भौतिक विधिबाटै साताव्यापी साधारण सभा तयारी गर्दै स्मरण साकोस
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भौतिक विधिबाटै साताव्यापी साधारण सभा तयारी गर्दै स्मरण साकोस

काठमाडौं । काठमाडौं महानगरपालिका भर कार्यक्षेत्र रहेको अनामनगर–२९ स्थित स्मरण बचत तथा ऋण सहकारी संस्था लि. महामारीमा साधारण सभा सञ्चालन सम्बन्धी नेफ्स्कूनले तयार गरेको कार्यविधि–२०७७, त्यसकै आधारमा सहकारी विभागले असोज १ गते जारी गरेको सहकारी संस्थाको साधारण सभा सम्बन्धी सूचना र ति दुवैको आधारमा संस्थाले तयार गरेको महामारीमा साधारण सभा सञ्चालन कार्यविधि २०७७ अनुरुप १२ औं साधारण सभाको तयारीमा जुटेको छ । लकडाउनको कठिन परिस्थितिमा पनि जिल्ला प्रशासन कार्यालयबाट व्यक्तिगत पहलमा पास बनाई सदस्य सेवालाई निरन्तरता दिएको संस्थाले सहकारी ऐन र संस्थाको विनियम बमोजिम समयमै साधारण सभा सम्पन्न गर्ने गरी काम अघि बढाएको हो । 
संस्थाले नेफ्स्कून र विभागको सूचना र आन्तरिक कार्यविधि अनुसार स्वास्थ्य मापदण्ड पालना गरेर भौतिक रुपमा साताव्यापी साधारण सभाको तयारी गरेको व्यवस्थापक निर्मल प्रसाद हुँमागाईले साकोस आवाजलाई जानकारी गराउनुभयो । संस्थाको साधारण सभा यही असोज २४ गतेबाट कार्तिक १ गतेसम्म साताव्यापी आयोजना गरिनेछ ।

यसपटक निर्वाचन नभएपनि एक जना सञ्चालक विदेश जानुभएकोले रिक्त पदपूर्तिको कार्यक्रम रहेको छ,”व्यवस्थापक हुँमागाईले भन्नुभयो, “सञ्चालक निर्वाचनका लागि निर्वाचन उपसमितिलाई जिम्मेवारी दिइसकेको अवस्था छ, त्यसबाहेक वार्षिक प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन र चालु आर्थिक वर्षको वार्षिक कार्यक्रम तथा बजेट पास गर्ने, लेखापरिक्षकको नियुक्ति, लाभांश वितरण आदि नियमित कार्यक्रम छन् ।”

कोभिड संक्रमणको दरलाई ख्याल गरी स्मरण साकोसले साताव्यापी साधारण सभा आयोजना गर्न लागेको हो । लेखापरिक्षण प्रतिवेदनलाई अन्तिम रुप दिने तयारी भएको बताउँदै व्यवस्थापक हुमागाईले सभाका एजेण्डा र वार्षिक प्रतिवेदन फेसबुक पेज, मेसेन्जरमा समूह बनाएर ट्याग गरी पठाइएको र मासिक बचतका लागि संस्थामा आउने सदस्यहरुलाई प्रतिवेदन र एजेण्डा भौतिक रुपमा उपलब्ध गराउने व्यवस्था मिलाइएको उहाँले जानकारी गराउनुभयो । “संस्थाको आधिकारिक फेसबुकमा ५०–६० जनाको समूह बनाउने र ट्याग गर्ने, कर्मचारीदेखि सञ्चालक प्रत्येकले ५०–६० जनालाई ट्याग गरेपछि सबै सदस्यकोमा एजेण्डा र प्रतिवेदन पुग्छ,” व्यवस्थापक हुमागाईले भन्नुभयो, “ सञ्चालक, कर्मचारी र सदस्यले अरु सदस्यहरुलाई ट्याग गरेर पठाउने विधि अपनाएका छौं ।” धेरै सदस्यलाई फोन, इमेल र पत्रिकाबाट पनि एजेण्डाको बारेमा सुसूचित गराउने काम शुरु गर्न लागेको हुमागाईले बताउनुभयो ।

“ अब केही दिनमै बुकलेट छाप्दैछौं, त्यसलाई  फेसबुकम, मेसेन्जर र इमेल मार्फत पठाउने,, कार्यालयमा आउनेलाई त्यही वितरण गर्ने र कर्मचारी र सञ्चालकको सहायतामा घरमै पुर्याउने व्यवस्था पनि मिलाएका छौ ”व्यवस्थापक हुमागाईले भन्नुभयो, “ केही संस्थाहरुसँग एकीकरणको प्रारम्भिक छलफल पनि  चलिरहेको छ ।” व्यवस्थापक हुमागाईले त्यस विषयमा साधारण सभाबाट अनुमोदन लिने र प्रक्रिया अघि बढाउने उल्लेख गर्नुभयो । सदस्य संख्या कम रहेको कारण पनि साधारण सभा सञ्चालन र व्यवस्थापनमा कठिनाई नहुने उहाँको भनाइ छ । संस्थाको कार्यालयमा पर्याप्त खुला स्थान भएकोले पनि भौतिक दूरी कायम गरी सदस्यहरुलाई समय मिलाएर आउन कुनै कठिनाई नहुने उहाँले जानकारी गराउनुभयो ।

लकडाउनमा पनि निरन्तर सदस्य सेवा
पहिलो लकडाउनका समयमा जिल्ला प्रशासन कार्यालयबाट सहकारी संस्था सञ्चालनका लागि सवारी साधनको पास बनाई निरन्तर सदस्य सेवा पुर्याइरह्यौं,” व्यवस्थापक हुँमागाईले भन्नुभयो, “बचत फिर्ता गर्नुपर्ने, ऋणको किस्ता बुझाउन चाहने सदस्यहरुका लागि म र अर्का एक कर्मचारीले सुरक्षित घरदैलो सेवा सञ्चालन गर्यौं ।” व्यवस्थापक हुमागाईले भन्नुभयो, “त्यसबाहेक सबै सदस्यरुलाई फोन गरेर कुनै पनि सेवा आवश्यक भएमा उपलब्ध गराउने ढाडस पनि दियौं ।” यसबीच १ सय ५४ जना सदस्यले कोरोना बीमा गरेको जानकारी दिदैं उहाँले बीमाको ५० प्रतिशत रकम संस्थाले नै बेहोरेको जानकारी गराउनुभयो । यसैगरी, संस्थाले लकडाउनको अवधिमा गएको असार मसान्तसम्म तिनुपर्ने व्याजमा १० प्रतिशत र साँवा व्याज दुवै भुक्तानी गर्ने ऋणी सदस्यलाई १५ प्रतिशत व्याज छुट उपलब्ध गराएको व्यवस्थापक हुमागाईले जानकारी गराउनुभयो ।  २०६५ सालमा स्थापित संस्थामा हाल कुल १ हजार ४७ सदस्य, ९ सदस्यीय सञ्चालक समिति, ३ जना लेखा सुपरिवेक्षण समिति र ५ जना कर्मचारी छन् । 

भर्खरै
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

८ घण्टा अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२३ घण्टा अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१३ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

पाठकबाट थप