काठमाडौं, ३० असोज।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा चाडपर्व विशेष शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
बडा दशैं, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा नेफ्स्कूनको केन्द्रीय कार्यालय, मिनभवन, काठमाडौंमा आयोजित कार्यक्रममा संघका सञ्चालक समिति पदाधिकारी तथा सदस्यहरू, पूर्व अध्यक्ष एवं सल्लाहकार तथा भक्तपुर र काभ्रेपलाञ्चोकका जिल्ला बचत तथा ऋण सहकारी संघका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष अर्जुन खतिवडासहित सहकारी तथा आर्थिक क्षेत्रमा क्रियाशील पत्रकारहरू, नेफ्स्कूनका व्यवस्थापन तथा कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो।
चाडपर्वको अवसरमा आपसी सद्भाव र शुभकामना आदानप्रदान गर्नुका साथै सहकारी अभियानको समसामयिक अवस्था, संस्थागत गतिविधि तथा सञ्चार क्षेत्रसँगको सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकालले संघको अद्यावधिक अवस्थासम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो। उहाँले संघका संस्थागत गतिविधि, सञ्चालनमा रहेका कार्यक्रम तथा बचत तथा ऋण सहकारी अभियानको समसामयिक अवस्थाबारे जानकारी गराउनुभएको थियो।
कार्यक्रममा डि.बी. बस्नेत तथा नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष अर्जुन खतिवडाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। उहाँहरूले चाडपर्वको अवसरमा उपस्थित सहभागीहरूलाई शुभकामना प्रदान गर्नुभएको थियो।
प्रस्तुतीकरणसँगै सहकारी क्षेत्रको वर्तमान अवस्था, संस्थागत सुशासन, सदस्यहरूको बचत सुरक्षा, वित्तीय अनुशासन तथा सहकारी अभियानप्रतिको जनविश्वासलगायतका विषयमा अन्तरक्रिया गरिएको थियो। सहकारी क्षेत्रका गतिविधि, उपलब्धि र चुनौतीहरूलाई तथ्यपरक रूपमा आम नागरिकसमक्ष पुर्याउन सञ्चार क्षेत्रको भूमिका तथा सहकारी अभियानसँगको सहकार्यका विषयमा समेत छलफल केन्द्रित रहेको थियो।
अन्तरक्रियाका क्रममा सहभागी पत्रकार तथा सहकारी संघका प्रतिनिधिहरूले सहकारी अभियानका समसामयिक विषयमा आफ्ना जिज्ञासा, धारणा तथा सुझावहरू प्रस्तुत गरेका थिए।
नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालले उपस्थित सम्पूर्ण सहभागीहरूलाई बडा दशैं, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको शुभकामना व्यक्त गर्नुभयो।
अध्यक्ष ढकालले शुभकामना सन्देशमा सहकारी क्षेत्रमा देखिएका तरलता व्यवस्थापन, ऋण असुली, निष्क्रिय ऋण तथा वित्तीय अनुशासनसम्बन्धी चुनौतीहरूलाई संस्थागत सुधार र सुशासनका माध्यमबाट सम्बोधन गर्नुपर्नेमा जोड दिनुभएको छ। सदस्यहरूको बचत सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै सहकारी संस्थाहरूले आफ्नो वित्तीय अवस्थाको निष्पक्ष समीक्षा, पारदर्शिता र जिम्मेवार व्यवस्थापनलाई व्यवहारमा उतार्नुपर्ने उहाँको सन्देश छ।
सहकारी अभियानको वास्तविक शक्ति आपसी विश्वास, एकता र सहकार्यमा निहित रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले सुरक्षित सदस्य, सबल संस्था र सुदृढ राष्ट्रिय सहकारी वित्तीय सञ्जाल निर्माणका लागि सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको सन्देश दिनुभएको छ।
नेफ्स्कूनका प्राचार्य बल्लव तिमल्सिनाले सञ्चालन गर्नुभएको कार्यक्रममा सहभागीहरूबीच शुभकामना आदानप्रदान तथा अनौपचारिक भेटघाटसमेत भएको थियो।
कार्यक्रमले नेफ्स्कून तथा जिल्ला बचत तथा ऋण सहकारी संघहरू र सञ्चार क्षेत्रबीच आपसी समझदारी, नियमित संवाद तथा रचनात्मक सहकार्यलाई थप सुदृढ बनाउने अवसर प्रदान गरेको थियो।
१ दिन अगाडि
१ दिन अगाडि
२ दिन अगाडि
३ दिन अगाडि
३ दिन अगाडि
९ दिन अगाडि
११ दिन अगाडि
११ दिन अगाडि
१ दिन अगाडि
२८ दिन अगाडि
१७ दिन अगाडि
२० दिन अगाडि
२० दिन अगाडि
१८ दिन अगाडि
२० दिन अगाडि
२६ दिन अगाडि