लिडरशिप बुटक्याम्प पुनर्ताजगी कार्यक्रम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
लिडरशिप बुटक्याम्प पुनर्ताजगी कार्यक्रम सम्पन्न

काभ्रेपलाञ्चोक । काभ्रेस्थित बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र उपसमितिका पदाधिकारीहरुको नेतृत्व क्षमता विकासको उद्देश्यले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहयोगमा लिडरशिप बुटक्याम्प पुनर्ताजगी कार्यक्रम चैत्र ०७ गते सम्पन्न भएको छ ।

संस्थाले यसअघि मिति २०८१ पुस १८ देखि २० गतेसम्म सञ्चालन गरेको लिडरशिप बुटक्याम्प कार्यक्रमको निरन्तरता स्वरूप यस वर्ष पुनर्ताजगी कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम प्रख्यात नेतृत्व विशेषज्ञ तथा लेखक (John C. Maxwell)  कोLeader shift पुस्तकका ११ वटा अध्यायमा आधारित रही सञ्चालन भएको थियो ।

तालिम नेफ्स्कूनका प्राचार्य बल्लभ तिमल्सिना तथा बरिष्ठ अधिकृत प्रेमनाथ वाग्लेको सहजीकरणमा सम्पन्न भएको थियो । सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार, उपसमिति तथा उच्च व्यवस्थापनका कर्मचारीहरू गरी कुल ३९ जनाको सहभागिता रहेको थियो ।

कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष कैलाश के.सी.ले तालिम अत्यन्त उपयोगी रहेको उल्लेख गर्दै यसले संस्थाको नेतृत्वमा रहेका व्यक्तिहरूको सोचलाई अझ परिष्कृत बनाउँदै प्रभावकारी नेतृत्व रुपान्तरणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नु भएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३५ दिन अगाडि

पाठकबाट थप