भर्चुअल माध्यमबाट क्षमता अभिृवद्धि गर्दै नेफ्स्कून व्यवस्थापन समूह 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भर्चुअल माध्यमबाट क्षमता अभिृवद्धि गर्दै नेफ्स्कून व्यवस्थापन समूह 

काठमाडौं, २४ भदौ । कर्मचारीहरुको ज्ञान, मनोभावना र सीप (कास) को उचित सम्मिश्रण संस्थागत सबलताको द्योतक भएकाले त्यसको समयसापेक्ष विकासका लागि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.नेफ्स्कूनले प्रविधिमैत्री प्रशिक्षणलाई बिशेष जोड दिएको छ । चालु आर्थिक वर्षमा सञ्चालन गरिने कार्यक्रमहरु मात्र नभई यो वर्ष संघले ४ वर्षे व्यावसायिक रणनीतिक योजना समेत तर्जुमा गरेको अवस्थामा  कर्मचारीहरुलाई त्यस सम्बन्धमा प्रशिक्षित गर्ने उद्देश्यसहित आजबाट ४ दिने भर्चुअल तालिम शुरु गरिएको छ । 

तालिममा रणनीतिक योजनाका अन्तर्वस्तुहरुसँगै कर्मचारीहरुको व्यक्तिगत र व्यावसायिक सीपमा निखार ल्याउने विषयमा आन्तरिक र बाह्य प्रशिक्षकहरुद्धारा सत्रहरु सञ्चालन गरिने छ । नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले अवधारणा, विषयवस्तु र सन्दर्भ (थ्री सी) का दृष्टिकोणबाट तालिम अत्यन्तै महत्वपूर्ण हुने दाबी गर्नुभयो ।

कर्मचारीहरुको दक्षता विकासका लागि उपयोगी र सान्दर्भिक तालिमहरुलाई महत्वका साथ सञ्चालन गर्दै आएको नेफ्स्कूनले कोभिड–१९ को संक्रमण स्तरलाई ध्यानमा राखी अभौतिक माध्यमबाट तालिम सञ्चालन गरेको हो । ४ दिने तालिम
संस्थाले अवलम्बन गरेको ध्येय, परिकल्पना, लक्ष्य र गतिविधिहरुलाई आन्तरिकीकरण गर्ने र कार्यपरिणति दिने माध्यम भनेकै कर्मचारीहरु भएकाले तालिम आयोजना गरिएको अध्यक्ष पौड्यालले बताउनुभयो ।

अहिलेको संकटपूर्ण अवस्थामा देशभर खटिएका नेफ्स्कूनका कर्मचारीहरुबीच भौतिक भेटको सम्भावना नभएकाले भर्चुअल तालिमले अनुभव आदान प्रदान गर्ने, सिक्ने र अवस्था विश्लेषण गर्ने मौका समेत उपलब्ध गराउने दाबी गर्नुहुन्छ संघका अध्यक्ष पौड्याल । 

“शाखा व्यस्थापकहरुको क्षमता अभिबृद्धि तालिम” मा संघका फिल्ड इन्चार्जहरु र विभिन्न शाखामा कार्यरत अधिकृतहरु गरी ३७ जना सहभागी छन् । केही दिनअघि मात्रै संघले सहायक स्तरका कर्मचारीहरुलाई समान विषयवस्तुको तालिम प्रदान गरिसकेको छ ।

अध्यक्ष पौड्यालले कर्मचारीको कामको परिक्षण उनीहरुको संवेदशीलताबाट गरिने भन्दै आन्तरिक र बाह््य व्यक्तित्व विकासमा बिशेष सजगता अपनाउन आग्रह गर्नुभयो । उच्च व्यवस्थापकीय सीप सहितको कुशल कर्मचारी सधै नेफ्स्कूनको खोजी भएको बताउँदै उहाँले त्यसमा कुनै सम्झौता नहुने स्पष्ट पार्नुभयो । 

