घर आँगन नियमित साकोस महोत्तरीमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
घर आँगन नियमित साकोस महोत्तरीमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न

महोत्तरी । घर आँगन नियमित बचत तथा ऋण सहकारी संस्था लिमिटेड, महोत्तरीमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले पौष २३ गते स्थलगत सुपरिवेक्षण सम्पन्न गरेको छ।

सहकारी क्षेत्रमा पारदर्शिता, उत्तरदायित्व र सदस्य हितको सुनिश्चितता गर्ने उद्देश्यले नेफ्स्कूनले सहकारी संस्थाहरूमा स्थलगत सुपरिवेक्षणलाई प्रभावकारी रूपमा अघि बढाउँदै आएको छ। सोही क्रममा सम्पन्न सुपरिवेक्षणमा बचत, ऋण, लेखापरीक्षण, लगानी तथा आर्थिक कारोबारको वास्तविक अवस्था, सदस्यहरूले प्राप्त गर्ने सेवा–सुविधा, लाभांश, समावेशी सहभागिता, संस्थाभित्र देखिन सक्ने त्रुटि, आर्थिक जोखिम तथा व्यवस्थापकीय सुधारका विषयमा मूल्यांकन गरिएको थियो।

साथै संस्थाको निर्णय प्रक्रिया, नेतृत्वको पारदर्शिता र उत्तरदायित्व, सदस्य सहभागिता, प्रविधिमा आधारित सदस्य सूचना प्रणालीको प्रयोगमार्फत जोखिम विश्लेषण गरी जोखिम न्यूनीकरणका उपाय खोज्नु पनि सुपरिवेक्षणको प्रमुख उद्देश्य रहेको छ।

नेफ्स्कूनको तर्फबाट कार्यक्रम अधिकृत रामकृष्ण भट्टराई र सहजकर्ता श्याम बुढाथोकीको उपस्थितिमा सम्पन्न स्थलगत सुपरिवेक्षण कार्यक्रममा घर आँगन नियमित साकोसका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, ऋण उपसमिति तथा कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।

सुपरिवेक्षणका क्रममा संस्थाको विनियम, नीति तथा आन्तरिक कार्यविधि, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी नियामक निकायबाट प्राप्त निर्देशनको पालना, भाखा नाघेको ऋण असुली, पुँजी पर्याप्तता अनुपातको विश्लेषण लगायत समग्र वित्तीय अवस्था तथा सहकारीले प्रदान गर्दै आएका सेवा–सुविधाबारे विस्तृत छलफल गरिएको थियो।

सुपरिवेक्षकबाट प्राप्त सुझावहरूलाई संस्थागत पृष्ठपोषणका रूपमा ग्रहण गर्दै ती सुझावहरूबारे सञ्चालक समितिको आगामी बैठकमा विस्तृत छलफल गरी कार्यान्वयनमा लैजाने निर्णय भएको छ।

भर्खरै
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१ घण्टा अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२४ घण्टा अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

१० दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

१० दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

पाठकबाट थप