नेफ्स्कूनद्वारा राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता अभिलेखीकरणसम्बन्धी एकदिने अभिमुखीकरण तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्वारा राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता अभिलेखीकरणसम्बन्धी एकदिने अभिमुखीकरण तालिम सम्पन्न

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को केन्द्रीय कार्यालयको आयोजनामा “राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता अभिलेखीकरण सम्बन्धी एक दिवसीय अभिमुखीकरण तालिम ” माघ ७ गते संघको केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ ।

केन्द्रीय कार्यालय अन्तर्गत कारोबार गर्ने बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष, सञ्चालक समिति सदस्य, लेखा सुपरिवेक्षण समिति सदस्य, व्यवस्थापक तथा प्रमुख जिम्मेवारीमा रहेका कर्मचारीहरूलाई लक्षित गरी तालिम आयोजना गरिएको नेफ्स्कूनका प्राचार्य बल्लभ तिमल्सिनाले जानकारी दिनुभयो ।

संशोधित सहकारी ऐन, नियमकीय निर्देशन, राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता तथा अभिलेखीकरण प्रक्रिया, नियामक मापदण्ड र तिनको कार्यान्वयनसम्बन्धी विषयमा स्पष्ट जानकारी प्रदान गर्दै सहभागीहरूको क्षमता विकास गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो ।

तालिममा नेफ्स्कूनका व्यवसाय अधिकृत विदुर खड्काले संशोधित सहकारी ऐनका नयाँ व्यवस्था र त्यसको प्रभाव, राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता तथा अभिलेखीकरणसम्बन्धी प्रावधान, नियामक निर्देशन र मापदण्ड, जोखिम–भारित सम्पत्ति गणना विधि, पूँजीकोष तथा पूँजीकोष पर्याप्तता अनुपात गणना गर्ने तरिका लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा २० भन्दा बढी बचत ऋण सहकारी संस्थाका अध्यक्ष, सञ्चालक, लेखा सुपरिवेक्षण समिति सदस्य, व्यवस्थापक तथा प्रमुख जिम्मेवारीमा रहेका कर्मचारीहरूको सहभागिता रहेको थियो ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२१ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२१ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२१ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप