सहकारीमार्फत महिला सशक्तिकरणका विश्व उदाहरण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीमार्फत महिला सशक्तिकरणका विश्व उदाहरण

     रञ्जनमणि पौड्याल
      (एजेन्सीहरुको सहयोगमा)

युरोपको प्रसिद्ध मुलुक स्पेनका श्रमिक सहकारीहरुमा ३९ प्रतिशत महिलाहरुले उच्च पद ओगटेका छन् । जबकि सहकारी इतर व्यवसायका उच्चतम पदमा महिला सहभागिता त्यहाँ जम्मा ६ प्रतिशत छ । त्यस्तै, अन्य व्यवसायमा कार्यरत स्पेनी महिलाहरुले पुरुष सहकर्मीहरु भन्दा औसतमा १८ प्रतिशत कम सेवा सुविधा पाउँछन् भने त्यहाँको श्रमिक सहकारीमा काम गर्नेहरु महिला र पुरुषहरुबीच तलब सुविधामा कुनै अन्तर (वेज ग्याप) छैन ।

अमेरिकामा आधा भन्दा बढी क्रेडिट युनियका प्रमुख कार्यकारी अधिकृत (सीइओ) हरु महिला रहेको त्यहाँका क्रेडिट युनियनहरुको एक मात्र राष्ट्रिय छाता संघ–क्रेडिट युनियन नेशनल एशोसिएसन (कुना) ले जनाएको छ । जबकि अमेरिकाका अन्य बैंकहरुमा ५ प्रतिशत मात्र महिला सीइओ छन् । अमेरिकामा बैंक तथा अन्य वित्तीय संस्थामा भन्दा क्रेडिट युनियनमा महिला सीइओ नियुक्त हुने सम्भावना ५ गुना बढी रहेको सन् २०१९ को एक अध्ययनले देखाएको छ ।

त्यस्तै, अर्को एक अध्ययनले विश्वका १ सय ठूला सहकारी तथा बीमा कम्पनीहरुमध्ये ९ वटामा महिला सीइओ रहेका छन् तर विश्वका १ सय ठूला स्टक कम्पनीहरुमा १ जना मात्र महिला सीइओ रहेको सार्वजनिक गरेको छ । हाल एशिया प्रशान्त क्षेत्रका बचत तथा ऋण सहकारीहरुको छाता संगठन–अकूको प्रथम महिला सीइओका रुपमा लेनी कार्यरत हुनुहुन्छ ।

दक्षिण पूर्वी युरोपको राष्ट्र सर्बियाको बोस्निया तथा हर्जगोभिनासँगको सीमामा अवस्थित ब्राटुनाक क्षेत्रमा स्थापित बहुसंख्यक महिला सदस्य रहेको “फ्रुट्स अफ पिस” नामक सहकारीले स्थानीय ५ सय महिलालाई रोजगारी प्रदान गरेको छ । उक्त सहकारीले फलफुल खेती गरी इटालीको ठूलो खाद्य सहकारीलाई बिक्री गर्दछ । खासगरी शरणार्थीहरु बस्ने त्यस क्षेत्रमा महिलाहरुले गरेको परिश्रमको आम्दानी एकदमै न्यून रहेकोमा सन् २०१९ को तथ्याङ्क अनुसार त्यो बढेर ३० प्रतिशत पुगेको छ ।

कुर्दिशहरुको बाहुल्यता रहेको सिरियाको रोजाभाना क्षेत्रमा समतामूलक प्रजातान्त्रिक समाज निर्माणको कार्यारम्भ भएको छ । स्थानीय सरकारको लक्ष्य भनेको अर्थतन्त्रमा त्यहाँका सहकारीहरुको योगदान करिब ८० प्रतिशत पुर्याउने हो । युद्धप्रभावित क्षेत्रमा लगभग शून्यबाट सुरु गरेका त्यहाँका सहकारीहरुले सन् २०१८ मा ७ प्रतिशत योगदान दिएका थिए भने त्यसमध्ये आधा जस्तो योगदान महिला सहकारीहरुको थियो । सहकारीको संरक्षणका निम्ति त्यहाँ स्थापित प्रत्येक सरकारी निकायको नेतृत्वमा १ महिला र १ पुरुष छन् ।

