ग्लोबल मनि विक २०२६ मनाउँदै
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ग्लोबल मनि विक २०२६ मनाउँदै

काठमाडौं । विश्वव्यापी वित्तीय सचेतना अभियान ग्लोबल मनि विक २०२६, १६ देखि २२ मार्च २०२६ सम्म "स्मार्ट मनी टक्स" नारासहित मनाइएको छ । 

नेपालमा यो कार्यक्रम बैक, वित्तीय संघ संस्था र सहकारीहरूको सहकार्यमा ¥याली, सचेतना कार्यक्रम तथा विभिन्न प्रतियोगिता मार्फत मनाइँदै आएको छ ।

काभ्रे स्थित बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. ले  ग्लोबल मनि विक २०२६ को सन्दर्भमा विद्यार्थीहरूमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सीप तथा मनोवृत्ति विकास गर्ने उद्देश्य सहित सप्ताहव्यापी रुपमा “विद्यालयमा बुसा” कार्यक्रम सम्पन्न गरेको छ ।  कार्यक्रम मार्फत २९४ जना विद्यार्थी र ११ जना शिक्षक शिक्षिकाहरू गरी कुल ३०५ जनालाई वित्तीय साक्षरता प्रदान गरेको थियो । 

धुलिखेल स्थित सञ्जीवनी नमुना मा.वि., बनेपास्थित नाईटिङ्गेल मा.वि., बेलर एकेडेमी, शिक्षा सदन मा.वि., ज्ञानकुञ्ज मा.वि., काभ्रे मा.वि. र पाँचखालस्थित आजाद मा.वि.मा अध्ययनरत कक्षा ९ देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुको लागि कार्यक्रम सञ्चालन गरेको थियो ।

विकू बचत तथा ऋण सहकारी संस्था लि.ले वित्तिय तथा प्रविधि साक्षरता कार्यक्रम अन्तर्गत विजय सामुदायिक शिक्षा सदन, गैडाकोट ८ का कक्षा १२ मा अध्ययनरत ९७ जना विद्यार्थीहरुको सक्रिय सहभागितामा वित्तिय र प्रविधि साक्षरता तथा डिजिटल वित्तलाई सबल र प्रभावकारी गराउने उद्धेश्यका साथ कार्यक्रमको आयोजना गरेको थियो ।

सन् २०१२ देखि आर्थिक सहयोग तथा विकास संगठन (Organization for Economic Cooperation and Development –OECD) को संयोजनमा हरेक वर्ष ग्लोबल मनी विक विश्वभर मनाउने गरिएको छ । यस वर्ष पनि "Smart_Money_Talks" भन्ने नाराका साथ मार्च १६ देखि २२ सम्म ग्लोबल मनी विक २०२६ मनाएको हो ।

हातेमालो महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड, महाराजगञ्ज वडा नं.–३ द्वारा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले महाराजगञ्जमा ‘ग्लोबल मनी वीक–२०२६’ कार्यक्रम आयोजना गरेको साकोसका अध्यक्ष सञ्जु गुरुङले बताउनु भयो । 
कार्यक्रममा वित्तीय सचेतना, बचतको महत्व, जिम्मेवार ऋण प्रयोग तथा युवा पुस्तामा आर्थिक अनुशासन सम्बन्धी विविध गतिविधिको विषयमा जानकारी गराइएको थियो । ‘ग्लोबल मनी वीक’ विश्वव्यापी अभियान हो जसले विशेषगरी बालबालिका तथा युवाहरूलाई वित्तीय ज्ञान र सीप प्रदान गर्न मद्दत गर्दछ । यस अभियानमार्फत स्थानीय समुदायमा आर्थिक साक्षरता बढाउने लक्ष्य राखिएको छ । कार्यक्रममा विद्यार्थी, अभिभावक, सहकारी सदस्य तथा स्थानीयको सक्रिय सहभागिता रहेको थियो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१६ घण्टा अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

२ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

४ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप