काठमाडौं, असोज २०८३। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का १२ जना अधिकृतले फार्मर्स बिजनेस सिमुलेशन (Farmers Business Simulation) सम्बन्धी सातदिने प्रमाणीकरण तालिम सफलतापूर्वक सम्पन्न गरेका छन्। जर्मन संस्था Deutsche Sparkassenstiftung für internationale Kooperation (DSIK) को सहयोगमा सन् २०२६ अक्टोबर ५ देखि ११ तारिखसम्म सञ्चालन भएको तालिमपछि सहभागी अधिकृतहरूले प्रशिक्षकको प्रमाणपत्र प्राप्त गरेका हुन्।
किसानहरूको व्यावसायिक क्षमता विकास, वित्तीय साक्षरता अभिवृद्धि तथा उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको यस तालिममा सिमुलेशनमा आधारित सिकाइ विधिमार्फत किसानलाई व्यवसाय सञ्चालनसम्बन्धी व्यावहारिक ज्ञान र सीप प्रदान गर्ने विषयमा जोड दिइएको थियो।
तालिममा सहभागी अधिकृतहरूले व्यावसायिक योजना निर्माण, आम्दानी तथा खर्च व्यवस्थापन, लगानीसम्बन्धी निर्णय, जोखिम विश्लेषण तथा उपलब्ध स्रोतको प्रभावकारी उपयोगजस्ता विषयलाई खेलमा आधारित सिकाइ विधिबाट सहजीकरण गर्ने सीप हासिल गरेका थिए। साथै, खेलका विभिन्न चरण सञ्चालन गर्ने, सहभागीलाई सक्रिय बनाउने र खेलबाट प्राप्त सिकाइलाई किसानको वास्तविक व्यावसायिक जीवनसँग जोड्ने विषयमा अभ्यास गरिएको थियो।
तालिम DSIK का अन्तर्राष्ट्रिय मास्टर ट्रेनर डा. कार्ला डी.एस. भिर्तुडाजो (Dr. Carla DS Virtudazo) र श्री अल्बर्टो पी. क्यापाटी (Mr. Alberto P. Capati) द्वारा सहजीकरण गरिएको थियो। तालिममा सैद्धान्तिक ज्ञानका साथै अभ्यासमा आधारित सिकाइ र प्रभावकारी सहजीकरण विधिलाई प्राथमिकता दिइएको थियो।
तालिमको समापन कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालले सहभागी अधिकृतहरूलाई प्रमाणपत्र वितरण गरेका थिए। सो अवसरमा उनले तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई व्यवहारमा उतार्दै सहकारीका सदस्य किसानहरूको क्षमता विकासमा योगदान पुर्याउन सहभागीहरूलाई आग्रह गरेका थिए।
प्रमाणित प्रशिक्षकहरूले अब सहकारीका सदस्य किसानहरूलाई लक्षित गरी फार्मर्स बिजनेस सिमुलेशनमा आधारित सिकाइ कार्यक्रम सञ्चालन गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ। यस विधिमार्फत किसानहरूले व्यवसायसम्बन्धी निर्णयको अभ्यास गर्दै वित्तीय योजना निर्माण, जोखिम व्यवस्थापन तथा व्यवसाय सञ्चालनका विभिन्न पक्षमा व्यावहारिक ज्ञान हासिल गर्न सक्नेछन्।
नेफ्स्कून र DSIK बीचको सहकार्यले सहकारी क्षेत्रमार्फत किसानहरूको व्यावसायिक क्षमता विकास, वित्तीय साक्षरता विस्तार तथा उद्यमशीलता प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
५ घण्टा अगाडि
६ दिन अगाडि
८ दिन अगाडि
८ दिन अगाडि
९ दिन अगाडि
१२ दिन अगाडि
१३ दिन अगाडि
१३ दिन अगाडि
१४ दिन अगाडि
२५ दिन अगाडि
१७ दिन अगाडि
१५ दिन अगाडि
१७ दिन अगाडि
१७ दिन अगाडि
६ दिन अगाडि
२३ दिन अगाडि