अफ्रिकी मुलुक तान्जेनियाका सहकारी बैंक तथा अन्य सहकारी संस्थाहरुमा ६५ प्रतिशत महिला सञ्चालकहरु रहेको केही वर्ष अघिको अध्ययनले देखाएको थियो । हालका दिनमा त्यो प्रतिशत बढेको छ ।

नेपालमा पनि थुप्रै प्रारम्भिक संस्था र जिल्ला संघहरुको सञ्चालक समिति र व्यवस्थापन प्रमुखको नेतृत्व महिलाहरुले गर्नुभएको छ । यद्यपि, विषयगत केन्द्रिय संघहरुमा भने उच्च नेतृत्वमा महिला सहभागिता  न्यून छ ।  देशभरका सहकारीहरुको अभिभावक निकाय राष्ट्रिय सहकारी महासंघको बरिष्ठ उपाध्यक्षमा ओमदेवी मल्ल र वित्तीय सहकारीहरुको एक मात्र छाता संगठन–नेफ्स्कूनको उपाध्यक्षमा शान्ति अधिकारी हुुनुहुन्छ । त्यसैगरी, राष्ट्रिय सहकारी महासंघको पहिलो व्यवस्थापन प्रमुख अर्थात् महाप्रबन्धकमा चित्रा कुमारी थामसुहाङ्ग हुनुहुन्छ । उहाँ सहकारीको उपल्लो निकायको पहिलो महिला व्यवस्थापन प्रमुख पनि हुनुहुन्छ । केही जिल्ला संघहरुको नेतृत्व महिलाको काँधमा छ । त्यसैगरी, ४ हजार बढी प्रारम्भिक संघ संस्थाको नेतृत्वमा महिला रहेको भनिएपनि त्यसको पछिल्लो यकिन तथ्याङ्क उपलब्ध छैन । 

 

साढे ८ हजार कर्मचारीको नेतृत्व गर्छिन् बेलायतको एक सहकारीकी महिला सीइओ

 

 

 

 

 

 

 

 

 

 

 

 

बेलायतस्थित सेन्ट्रल इंगल्याण्ड कोअपरेटिभ् (सीइसी) की प्रथम महिला प्रमुख कार्यकारी अधिकृत डेबी रबिन्सन् को सहकारी यात्रा ४० वर्ष प्रवेश गरेको छ । ४ सय खाद्य स्टोरहरु (आउटलेट) र केही शव गृहहरुमा कार्यरत साढे ८ हजार कर्मचारीको व्यवस्थापन प्रमुखको जिम्मेवारीमा रहेकी डेबीको सहकारी र कोभिड अनुभवः 

सन् २०१९ को मार्चमा म सीइसीको पहिलो महिला सीइओका रुपमा नियुक्त भए । त्यसअघि म को–अप ग्रुपसँग आबद्ध थिएँ । त्यहाँ म प्रबन्ध निर्देशकको रुपमा काम गर्दथे । सबैतिर गरेर मेरो सहकारी यात्राले ४ दशक पुरा गरेको छ ।

सीइसीमा काम प्रारम्भ गरेको १८ महिनामा नै मैले र मेरो सहकारीले मुलुकमा धेरै असहज अवस्था देखेभोगेको छ । ब्रेक्जिट बर्हिगमन्का संशयहरु, कोभिड–१९ को शुरुवात, काला जातिहरुले गरेको प्रदर्शन र अहिलेको आर्थिक मन्दी । यस्ता चुनौतीहरुको समयमा सहकारी मूल्यहरुको महत्व सामान्य अवस्थामा भन्दा बढी हुने अनुभवले पुष्टि गरेको छ ।

