भक्तपुर जिल्ला बचत संघको स्थापना दिवसमा उत्कृष्ट सहकारीहरू पुरस्कृत
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भक्तपुर जिल्ला बचत संघको स्थापना दिवसमा उत्कृष्ट सहकारीहरू पुरस्कृत

भक्तपुर । सहकारी अभियानमा एकता, सिकाइ र अनुशासन सुदृढ गर्ने उद्देश्यसहित आयोजित भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को २२ औं स्थापना दिवस कार्यक्रम भक्तपुरमा वेशाख २१ गते सम्पन्न भएको छ । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. का अध्यक्ष चन्द्रप्रसाद ढकालले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कुनै पनि समस्याको समाधान बन्द गरेर नहुने कुराको स्पष्ट पार्दै बचत ऋण सहकारी संघहरुले स्थापनाकाल देखि गर्दै आएको परिभाषित कार्यमा रोक लगाउने गरी जारी अध्यादेशको विरोध गर्नुभयो । राज्यले सहकारीमा बचत रकम फिर्ता र ऋण असुलीका समस्याको समाधानका नाममा सहकारी संघहरुको बचत तथा ऋणको कारोबार रोकेर झन् समस्या बल्झिने उहाँको भनाइ थियो । सहकारीहरू अब ’करेक्सन मोड’ मा जानुपर्ने,े सहकारीको नाम बेचेर केहीले व्यक्तिगत स्वार्थ पूरा गरे पनि समग्र सहकारी अभियानलाई एउटै डालोमा राखेर हेर्न नहुने तर्क राख्दै अध्यादेश संशोधन हुनेमा आशा एवं विश्वास रहेको बताउनुभयो । 

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष हरिकृष्ण बल्लको सभापतित्व रहेको कार्यक्रममा अध्यक्ष बल्लले धन्यवाद ज्ञापन गर्दै जनताले नचाहेका अव्यवहारीक ऐन नियमको कार्यान्वयन नहुनेबारे उदाहरणसहित स्पष्ट पार्नुभयो । उहाँले सदस्यहरुको साथ सहयोगमा संघ अबका दिनमा अझ सशक्त ढंगले अघि बढ्ने र सदस्य संस्थाहरूको सुरक्षाका लागि प्रतिबद्ध रहने बताउनुभयो । 

निवर्तमान अध्यक्ष कृष्ण गोविन्द लाखाजुले राष्ट्र बैंकले सहकारी हेर्न नसक्ने भन्दै सहकारीका लागि छुट्टै र प्रभावकारी नियमनकारी निकायको आवश्यकता औंल्याउदै अभियानले प्राधिकरणको माग गरेको बताए । उहाँले संघहरुमा सदस्य नभएर संस्थाहरुमा समस्या आएको स्पष्ट पादै संघहरुमा संस्थाहरुको अनिवार्य आबद्ध हुनुपर्ने कानुनी व्यवस्था हुनुपर्नेमा उल्टै संघहरुलाई कमजोर बनाउने गरी जारी अध्यादेशको विरोध गर्नुभयो । संघका संस्थापक अध्यक्ष राजेन्द्र दुमरुले संघ स्थापनाकोबारेमा चर्चा गर्दै संघको शाखलाई बचाइ राख्न सफल भएकोमा खुशी व्यक्त गर्दै सहकारी अभियानमा एकताबद्ध हुन नसक्दा पनि सहकारीमा समस्या देखिएको बताउनुभयो ।

अतिथिहरूमा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का पूर्व अध्यक्ष राधेश्याम सुवाल, जिल्ला सहकारी संघ लि. का उपाध्यक्ष विरेन्द्र भक्त प्रधाना, जिल्ला बहुउद्देश्यीय सहकारी संघ लि. का कार्यवाहक अध्यक्ष टंकराज काफ्ले, कर्जा सूचना केन्द्रका टिम लिडर कृषा थापा लगायतको उपस्थिति रहेको थियो । कर्जा सूचना केन्द्रका जुनियर अफिसर अभिषेक थापाले सहकारीहरू केन्द्रमा आबद्ध हुनुपर्ने सम्बन्धी प्राविधिक प्रस्तुतीकरण गर्नुभएको थियो ।

उक्त अवसरमा विगतमा सहकारी अभियानमा योगदान पु¥याउने संघका निवर्तमान अध्यक्ष कृष्ण गोविन्द लाखाजु सहित निवर्तमान सञ्चालक र निवर्तमान लेखा समिति संयोजक र सदस्यहरूलाई कदरपत्रद्वारा सम्मान गरेको थियोे । साथै, उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार २०८२ अन्तर्गत जिल्लास्तर र नगरस्तरका उत्कृष्ट सहकारी संस्थाहरूलाई पुरस्कृत गरिएको छ । जिल्लास्तरीय उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार पारिजात बचत तथा ऋण सहकारी संस्था लि.ले प्राप्त गरेको छ । त्यसैगरी नगरस्तरमा भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि., सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लि., सिमल बचत तथा ऋण सहकारी संस्था लि. र झझल्को बचत तथा ऋण सहकारी संस्था लि. पुरस्कृत भएका छन् ।

प्रभातफेरी कार्यक्रम अन्तर्गत विभिन्न नगरपालिकाबाट उल्लेखनीय सहभागिता जनाउने सहकारी संस्थाहरू भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि., बाराही बचत तथा ऋण सहकारी संस्था लि., लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., शुभकामना बचत तथा ऋण सहकारी संस्था लि., समाजसुधार बचत तथा ऋण सहकारी संस्था लि., जनता बचत तथा ऋण सहकारी संस्था लि., युवा बचत तथा ऋण सहकारी संस्था लि., मुहान गणेश बचत तथा ऋण सहकारी संस्था लि., चम्पक बचत तथा ऋण सहकारी संस्था लि.र दिपज्योती बहुउद्देश्यीय सहकारी संस्थालाई उत्कृष्ट सहभागिता पुरस्कार प्रदान गरिएको थियो । सो कार्यक्रम संघका सदस्य संस्थाहरुबाट २३० जनाको सहभागिता रहेको थियो । 

भर्खरै
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ घण्टा अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

६ घण्टा अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

६ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

८ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

८ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

९ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

१२ दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१३ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१७ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

६ दिन अगाडि

पाठकबाट थप