कृषक व्यवसाय खेल-FBG प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
कृषक व्यवसाय खेल-FBG प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न

काठमाडौँ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजना र The German Sparkassenstiftung for International Cooperation (DSIK) जर्मनीको प्राविधिक सहयोगमा सञ्चालित कृषक व्यवसाय खेल (Farmers Business Game-FBG) प्रशिक्षक प्रशिक्षण तालिम चैत्र २३ गते (आज) सम्पन्न भएको छ । 
Learning by Doing खेल विधिमा आधारित कृषक व्यवसाय खेल प्रशिक्षक प्रशिक्षण तालिम सहकारीका कृषि पेशामा संलग्न सदस्यहरुलाई पेशामुखी र व्यावसायिक कृषिमा रुपान्तरण गर्ने Tools को रुपमा रहेको छ । सिमुलेसन विधिको प्रयोग गरि खेलिने यस खेलबाट सदस्यहरुले कृषि पेशा व्यवसायबाट वास्तविक जीवनमा कृषिको व्यावसायिक वृद्धि विकासका लागि कसरी काम गर्नुपर्छ भन्ने विषयसम्बन्धी सैद्धान्तिक ज्ञानलाई व्यवहारसँग जोड्ने काम गर्दछ । यस प्रशिक्षक प्रशिक्षण तालिम प्राप्त नेफ्स्कूनका अधिकृत स्तरका १९ जना कर्मचारीहरुले अब सहकारी मार्फत व्यावसायिक कृषि क्षेत्रमा काम गर्न चाहने कृषहरुका लागि तीन दिनको कृषक खेल तालिम प्रदान गर्नेछन् । 

DSIK जर्मनीको प्राविधिक सहजीकरणमा भएको उक्त तालिम डीएस्आईके फिलिपिन्सका प्रमुख प्रशिक्षक डा.कार्ला, अल्बर्टो र जर्मनी प्रतिनिधि  लाउराले सहजीकरण गर्नुभएको थियो । तालिम समापनका क्रममा संघका अध्यक्ष चन्द्र प्रसाद ढकालले साकोसका कृषि पेशामा आवद्ध सदस्य किसानहरुलाई निर्वाहमुखी कृषि पेशाबाट व्यवसायिक कृषिमा रुपान्तरणका लागि अन्तरनिहित महशुस गराउने एक औजारको रुपमा यस तालिमले सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभएको थियो । उहाँले तालिममा सहभागिहरुका लागि तालिम प्रमाणपत्र तथा प्रशिक्षकहरुका लागि मायाको चिनो प्रदान गर्नुभएको थियो ।

सात दिने कृषक खेल प्रशिक्षक प्रशिक्षण तालिम र यसको प्रभावकारिताका सन्दर्भमा प्रशिक्षक अल्बर्टो, डिएसआईके प्रतिनिधि लाउरा र नेफ्स्कूनका कार्यक्रम तथा विकास शाखाका बरिष्ठ अधिकृत नविन राज दाहालले आफ्नो विचार व्यक्त गर्नुभएको थियो । तालिमको सिकाई र प्रशिक्षकहरुका लागि धन्यबाद ज्ञापन सहभागी कर्मचारी राधा पोखरेल र खिलानाथ लुईंटेलले गर्नुभएको थियो । १९ जना सहभागीहरुलाई चार समुहमा विभाजन गरि सात दिन सम्म ३ राउण्डमा सिमुलेसन विधिमार्फत प्रशिक्षण गराईएको थियो । तालिमको समग्र व्यवस्थापन साथै उद्घाटन र समापन कार्यक्रमको सञ्चालन सहजीकरण कार्यक्रम अधिकृत रिता सुवेदीले गर्नुभएको थियो । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२९ मिनेट अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२९ मिनेट अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

पाठकबाट थप