सहयोगी साकोस तुलसीपुर दाङको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहयोगी साकोस तुलसीपुर दाङको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

दाङ । सहयोगी बचत तथा ऋण सहकारी संस्था लि. तुलसीपुर, दाङको आयोजनामा रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला माघ १७ गते सम्पन्न भएको छ ।

तीन दिनसम्म सञ्चालन भएको कार्यशाला माघ १५ देखि १७ गतेसम्म लुम्बिनी सांस्कृतिक नगरपालिका, लुम्बिनीमा सञ्चालन भएको हो । कार्यशालामा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, उप–समिति तथा व्यवस्थापन तह गरी जम्मा २३ जनाको सहभागिता रहेको थियो ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहयोग तथा साकोसको आयोजनामा सञ्चालित कार्यशालामा संघका बरिष्ठ अधिकृत कोमल राज अधिकारी र कार्यक्रम अधिकृत प्रविण अधिकारीले सहजिकरण गर्नुभएको थियो । 

कार्यक्रमको अध्यक्षता साकोसका अध्यक्ष डिलाराम विष्टले गर्नुभएको थियो । कार्यक्रम सञ्चालन संस्थाका सचिव दुर्गा प्रसाद शर्माले गर्नुभएको थियो भने स्वागत मन्तव्य लाल बहादुर के.सी.ले राख्नुभएको थियो ।

कार्यशालाको क्रममा नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालले साकोसमा सदस्यको विश्वास जित्न र संस्थाप्रति अपनत्व बढाउन संस्थाको नेतृत्वले सदस्य तथा संस्थाको हितमा हुने कार्यक्रम, योजना र निर्णय लिनुपर्नेमा जोड दिनुभयो । व्यक्तिको दीर्घजीवनका लागि स्वास्थ्य जाँच आवश्यक भएझैँ संस्थाको दिगोपनाका लागि पनि नियमित रूपमा संस्थागत स्वास्थ्य परीक्षण आवश्यक हुने बताउनुभयो । जोखिम न्यूनीकरण गर्दै संस्था सञ्चालन गर्दा दीर्घकालीन रूपमा कम क्षति हुने उल्लेख सहित साकोसहरूले नेफ्स्कूनद्वारा सञ्चालनमा ल्याएको नियमित निरीक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रममा आवद्ध भई परीक्षण गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक मेयर कल्पना हरिजनले सहकारी संस्था सञ्चालन गर्दा आर्थिक पारदर्शिता र सदस्यहरूको विश्वास जित्नु अत्यन्त आवश्यक रहेको बताउनुभयो । ऋणको सही सदुपयोग नहुँदा सदस्य र सहकारी दुवैमा समस्या आउने भएकाले गुणस्तरीय ऋण लगानी, ऋण सदुपयोगिताको अनुगमन तथा सदस्यहरूलाई ऋण सदुपयोग सम्बन्धी शिक्षा प्रदान गर्नुपर्नेमा विशेष जोड दिनुभयो ।

कार्यशालाबाट सहयोगी साकोसको आगामी रणनीतिक व्यवसायिक दिशा स्पष्ट हुनुका साथै संस्थालाई दिगो र सदस्य–केन्द्रित बनाउने विषयमा साझा समझदारी विकास भएको आयोजकले जनाएका छन् । 
 
भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२६ मिनेट अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२६ मिनेट अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

पाठकबाट थप