पुरण्ठाँटी साकोसमा स्थलगत सुपरीवेक्षण सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पुरण्ठाँटी साकोसमा स्थलगत सुपरीवेक्षण सम्पन्न

प्युठान  । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) द्वारा सञ्चालित स्क्यान कार्यक्रम अन्तर्गत पुरण्ठाँटी बचत तथा ऋण सहकारी संस्था लि. ऐरावती–२, बरौला, प्युठानमा  असार २१ गते स्थलगत सुपरीवेक्षण सम्पन्न भएको छ।

संस्थाको नियमित अनुगमन तथा जोखिम व्यवस्थापन कार्यदल, सञ्चालक समिति तथा व्यवस्थापनको सहभागितामा सम्पन्न सुपरीवेक्षणमा संस्थाको सुशासन, जोखिम व्यवस्थापन प्रणाली, वित्तीय अवस्था, आन्तरिक नियन्त्रण प्रणाली, बचत तथा ऋण व्यवस्थापन, अभिलेख तथा दस्तावेज व्यवस्थापन, नीतिगत व्यवस्था तथा स्क्यान कार्यक्रमका विभिन्न सूचकहरूको कार्यान्वयन अवस्थाको विस्तृत समीक्षा गरिएको थियो।

सुपरीवेक्षणका क्रममा संस्थाका सबल पक्षहरूको पहिचान गर्दै थप सुदृढीकरण गर्नुपर्ने क्षेत्रहरूबारे आवश्यक सुझाव तथा प्राविधिक परामर्श प्रदान गरिएको थियो। साथै, संस्थागत सुशासन अभिवृद्धि, प्रभावकारी जोखिम व्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणालीको सुदृढीकरण तथा सदस्यमुखी सेवाको गुणस्तर वृद्धि गर्न सुधारात्मक कार्ययोजना तयार गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न जोड दिइएको थियो।

स्थलगत सुपरीवेक्षण नेफ्स्कूनका कार्यक्रम अधिकृत प्रबिण अधिकारीले सहजीकरण गर्नुभएको थियो। सुपरीवेक्षणबाट प्राप्त सुझावहरूलाई कार्यान्वयन गर्दै संस्थालाई थप पारदर्शी, उत्तरदायी तथा सदस्यकेन्द्रित बनाउने प्रतिबद्धता संस्थाका सञ्चालक समिति तथा व्यवस्थापनले व्यक्त गरेका छन्। नेफ्स्कूनद्वारा सञ्चालन हुँदै आएको स्क्यान कार्यक्रमले सदस्य संस्थाहरूमा सुशासन प्रवर्द्धन, जोखिम न्यूनीकरण, वित्तीय अनुशासन तथा संस्थागत क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

भर्खरै
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१७ घण्टा अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१८ घण्टा अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

३ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

३ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

९ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१७ घण्टा अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

पाठकबाट थप