भक्तपुरको उपकार साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भक्तपुरको उपकार साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

भक्तपुर। भक्तपुर स्थित उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले सञ्चालनमा ल्याएको स्क्यान कार्यक्रममा माघ १९ गते आबद्ध भएको छ।

नेफ्स्कूनले विगतमा एक्सेस, प्रोबेशन तथा जोखिममा आधारित साकोस विकास कार्यक्रम (कर्ब्स) सञ्चालन गर्दै आएकोमा संघको ३८औँ स्थापना दिवसको अवसरमा स्क्यान कार्यक्रमको थालनी गरेको हो । सहकारी ऐन, २०७४ को दफा २५ र दफा ९९ ले प्रदान गरेको कानुनी आधारअनुसार सम्पन्न सम्झौतामार्फत सहकारी संस्थाहरूले जोखिम व्यवस्थापन, वित्तीय विश्लेषण, गुणस्तरीय सेवा अभिवृद्धि तथा संस्थागत पृष्ठपोषणलाई प्राथमिक कार्यक्षेत्रका रूपमा अघि बढाउने व्यवस्था गरिएको छ।

सहकारी संस्थालाई थप व्यवस्थित बनाउन नियमनकारी निकायबाट जारी गरिएका निर्देशिका अनुसार साकोसले पालना गर्नुपर्ने नीति तथा नियमको अवस्थाको विश्लेषण गर्न नेफ्स्कूनले नियमित सुपरिवेक्षण, वित्तीय सूचकाङ्क मूल्यांकन तथा आन्तरिक नियन्त्रण परीक्षणलाई स्क्यानका सूचकका आधारमा निरन्तर अनुगमन गर्नेछ।

स्क्यान कार्यक्रम मार्फत साकोसहरूको वित्तीय सुशासन प्रवर्द्धन, सम्पत्ति शुद्धीकरण सम्बन्धी कार्यान्वयन अधिकारीद्वारा सम्बन्धित निकायमा तोकिए बमोजिम रिपोर्टिङ, भाखा नाघेका ऋण असुलीमा प्रभावकारिता वृद्धि, जोखिम व्यवस्थापन तथा सक्षमता विकास गर्ने लक्ष्य राखिएको छ। साथै गुणस्तर सुनिश्चितता कार्यक्रम मार्फत ब्रान्ड प्राप्ति, योजनाबद्ध रूपमा साकोस सञ्चालन, सहकारीमैत्री व्यवस्थापन, क्युरिमा ३६० अनुसार क्षेत्रगत जोखिम न्यूनीकरण तथा सदस्यहरूको बचत सुरक्षित र स्वस्थ बनाउने विशिष्ट उद्देश्यका साथ कार्यक्रम लागू गरिएको हो।

सम्झौता कार्यक्रममा नेफ्स्कूनका तर्फबाट कार्यक्रम अधिकृत सुमनराज घिमिरे, सदस्य सेवा कार्यालय भक्तपुरका इन्चार्ज राजेश खड्का र अनुगमन सहजकर्ता राजीव आचार्य तथा साकोसका तर्फबाट अध्यक्ष बावुकाजी छुँ, कोषाध्यक्ष रवि घजु र व्यवस्थापक कपिल घजुको उपस्थिति रहेको थियो। प्रथम पक्षका तर्फबाट नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत एवं सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकालको हस्ताक्षरमा सम्झौता सम्पन्न भएको हो।

साकोसका अध्यक्ष मुस्यानले स्क्यान कार्यक्रम अन्तर्गत नियमित निरीक्षणमा रही सूचकहरूको पालना गर्दै संस्थालाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ।

भर्खरै
आइडियल बचत तथा ऋण सहकारी संस्थामा नेफ्स्कूनको स्क्यान कार्यक्रमअन्तर्गत स्थलगत सुपरिवेक्षण सम्पन्न
आइडियल बचत तथा ऋण सहकारी संस्थामा नेफ्स्कूनको स्क्यान कार्यक्रमअन्तर्गत स्थलगत सुपरिवेक्षण सम्पन्न

१९ घण्टा अगाडि

झापामा साकोसका समसामयिक समस्या र आगामी कार्यदिशाबारे नेफ्स्कूनको दुईदिने अन्तरक्रिया सम्पन्न
झापामा साकोसका समसामयिक समस्या र आगामी कार्यदिशाबारे नेफ्स्कूनको दुईदिने अन्तरक्रिया सम्पन्न

२३ घण्टा अगाडि

ACCESS अनुगमनकर्ताको क्षमता अभिवृद्धिका लागि एशियाली ऋण महासंघ र नेफ्स्कूनबीच भर्चुअल अभिमुखीकरण सम्पन्न
ACCESS अनुगमनकर्ताको क्षमता अभिवृद्धिका लागि एशियाली ऋण महासंघ र नेफ्स्कूनबीच भर्चुअल अभिमुखीकरण सम्...

२ दिन अगाडि

स्थिरीकरण कोषको पाँचौँ वार्षिक परामर्श बैठक पुस ४ गते काठमाडौंमा हुने
स्थिरीकरण कोषको पाँचौँ वार्षिक परामर्श बैठक पुस ४ गते काठमाडौंमा हुने

४ दिन अगाडि

अटोमोबाइल्स साकोसको नेतृत्व क्षमता अभिवृद्धि तालिम सम्पन्न
अटोमोबाइल्स साकोसको नेतृत्व क्षमता अभिवृद्धि तालिम सम्पन्न

४ दिन अगाडि

ठूला वित्तीय कारोबार गर्ने सहकारी संस्थाहरूसँग नेफ्स्कूनको छलफल, सदस्यता र भावी कार्यदिशामा विमर्श
ठूला वित्तीय कारोबार गर्ने सहकारी संस्थाहरूसँग नेफ्स्कूनको छलफल, सदस्यता र भावी कार्यदिशामा विमर्श

४ दिन अगाडि

नेफ्स्कूनद्वारा पुराना कार्यालय सामग्री लिलाम बिक्रीका लागि शिलबन्दी बोलपत्र आह्वान
नेफ्स्कूनद्वारा पुराना कार्यालय सामग्री लिलाम बिक्रीका लागि शिलबन्दी बोलपत्र आह्वान

७ दिन अगाडि

नेफ्स्कूनको ३५औँ वार्षिक साधारणसभा पुस ३ गते भक्तपुरमा हुने
नेफ्स्कूनको ३५औँ वार्षिक साधारणसभा पुस ३ गते भक्तपुरमा हुने

८ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा पुराना कार्यालय सामग्री लिलाम बिक्रीका लागि शिलबन्दी बोलपत्र आह्वान
नेफ्स्कूनद्वारा पुराना कार्यालय सामग्री लिलाम बिक्रीका लागि शिलबन्दी बोलपत्र आह्वान

७ दिन अगाडि

साकोस शिखर गोष्ठी २०८३ का लागि दर्ता खुला
साकोस शिखर गोष्ठी २०८३ का लागि दर्ता खुला

८ दिन अगाडि

नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेफ्स्कूनद्वारा साइबर सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२८ दिन अगाडि

विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न
विकू साकोसमा दिगो वित्त मार्गदर्शन कार्यशाला सम्पन्न

२८ दिन अगाडि

नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध
नेफ्स्कूनको स्क्यान कार्यक्रममा सरोकार महिला साकोस आबद्ध

२८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

९१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६१ दिन अगाडि

पाठकबाट थप