायसँग समन्वय गर्दै नीति, निर्देशिका, मापदण्ड र कार्यविधिको प्रभावकारी कार्यान्वयनमा सक्षम बनाउनु, सदस्यहरूको आर्थिक सशक्तिकरणलाई प्रोत्साहन गर्नु र बचतकर्तामा विश्वास अभिवृद्धि गर्नु रहेको छ ।  बचत, ऋण, लेखापरीक्षण, लगानी तथा आर्थिक कारोबारको वास्तविक स्थिति, सदस्यहरूले पाउनुपर्ने सेवा सुविधा, लाभांश तथा समावेशी सहभागिता, संस्थाभित्र सम्भावित त्रुटी, आर्थिक जोखिम र व्यवस्थापकीय सुधारका लागि सुझाव दिनु र संस्थाको निर्णय प्रक्रिया, नेतृत्वको पारदर्शिता, उत्तरदायित्व र सदस्य सहभागिता मूल्यांकन साथै प्रविधिमा आधारित सदस्य सुचना प्रणालीको अधिकतम प्रयोग मार्फत जोखिम विश्लेषण गरी जोखिम न्यूनिकरणका उपायको खोजि गर्नु रहेको छ । 

नेफ्स्कूनले विगतमा सञ्चालन गर्दै आएको स्तरिकरण कार्यक्रम कर्वस,प्रोवेशन र एक्सेस लगायतका स्तरिकरण कार्यक्रमको परिमार्जित नमुना कार्यक्रम नै स्क्यान कार्यक्रम हो । संघले नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम स्क्यान लाई सबै साकोसमा अनिवार्य बनाउने उद्देश्यले आवश्यक नीति, कार्यक्रम तथा कार्यविधि निर्माण गरी कार्यान्वयनको सुरुआत गरेको जनाएको छ । कार्यक्रमको व्यवस्थापन अनुगमन सहायक डिल्लिराम तिम्सिना र ब्यवसाय सहायक लक्ष्मण अधिकारीले गर्नुभएको थियो ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१८ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१८ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप