भौतिक विधिबाटै साताव्यापी साधारण सभा तयारी गर्दै स्मरण साकोस
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भौतिक विधिबाटै साताव्यापी साधारण सभा तयारी गर्दै स्मरण साकोस

काठमाडौं । काठमाडौं महानगरपालिका भर कार्यक्षेत्र रहेको अनामनगर–२९ स्थित स्मरण बचत तथा ऋण सहकारी संस्था लि. महामारीमा साधारण सभा सञ्चालन सम्बन्धी नेफ्स्कूनले तयार गरेको कार्यविधि–२०७७, त्यसकै आधारमा सहकारी विभागले असोज १ गते जारी गरेको सहकारी संस्थाको साधारण सभा सम्बन्धी सूचना र ति दुवैको आधारमा संस्थाले तयार गरेको महामारीमा साधारण सभा सञ्चालन कार्यविधि २०७७ अनुरुप १२ औं साधारण सभाको तयारीमा जुटेको छ । लकडाउनको कठिन परिस्थितिमा पनि जिल्ला प्रशासन कार्यालयबाट व्यक्तिगत पहलमा पास बनाई सदस्य सेवालाई निरन्तरता दिएको संस्थाले सहकारी ऐन र संस्थाको विनियम बमोजिम समयमै साधारण सभा सम्पन्न गर्ने गरी काम अघि बढाएको हो । 
संस्थाले नेफ्स्कून र विभागको सूचना र आन्तरिक कार्यविधि अनुसार स्वास्थ्य मापदण्ड पालना गरेर भौतिक रुपमा साताव्यापी साधारण सभाको तयारी गरेको व्यवस्थापक निर्मल प्रसाद हुँमागाईले साकोस आवाजलाई जानकारी गराउनुभयो । संस्थाको साधारण सभा यही असोज २४ गतेबाट कार्तिक १ गतेसम्म साताव्यापी आयोजना गरिनेछ ।

यसपटक निर्वाचन नभएपनि एक जना सञ्चालक विदेश जानुभएकोले रिक्त पदपूर्तिको कार्यक्रम रहेको छ,”व्यवस्थापक हुँमागाईले भन्नुभयो, “सञ्चालक निर्वाचनका लागि निर्वाचन उपसमितिलाई जिम्मेवारी दिइसकेको अवस्था छ, त्यसबाहेक वार्षिक प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन र चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम तथा बजेट पास गर्ने, लेखापरिक्षकको नियुक्ति, लाभांश वितरण आदि नियमित कार्यक्रम छन् ।”

कोभिड संक्रमणको दरलाई ख्याल गरी स्मरण साकोसले साताव्यापी साधारण सभा आयोजना गर्न लागेको हो । लेखापरिक्षण प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी भएको बताउँदै व्यवस्थापक हुमागाईले सभाका एजेण्डा र वार्षिक प्रतिवेदन फेसबुक पेज, मेसेन्जरमा समूह बनाएर ट्याग गरी पठाइएको र मासिक बचतका लागि संस्थामा आउने सदस्यहरुलाई प्रतिवेदन र एजेण्डा भौतिक रुपमा उपलब्ध गराउने व्यवस्था मिलाइएको उहाँले जानकारी गराउनुभयो । “संस्थाको आधिकारिक फेसबुकमा ५०–६० जनाको समूह बनाउने र ट्याग गर्ने, कर्मचारीदेखि सञ्चालक प्रत्येकले ५०–६० जनालाई ट्याग गरेपछि सबै सदस्यकोमा एजेण्डा र प्रतिवेदन पुग्छ,” व्यवस्थापक हुमागाईले भन्नुभयो, “ सञ्चालक, कर्मचारी र सदस्यले अरु सदस्यहरुलाई ट्याग गरेर पठाउने विधि अपनाएका छौं ।” धेरै सदस्यलाई फोन, इमेल र पत्रिकाबाट पनि एजेण्डाको बारेमा सुसूचित गराउने काम शुरु गर्न लागेको हुमागाईले बताउनुभयो ।

“ अब केही दिनमै बुकलेट छाप्दैछौं, त्यसलाई  फेसबुकम, मेसेन्जर र इमेल मार्फत पठाउने,, कार्यालयमा आउनेलाई त्यही वितरण गर्ने र कर्मचारी र सञ्चालकको सहायतामा घरमै पुर्याउने व्यवस्था पनि मिलाएका छौ ”व्यवस्थापक हुमागाईले भन्नुभयो, “ केही संस्थाहरुसँग एकीकरणको प्रारम्भिक छलफल पनि  चलिरहेको छ ।” व्यवस्थापक हुमागाईले त्यस विषयमा साधारण सभाबाट अनुमोदन लिने र प्रक्रिया अघि बढाउने उल्लेख गर्नुभयो । सदस्य संख्या कम रहेको कारण पनि साधारण सभा सञ्चालन र व्यवस्थापनमा कठिनाई नहुने उहाँको भनाइ छ । संस्थाको कार्यालयमा पर्याप्त खुला स्थान भएकोले पनि भौतिक दूरी कायम गरी सदस्यहरुलाई समय मिलाएर आउन कुनै कठिनाई नहुने उहाँले जानकारी गराउनुभयो ।

लकडाउनमा पनि निरन्तर सदस्य सेवा
पहिलो लकडाउनका समयमा जिल्ला प्रशासन कार्यालयबाट सहकारी संस्था सञ्चालनका लागि सवारी साधनको पास बनाई निरन्तर सदस्य सेवा पुर्याइरह्यौं,” व्यवस्थापक हुँमागाईले भन्नुभयो, “बचत फिर्ता गर्नुपर्ने, ऋणको किस्ता बुझाउन चाहने सदस्यहरुका लागि म र अर्का एक कर्मचारीले सुरक्षित घरदैलो सेवा सञ्चालन गर्यौं ।” व्यवस्थापक हुमागाईले भन्नुभयो, “त्यसबाहेक सबै सदस्यरुलाई फोन गरेर कुनै पनि सेवा आवश्यक भएमा उपलब्ध गराउने ढाडस पनि दियौं ।” यसबीच १ सय ५४ जना सदस्यले कोरोना बीमा गरेको जानकारी दिदैं उहाँले बीमाको ५० प्रतिशत रकम संस्थाले नै बेहोरेको जानकारी गराउनुभयो । यसैगरी, संस्थाले लकडाउनको अवधिमा गएको असार मसान्तसम्म तिनुपर्ने व्याजमा १० प्रतिशत र साँवा व्याज दुवै भुक्तानी गर्ने ऋणी सदस्यलाई १५ प्रतिशत व्याज छुट उपलब्ध गराएको व्यवस्थापक हुमागाईले जानकारी गराउनुभयो ।  २०६५ सालमा स्थापित संस्थामा हाल कुल १ हजार ४७ सदस्य, ९ सदस्यीय सञ्चालक समिति, ३ जना लेखा सुपरिवेक्षण समिति र ५ जना कर्मचारी छन् । 


 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

३ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

५ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

५ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

७ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

७ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१३ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१४ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२३ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३६ दिन अगाडि

पाठकबाट थप