सहकारीले साँच्चिकै समुदायमा सकारात्मक प्रभाव पार्ने मेरो ठम्याइ छ । सीइसीले आफ्ना सदस्यहरु र समुदायलाई एकदमै महत्व दिएको छ । सहकारीमा बिताएको ४ दशकको अनुभव अहिले पछिल्लो सीइओको भूमिका निर्वाह गर्न प्रयोग गर्दैछु । मेरो सहकारीको व्यवस्थापन समूह एकदम सहयोगी र कामप्रति प्रतिबद्ध छ ।

मेरो सहकारीका हाल ४ सय आउटलेटहरु छन् र तिनमा जम्मा ८ हजार ६ सय कर्मचारी कार्यरत छन् । यी सबै कर्मचारीहरुले कोभिड–१९ को समयमा प्रवाह गरेको सेवा निक्कै प्रशंसनीय छ । हाम्रा खाद्य स्टोरहरु र एवम् शव गृहहरुमा काम गर्ने फ्रन्टलाइन कर्मचारीहरु साँच्चिकै नायक स्थापित भएका छन् । सीइसीले लकडाउनका समयमा स्टोर र शव गृहहरुलाई निरन्तर सञ्चालन गरेको छ ।

हामीले संकट व्यवस्थापन समिति गठन गर्यौ जसको मुख्य प्राथमिकता भनेको कर्मचारी, सदस्य तथा समुदायको सुरक्षाका योजनाहरु बनाउने र कार्यान्वयन गर्ने हो ।

देशमा प्रधानमन्त्रीले लकडाउन घोषणा गर्ने बित्तिकै हाम्रो प्रमुख वित्त अधिकृतको नेतृत्वको संकट व्यवस्थापन समितिले २ मीटर भौतिक दूरीको नियम लागू गर्यौ । त्यस लगत्तै हामीले सबै कर्मचारीहरुलाई व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) प्रदान गर्यौ । समाजमा जोखिममा रहेकाहरुलाई लक्षित गरी हामीले दूर सेवाहरु प्रदान गर्यौ ।

फ्रन्टलाइनमा काम गर्ने कर्मचारीहरुलाई एक साताको थप सुविधा उपलब्ध गरायौं भने कर्मचारीहरुलाई  स्टोरबाट खाद्य सामाग्री खरिद गर्दा २० प्रतिशत छुटको व्यवस्था गर्यौ । यसले उनीहरुलाई सुरक्षा मात्र नभइ स्थानीय सामाग्रीको प्रयोग गर्न प्रोत्साहित पनि गरेको छ ।

यो समयमा अन्य सहकारीहरुसँग पनि समन्वय गरेर सेवा प्रदान गरिरहेका छौं । सन् २०२० का अहिलेसम्मका घटनाक्रमहरु हेर्दा के लाग्छ भने समुदायप्रति चासोको सहकारीको सिद्धान्त सँगै समानता र ऐक्यबद्धताको सहकारी मूल्यको महत्व झनै बढी देखिएको छ ।

गरिब बालबालिकाहरुको समस्याले मलाई बढी दुःखी बनाउछ । मलाई लाग्छ हामीले गरिबी निवारणको दिगो योजनाहरु निर्माण गर्नुपर्दछ । सहायता आवश्यक भएका समुदायहरुको आत्म सम्मानको पनि ख्याल राख्नुपर्दछ ।
कोभिडको महामारीले हामीलाई रोजगारीको सम्मान गर्न सिकाएको छ । कामको महत्वलाई थप प्रष्ट पारेको छ । किनकि कतिपयले यो अवस्थामा रोजगारी गुमाएका छन् ।

 

 

 

 


 

 

भर्खरै
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

१ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

१ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

३ दिन अगाडि

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

४ दिन अगाडि

धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन
धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन

४ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

११ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

८ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

पाठकबाट थप