जोखिम व्यवस्थापन सहितको दिगो साकोस बनाउने अभियानमा सप्तरीको एभरेष्ट साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जोखिम व्यवस्थापन सहितको दिगो साकोस बनाउने अभियानमा सप्तरीको एभरेष्ट साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

सप्तरी । एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड राजबिराज नगरपालिका –०७ सप्तरी, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) द्वारा सञ्चालनमा रहेको नियमित निरिक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रममा पौष २३ गते औपचारिक रूपमा आबद्ध भएको छ ।

नेफ्स्कूनले यसअघि एक्सेस, प्रोवेशन तथा जोखिममा आधारित साकोस विकास कार्यक्रम (कब्र्स) सञ्चालन गर्दै आएकोमा संघको ३८औँ स्थापना दिवसको अवसर पारेर स्क्यान कार्यक्रमको शुभारम्भ गरेको हो । सहकारी ऐन, २०७४ को दफा २५ तथा दफा ९९ ले प्रदान गरेको कानुनी आधारमा सम्पन्न सम्झौताअनुसार सहकारी संस्थाहरूले जोखिम व्यवस्थापन, वित्तीय विश्लेषण, गुणस्तरीय सेवा अभिवृद्धि तथा संस्थागत सुदृढीकरणलाई प्रमुख कार्यक्षेत्रका रूपमा अघि बढाउने लक्ष्य लिइएको छ ।

सहकारी संस्थालाई थप व्यवस्थित र सुदृढ बनाउने उद्देश्यले नियमनकारी निकायहरूद्वारा जारी निर्देशिका अनुसार साकोसले पालना गर्नुपर्ने नीति तथा नियमहरूको अवस्थाको विश्लेषण गर्न संघले नियमित सुपरिवेक्षण, वित्तीय सूचकाङ्क मूल्याङ्कन तथा आन्तरिक नियन्त्रण परीक्षण स्क्यानका सूचकका आधारमा निरन्तर अनुगमन गर्नेछ ।

स्क्यान कार्यक्रम मार्फत साकोसहरूको वित्तीय सुशासन प्रवद्र्धन, सम्पत्ति शुद्धीकरण सम्बन्धी प्रतिवेदन तोकिए बमोजिम सम्बन्धित निकायमा पेश गर्ने प्रणालीको प्रभावकारी कार्यान्वयन, भाखा नाघेको ऋण असुलीमा सुधार, जोखिम व्यवस्थापन तथा सक्षमता विकास गर्ने लक्ष्य लिइएको छ । साथै गुणस्तर सुनिश्चितता कार्यक्रम मार्फत ब्रान्ड प्राप्ति, योजनाबद्ध रूपमा साकोस सञ्चालन, सहकारीमैत्री व्यवस्थापन, क्युरिमा ३६० अनुसार क्षेत्रगत जोखिम न्यूनीकरण तथा सदस्यहरूको बचतलाई सुरक्षित र स्वस्थ बनाउने विशिष्ट उद्देश्यसहित कार्यक्रम लागू गरिएको हो ।

सम्झौतामा नेफ्स्कूनका सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकाल र संस्थाका  ब्यबस्थापक दिब्या साहले  हस्ताक्षर गर्नुभएको छ । साकोसका तर्फबाट अध्यक्ष सन्जिब कुमार यादव साथै नेफ्स्कूनको तर्फबाट कार्यक्रम अधिकृत रामकृष्ण भट्टराई र सहजकर्ता श्याम बुढाथोकीको रोहवरमा स्क्यानको औपचारीक सम्झौता सम्पन्न भएको थियो । 
 
भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप