समाचार
स्थिरीकरण कोषको चौथो स्थापना दिवस सम्पन्न, कानुनी सुधारका लागि २९औँ बैठकबाट कार्यदल गठन
काठमाडौं । बचत तथा ऋण सहकारी संस्थासम्बन्धी स्थिरीकरण कोषको चौथो स्थापना दिवस तथा २९औँ सञ्चालन समिति बैठकले कोषको दीर्घकालीन स्थायित्व, प्रभावकारिता र कानुनी सुधारका विषयमा अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
कोषको २९औँ सञ्चालन समिति बैठकमा कोषका हालसम्मका कार्यक्रम तथा गतिविधिको समीक्षा गर्दै आगामी कार्यदिशाबारे छलफल भएक...