नेफ्स्कून लमजुङद्वारा राष्ट्रिय सहकारी नियमन प्राधिकरणसम्बन्धी दर्ता तथा अभिलेखीकरण तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कून लमजुङद्वारा राष्ट्रिय सहकारी नियमन प्राधिकरणसम्बन्धी दर्ता तथा अभिलेखीकरण तालिम सम्पन्न

लमजुङ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) लमजुङ सदस्य सेवा केन्द्रको आयोजनामा राष्ट्रिय सहकारी नियमन प्राधिकरणसम्बन्धी दर्ता तथा अभिलेखीकरण तालिम पौष २४ गते लमजुङमा सम्पन्न भएको छ।

राष्ट्रिय सहकारी नियमन प्राधिकरणद्वारा जारी गरिएको सहकारी संस्था दर्ता तथा अभिलेखीकरणसम्बन्धी व्यवस्थाबारे संघमा आबद्ध सदस्य संघ/संस्थाहरूलाई सुसूचित गराउने तथा दर्ता–अभिलेखीकरण प्रक्रियामा सहजीकरण गर्ने उद्देश्यले उक्त तालिम सञ्चालन गरिएको हो। कार्यक्रममा लमजुङ जिल्लाका विभिन्न सहकारी संस्थाबाट ५० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

तालिमको सहजीकरण नेफ्स्कून सदस्य सेवा पोखराका प्रमुख सुरज चालिसेले गर्नुभएको थियो। उहाँले दर्ता प्रक्रियाको महत्व, आवश्यक कागजात, अभिलेखीकरण गर्दा ध्यान दिनुपर्ने विषयहरू तथा नियामकीय प्रावधानहरूबारे स्पष्ट पार्नुभएको थियो। कार्यक्रमको व्यवस्थापन नेफ्स्कून लमजुङ सदस्य सेवा केन्द्रका प्रमुख सन्देश घिमिरेले गर्नुभएको थियो।

तालिमका क्रममा सहभागीहरूलाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणको दर्ता पोर्टल प्रयोग विधि, सञ्चालकको स्थायी लेखा नम्बर निकाल्ने प्रक्रिया, दर्ता तथा अभिलेखीकरणका चरणहरू लगायतका प्राविधिक विषयहरूमा व्यवहारिक रूपमा सहजीकरण गरिएको थियो।

कार्यक्रमले सहकारी संस्थाहरूलाई नियमनको दायराभित्र ल्याउन सहयोग पुर्‍याउनुका साथै सहकारी क्षेत्रलाई थप सुदृढ र व्यवस्थित बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। तालिम सहकारी संस्थाहरूको दैनिक सञ्चालनका लागि अत्यन्त उपयोगी रहेको भन्दै सहभागीहरूले सकारात्मक प्रतिक्रिया व्यक्त गरेका छन्।

भर्खरै
स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

११ घण्टा अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

९ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

९ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

१० दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१८ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३१ दिन अगाडि

पाठकबाट थप