हाम्रो मध्यवर्ती साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हाम्रो मध्यवर्ती साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

बर्दिया । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले सहकारी संस्थाहरूको संस्थागत सुदृढीकरण, वित्तीय अनुशासन कायम, जोखिम न्यूनीकरण तथा सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गर्दै आएको नियमित निरीक्षण तथा अनुगमन कार्यक्रममा बर्दिया स्थित हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेड फागुन २८ गते आबद्ध भएको छ। यसै सम्झौता कार्यक्रम अन्तर्गत संस्थामा स्थलगत सुपरीवेक्षण समेत सम्पन्न भएको छ।

सुपरीवेक्षणका क्रममा सहकारी संस्थाको विनियम, नीति, निर्देशिका तथा कार्यविधिको कार्यान्वयन अवस्था, पुँजी संरचना, बचत तथा ऋण व्यवस्थापन, सदस्यता प्रणाली, आन्तरिक नियन्त्रण व्यवस्था, लेखा तथा अभिलेख प्रणाली, व्यवस्थापन सूचना प्रणाली तथा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी नीतिको कार्यान्वयन अवस्था लगायतका विषयहरू विस्तृत रूपमा मूल्यांकन गरिएको थियो। साथै भाखा नाघेका ऋणको असुली प्रक्रिया, सेवा प्रवाहको प्रभावकारिता, लगानी अभ्यास, सदस्य सहभागिता, नेतृत्वको पारदर्शिता तथा निर्णय प्रक्रियामा अवलम्बन गरिएका अभ्यासहरूको समेत समग्र समीक्षा गरिएको थियो। स्क्यान सूचकहरूमा आधारित विश्लेषण मार्फत सहकारी संस्थाको समग्र अवस्था पहिचान गर्दै वित्तीय जोखिम न्यूनीकरण तथा संस्थागत सुधारका लागि आवश्यक व्यवहारिक सुझावहरू प्रदान गरिएको थियो।

उक्त कार्यक्रममा संस्थाका सञ्चालक समिति अध्यक्ष दुर्गा सापकोटा, लगायत पदाधिकारी तथा सदस्य, ले।सु।स। संयोजक पदमाखर लामिछाने, तथा उच्च व्यवस्थापनको सक्रिय सहभागिता रहेको थियो। नेफ्स्कूनका तर्फबाट वरिष्ठ अधिकृत कोमलराज अधिकारी र कार्यक्रम अधिकृत प्रबिण अधिकारीले सुपरीवेक्षण कार्य सम्पन्न गर्नुभएको थियो। सुपरीवेक्षणका क्रममा प्राप्त सुझाव तथा निर्देशनहरूलाई संस्थागत सुधारका लागि प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता सहित सुपरीवेक्षण कार्य सम्पन्न भएको थियो।

भर्खरै
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

४ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

४ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

५ दिन अगाडि

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

६ दिन अगाडि

लोकप्रिय
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

८ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२१ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

३१ दिन अगाडि

पाठकबाट थप