बर्दिया स्थित विपन्नता मुक्ति स्वाबलम्बन विकास साकोसमा स्थलगत सुपरीवेक्षण सम्पन्न  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बर्दिया स्थित विपन्नता मुक्ति स्वाबलम्बन विकास साकोसमा स्थलगत सुपरीवेक्षण सम्पन्न  

बर्दिया । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले सहकारी क्षेत्रमा सुशासन, दिगोपन तथा वित्तीय अनुशासन प्रवर्द्धन गर्ने उद्देश्यसहित नियमित रूपमा सञ्चालन गर्दै आएको नियमित निरिक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) अन्तर्गत स्थलगत सुपरीवेक्षण बर्दिया स्थित विपन्नता मुक्ति स्वाबलम्बन विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा चैत्र ४ गते सम्पन्न भएको छ। 

सुपरीवेक्षणका क्रममा सहकारी संस्थाको विनियम, नीति, निर्देशिका तथा कार्यविधिको कार्यान्वयन अवस्था, पूँजी संरचना, बचत तथा ऋण व्यवस्थापन, सदस्यता प्रणाली, आन्तरिक नियन्त्रण व्यवस्था, लेखा तथा अभिलेख प्रणाली, व्यवस्थापन सूचना प्रणाली तथा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी नीतिको कार्यान्वयन अवस्था लगायतका विषयहरू विस्तृत रूपमा मूल्यांकन गरिएको थियो। 

साथै भाखा नाघेको ऋणको असुली प्रक्रिया, सेवा प्रवाहको प्रभावकारिता, लगानी अभ्यास, सदस्य सहभागिता, नेतृत्वको पारदर्शिता तथा निर्णय प्रक्रियामा अवलम्बन गरिएका अभ्यासहरूको समेत समग्र समीक्षा गरिएको थियो। स्क्यान सूचकहरूमा आधारित विश्लेषण मार्फत सहकारी संस्थाको समग्र अवस्था पहिचान गर्दै वित्तीय जोखिम न्यूनीकरण तथा संस्थागत सुधारका लागि आवश्यक व्यवहारिक सुझावहरू प्रदान गरिएको थियो।

संस्थाका सञ्चालक समिति अध्यक्ष शोभाखर,उपाध्यक्ष नुमलाल रेग्मी ,कोषाध्यक्ष केशवराज पौडेल लगायत पदाधिकारी,सदस्य तथा उच्च व्यवस्थापनको सक्रिय सहभागिता रहेको थियो। नेफ्स्कूनका कार्यक्रम अधिकृत प्रबिण अधिकारी र अनुगमन सहजकर्ता प्रकाश लुहारले सुपरीवेक्षण कार्य सम्पन्न गर्नुभएको थियो। सुपरीवेक्षणका क्रममा प्राप्त सुझाव तथा निर्देशनहरूलाई संस्थागत सुधारका लागि प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता सहित सुपरीवेक्षण कार्यक्रम सम्पन्न भएको छ।

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१७ घण्टा अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१८ घण्टा अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१७ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

पाठकबाट थप