नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) ले ताइवानमा आयोजना हुने कार्यक्रमका सहभागीहरूको हवाई टिकट तथा स्थानीय यातायात व्यवस्थापनका लागि सिलबन्दी दरभाउपत्र आह्वान गरेको छ।

संघको वार्षिक योजना तथा कार्यक्रमअन्तर्गत ताइवान केन्द्रीय संघको आमन्त्रण र सञ्चालक समितिको निर्णयबमोजिम सहभागी हुने चार जनाका लागि दुईतर्फी हवाई टिकट तथा स्थानीय यातायात सेवा उपलब्ध गराउन इच्छुक दर्तावाला कम्पनी तथा ट्राभल एजेन्सीहरूबाट दरभाउपत्र माग गरिएको हो।

प्रकाशित सूचनाअनुसार २०८३ कार्तिक १६ गतेदेखि २० गतेसम्म काठमाडौं–ताइवान–काठमाडौं यात्राका लागि आवश्यक सेवा व्यवस्थापन गर्नुपर्नेछ।

इच्छुक कम्पनी तथा ट्राभल एजेन्सीहरूले सूचना प्रथम पटक प्रकाशित भएको मितिले सात दिनभित्र आवश्यक कागजातसहित सिलबन्दी दरभाउपत्र पेस गर्नुपर्नेछ। दरभाउपत्र बुझाउने अन्तिम मिति २०८३ कार्तिक ७ गते कार्यालय समयभित्र तोकिएको छ।

दरभाउपत्रसाथ कम्पनी वा फर्मको दर्ता प्रमाणपत्र, इजाजतपत्र, स्थायी लेखा नम्बर प्रमाणपत्र तथा पछिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र संलग्न गर्नुपर्नेछ।

तोकिएको अवधिभित्र प्राप्त नभएका वा रीत नपुगेका दरभाउपत्रउपर कुनै कारबाही नहुने सूचनामा उल्लेख छ। त्यस्तै, दरभाउपत्र आंशिक वा पूर्ण रूपमा स्वीकृत वा अस्वीकृत गर्ने अधिकार संघमा सुरक्षित रहने जनाइएको छ।

थप जानकारीका लागि:
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून)  
📍 मिनभवन, काठमाडौं  
📧 nefscun@nefscun.org.np  
📧 procurement.nefscun@gmail.com  
🌐 www.nefscun.org.np

भर्खरै
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

२ घण्टा अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

१० दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१९ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३२ दिन अगाडि

पाठकबाट थप