कोषाध्यक्ष दीपक पनेरुले कोभिड महामारीको विषम् परिस्थितिका कारण योजनाबद्ध कार्यक्रमहरु प्रभावित भइरहेको समयमा पनि नेफ्स्कून कर्मचारीहरुको निरन्तरको मेहनतबाट सदस्य सेवा निरन्तरता प्रभावकारी भइरहँदा कर्मचारीहरुप्रति गर्वको महशुस भएको बताउनुभयो । संघका योजना तथा कार्यक्रम कार्यान्वयन गर्ने तहमा फिल्ड व्यवस्थापकहरुको भूमिका उच्च रहने भन्दै स्थानीयताको अनुकूलतामा छलफल, वैठक र योजना निर्माण गरी प्रभावकारी कार्यान्वयनका लागि अनुरोध गर्नुभयो । 

तालिमको पहिलो सत्रमा संघका प्रशासन तथा व्यवसाय विभाग प्रमुख सञ्जयराज तिमिल्सीनाले तालिम सहजीकरण साथै तालिम आचारसंहिता निर्माण सम्बन्धी जानकारी गराउनुभएको थियो । 

नेफ्स्कूनका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले संघको रणनीतिक कार्यदिशा र आगामी मार्गचित्र सम्बन्धी प्रशिक्षण दिनुभएको थियो । संघको ५ औं रणनीतिक योजना निर्माणमा सञ्चालक समिति, उच्च व्यवस्थापन, विशिष्ट अर्थ तथा योजनाविद्हरु (रामेश्वर खनाल र दीपेन्द्र बहादुर क्षेत्री) को महत्वपूर्ण योगदान रहेको उहाँले जानकारी गराउनुभयो । योजनामा विश्वव्यापी मुद्दाहरुको सम्बोधनका लागि अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को परामर्श सहयोग समेत रहेको छ । यसवर्षको संघको नारा  “सामनाशक्ति विकास का लागि सद्भावपूर्ण सहकार्य” रहेको अवगत गराउँदै कामु प्रमुख कार्यकारी अधिकृत पोखरेलले  महामारीको सामना एकल विधिबाट होइन अभियान सँगको सहकार्यमार्फत गर्न सकिने उहाँले प्रष्ट्याउनुभयो । 

जलवायु परिवर्तनलाई अनुकूलनमा बदल्न, गरिबी, असमानता अन्त्य गरी समुदायको हित गर्न र युवा सहभागिताका लागि नवीनतम प्रविधि हस्तान्तरण का विषयमा सरोकारवालाहरुसँगै सहकारीहरुबीच पनि सहकार्यको अपरिहार्यतामा उहाँले जोड दिनुभयो । रणनीतिक योजनाले तय गरेका परिकल्पना र ध्येयलाई वास्तविकतमा बदल्दै आगामी दिशा तय गर्न फरक ढंगको सोचबाट सहकारी अभियानबीचको सहकार्य महत्वपूर्ण हुने विषय कामु प्रमुख कार्यकारी अधिकृत पोखरेलको प्रस्तुतिले समेटेको थियो ।

त्यसैगरी ४ बाइ ७ को म्याट्रिक्स अन्तर्गत आबद्धता तथा करारीय ऐक्यवद्धता, स्रोतहरुमा पहूँच, कार्य सञ्चालनमा स्तरीयता, स्वनियमन र अनुशासनलाई अव साकोस सञ्जाल व्यवस्थापनसँग एकाकार गरेर अगाडि बढ्ने विषयहरु प्रस्तुतिमा अटाएका थिए । रणनीतिक योजनाका आयामहरु र साझा सञ्जालको रणनीतिक क्षेत्र र कार्यदिशा सम्बन्धमा कामु प्रमुख कार्यकारी अधिकृत पोखरेले समेट्नुभएको थियो ।  

प्रत्येक दिनको तालिम समाप्तिपछि सहभागीहरुबाट तालिमको संक्षेपीकरण गरिने छ भने तालिम प्रतिवेदन तयारीका लागि समूह समेत निर्माण गरिएको छ ।

भर्खरै
स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

९ घण्टा अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

९ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

९ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

१० दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१८ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३१ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

पाठकबाट थप