भक्तपुर स्थित शंखधर साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भक्तपुर स्थित शंखधर साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

भक्तपुर । मध्यपुर थिमि न.पा. ०४, स्थित शंखधर बचत तथा ऋण सहकारी संस्था लिमिटेड नेफ्स्कूनले सञ्चालनमा ल्याएको स्क्यान कार्यक्रममा फागुन ११ गते आबद्ध भएको छ ।

संघले विगतमा एक्सेस, प्रोबेशन तथा जोखिममा आधारित साकोस विकास कार्यक्रम (कर्ब्स) सञ्चालन गर्दै आएकोमा संघको ३८औँ स्थापना दिवसको अवसरमा स्क्यान कार्यक्रमको थालनी गरेको हो । 

सहकारी ऐन, २०७४ को दफा २५ र दफा ९९ ले प्रदान गरेको कानुनी आधारअनुसार सम्पन्न सम्झौता मार्फत सहकारी संस्थाहरूले जोखिम व्यवस्थापन, वित्तीय विश्लेषण, गुणस्तरीय सेवा अभिवृद्धि तथा संस्थागत पृष्ठपोषणलाई प्राथमिक कार्यक्षेत्रका रूपमा अघि बढाउने व्यवस्था गरेको छ ।

सहकारी संस्थालाई थप व्यवस्थित बनाउन नियमनकारी निकायबाट जारी गरिएका निर्देशिका अनुसार साकोसले पालना गर्नुपर्ने नीति तथा नियमको अवस्थाको विश्लेषण गर्न नेफ्स्कूनले नियमित सुपरिवेक्षण, वित्तीय सूचकाङ्क मूल्यांकन तथा आन्तरिक नियन्त्रण परीक्षणलाई स्क्यानका सूचकका आधारमा निरन्तर अनुगमन गर्नेछ ।

स्क्यान कार्यक्रम मार्फत साकोसहरूको वित्तीय सुशासन प्रवद्र्धन, सम्पत्ति शुद्धीकरण सम्बन्धी कार्यान्वयन अधिकारीद्वारा सम्बन्धित निकायमा तोकिए बमोजिम रिपोर्टिङ, भाखा नाघेका ऋण असुलीमा प्रभावकारिता वृद्धि, जोखिम व्यवस्थापन तथा सक्षमता विकास गर्ने लक्ष्य राखिएको छ। साथै गुणस्तर सुनिश्चितता कार्यक्रममार्फत ब्रान्ड प्राप्ति, योजनाबद्ध रूपमा साकोस सञ्चालन, सहकारीमैत्री व्यवस्थापन, क्युरिमा ३६० अनुसार क्षेत्रगत जोखिम न्यूनीकरण तथा सदस्यहरूको बचत सुरक्षित र स्वस्थ बनाउने विशिष्ट उद्देश्यका साथ कार्यक्रम लागू गरिएको हो ।

सम्झौता कार्यक्रममा नेफ्स्कूनका तर्फबाट कार्यक्रम अधिकृत सुमनराज घिमिरे र अनुगमन सहजकर्ता राजीव आचार्य तथा साकोसका तर्फबाट अध्यक्ष श्यामकृष्ण श्रेष्ठ र व्यवस्थापक राजेन्द्र कुमार कायष्ठ उपस्थित थिए। प्रथम पक्षका तर्फबाट नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत एवं सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकालको हस्ताक्षरमा सम्झौता सम्पन्न भएको हो । साकोसका अध्यक्ष श्रेष्ठले स्क्यान कार्यक्रम अन्तर्गत नियमित निरीक्षणमा रही सूचकहरूको पालना गर्दै संस्थालाई थप उचाइमा पु¥याउने विश्वास व्यक्त गर्नुभएको छ ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२१ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३४ दिन अगाडि

पाठकबाट थप