नेफ्स्कूनद्वारा व्यवसाय सेवा विकास कार्यक्रम सम्बन्धी भर्चुअल तालिम आयोजना
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्वारा व्यवसाय सेवा विकास कार्यक्रम सम्बन्धी भर्चुअल तालिम आयोजना

काठमाडौं, २३ असार । नेफ्स्कूनले १० वटा साकोसका २० जना प्रतिनिधिहरुको सहभागितामा व्यवसाय सेवा विकास कार्यक्रम (बीडीएस) सम्बन्धी ३ दिने भर्चुअल तालिम सञ्चालन गरेको छ । असार २१ गतेदेखि सञ्चालित तालिममा सहभागी साकोसका सञ्चालक समितिबाट १ जना र व्यवस्थापनबाट १ जनाको सहभागिता थियो । एशियाली ऋण महासंघ–अकू र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.–नेफ्स्कूनबीचको साझेदारीमा उक्त भर्चुअल तालिम दैनिक ३ सेसनमा विभक्त गरेर सञ्चालित गरिएको थियो ।
तालिममा स्वरोजगार, उद्यमशीलता, व्यवसायको छनौट, व्यावसायिक योजनाको तयारी, व्यवसाय विकास केन्द्र, बजार र बजारीकरण, व्यवसाय चक्र, व्यावसायिक अवसरको पहिचान, व्यवसायमा लेखा वा अभिलेखको महत्व आदि विविध विषयमा सहजिकरण गरिएको थियो । अन्तरक्रियात्मक उक्त कार्यक्रममा सैद्धान्तिक र व्यावहारिक दुवै पक्षलाई समेटिएको थियो । पहिलो दिन तालिमको सफलताको शुभकामना व्यक्त गर्दै अकूकी प्रमुख कार्यकारी अधिकृत लेनीले तालिमबाट शिक्षा लिएर सहभागी साकोसका प्रतिनिधिहरुले आफ्ना सदस्यहरुमा उद्यमशीलता विकास गर्न ठोस योजनाहरु चाल्नुपर्ने र उनीहरुलाई प्रेरित गर्नुपर्ने बताउनुभयो । तालिमलाई खाली औपचारिकताको रुपमा मात्र नलिई व्यावहारिक परिणाम दिन र नबुझेका विषयमा प्रष्ट हुन उहाँले आग्रह गर्नुभयो ।
तालिमको सहजिकरण विषय विज्ञ निर्मल सिग्देल, नेफ्स्कूनका बरिष्ठ तालिम अधिकृत बल्लभ तिमल्सिना र अर्का बरिष्ठ अधिकृत नविनराज दाहालले गर्नुभएको थियो । व्यवासयमा लेखा÷अभिलेखको महत्व र सामान्य ढाँचाहरुका बारेमा बरिष्ठ अधिकृत बल्लभ तिमल्सिनाले र बजार र बजारीकरणको अवधारणा बिषयमा नविनराज दाहालले सहजिकरण गर्नुभएको थियो भने बाँकी यावत् विषयमा विषय विज्ञ निर्मल सिग्देलले सहजिकरण गर्नुभएको थियो । कार्यक्रममको संयोजन र व्यवस्थापन नेफ्स्कूनकी कार्यक्रम अधिकृत रीता सुवेदीले गर्नुभएको थियो ।
अकूको आर्थिक तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा यसै बर्ष अर्थात् सन् २०२० फेब्रुअरी १ बाट व्ययवसाय विकास सेवा कार्यक्रम सुरु गरिएको हो । प्रथम चरणमा सहभागी संस्थाहरुमार्फत सदस्यहरुको व्यवसाय प्रवद्र्धनमा सहयोग उपलब्ध गराइएको हो । खासगरी महिला सदस्यहरुको उद्यमशीलता विकासका लागि व्यवसाय विकास सेवा कार्यक्रम लक्षित रहेको छ । यसअघि नेफ्स्कूनले यस्तै प्रकृतिको भर्चुअल बैठक गत जेठ ७ गते आयोजना गरेको थियो ।
 
भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१३ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१४ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

५ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१३ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१४ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप