सहकारी ऐन २०७४ लाई संशोधन गर्न बनेको अध्यादेश २०८३ उपर साकोस अभियन्ताहरूबीच छलफल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी ऐन २०७४ लाई संशोधन गर्न बनेको अध्यादेश २०८३ उपर साकोस अभियन्ताहरूबीच छलफल

काठमाडौँ । नेपाल सरकारद्वारा मिति २०८३ वैशाख १७ गते जारी सहकारी ऐन २०७४ लाई संशोधन गर्न बनेको अध्यादेशले समग्र बचत तथा ऋण सहकारी अभियान, विशेष गरी संघहरूको बचत तथा ऋण कारोबारका विषयमा पर्ने दूरगामी असरबारे बागमती प्रदेशका प्रतिनिधिहरूबीच नेफ्स्कूनको केन्द्रीय संघमा वैशाख २२ गते छलफल भएको छ ।

नेपालमा प्रारम्भिक बचत तथा ऋण सहकारीहरूलाई आवश्यक पर्ने वित्तीय समाधानमा सहजीकरण गर्न क्रियाशील संघहरूको बचत तथा ऋण कारोबारलाई रोक लगाउने गरी आएको अध्यादेशले थप अन्योलता सिर्जना गरेको विषयमा छलफल भयो ।

बचत तथा ऋण कारोबारका साथै जारी अध्यादेशमा भएका ३३ वटा संशोधित व्यवस्थाहरूलाई दफावार छलफल गरी अभियानको दिगो वृद्धि र विकासका पक्षमा अगाडि बढाउन आगामी पैरवीका क्षेत्रमा उच्चस्तरीय पैरवीका लागि संघहरूको तर्फबाट केन्द्रीय संघका महासचिवको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरिएको छ। कार्यदलले विभिन्न तहगत संघहरूसँग आवश्यक छलफल गरी साझा धारणाका रूपमा संशोधन तयार गर्ने र विधिवत रूपमा सम्बन्धित निकायहरूमा पेश गर्ने समेत निर्णय गरिएको छ ।

छलफलमा केन्द्रीय संघका अध्यक्ष, महासचिव, प्रमुख कार्यकारी अधिकृत, बागमती प्रदेश बचत संघका अध्यक्ष, पदाधिकारीहरू, प्रमुख कार्यकारी अधिकृत, काभ्रे, ललितपुर र भक्तपुर जिल्ला बचत संघका अध्यक्ष, पदाधिकारीहरू तथा प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२८ मिनेट अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१ दिन अगाडि

नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२८ मिनेट अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२८ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पाठकबाट थप