सदस्य सुरक्षाका लागि नारी संकल्पद्वारा फेस सिल्ड वितरण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सदस्य सुरक्षाका लागि नारी संकल्पद्वारा फेस सिल्ड वितरण

काठमाडौं, भदौ २४ । मोरङको उर्लाबारीस्थित नारी संकल्प बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुलाई कोभिड संक्रमणको जोखिम न्यून गर्ने उद्देश्यसहित आज फेस सिल्ड वितरण गरेको छ । 

सदस्य सुरक्षा नीति अन्तर्गत संस्थाका दैनिक बचत गर्ने सदस्य, सुरक्षाकर्मी र बजारमा फ्रन्ट लाइनमा बसेर व्यापार व्यवसाय गरिरहेका व्यक्तिहरुलाई फेस सिल्ड वितरण गरिएको संस्थाका  उपाध्यक्ष एवम् नेफ्स्कून सञ्चालक गोमा नेपालले जानकारी गराउनुभयो । यससँगै संस्थाले कोभिड महामारीका कारण खाद्यान्न जोहो गर्न नसकेका, दैनिक चुल्हो बाल्न नसक्ने सदस्य तथा अन्य व्यक्तिहरुका लागि विभिन्न संघ संस्थासँगको सहकार्यमा फूड बैंक पनि सञ्चालनमा ल्याएको छ । लामो समयको बन्दाबन्दीका कारण दैनिक ज्याला मजदुरी गरेर खाने व्यक्तिहरुमा परेको समस्यालाई मध्यनजर गर्दै संस्थाले स्थानीय संघ संस्था, लायन्स क्लब, जेसिस्, रोटरी क्लब, रेडक्रस सोसाइटीसँगको सहकार्यमा फूड बैंक स्थापना गरिएको जनाएको छ । फूड बैंकबाट प्रत्येक हप्ता आवश्यकताको आधारमा प्रति व्यत्ति ५ केजी चामल, १ केजी दाल, आधा लिटर तेल र १ पोका सोयाविन वितरण गर्दै आएको छ । संस्थाका कर्मचारीहरुबाटै फूड बैंकको प्रभावकारी सञ्चालन हुँदै आएको छ । 

२०६३ सालमा स्थापना भएको नारी संकल्प साकोस महिलाहरुद्वारा सञ्चालित सहकारी हो । २४ सय महिला सदस्यहरु रहेको संस्थाको कुल कारोबार १२ करोड छ । साकोस गुणस्तर सुनिश्चितताको कार्यक्रम प्रोबेशनमा सहभागी यस संस्थाले नेफ्स्कूनद्वारा प्रवद्धित नेकोसप्लस सफ्टवेयर सञ्चालन गरिरहेको छ भने साकोस स्थिरीकरण कोषमा पनि सहभागी भएको छ । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२१ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३४ दिन अगाडि

पाठकबाट थप