सिवाईसी साकोसको कर्मचारी क्षमता विकास तथा सिकाई व्यवस्थापन तालिम 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिवाईसी साकोसको कर्मचारी क्षमता विकास तथा सिकाई व्यवस्थापन तालिम 

बागलुङ । जिल्लास्थित सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा २ दिने “कर्मचारीको क्षमता विकास तालिम” सम्पन्न भएको छ । संस्थाका विभागीय प्रमुख, सेवा केन्द्र प्रमुख तथा अन्य कर्मचारीहरुका लागी क्षमता विकास तथा सिकाई व्यवस्थापन (Capacity Building and Learning Management Training) तालिम आयोजना गरिएको हो । संस्थाको केन्द्रीय कार्यालय बागलुङ बजारमा सम्पन्न तालिममा सहभागी कर्मचारीहरुलाई ऋण व्यवस्थापन, नेतृत्व विकास, पत्रकारिता तथा प्रतिवेदन लेखन, सकरात्मक सोच, संस्थाका विभिन्न नीति, नियामवाली तथा निर्देशिका, संस्थाले हाल प्रयोगमा ल्याएका प्रविधिहरुको प्रयोग र प्रवर्द्धन आदि विषयमा जानकारी गराईएको थियो ।

तालिममा संस्थाका अध्यक्ष चण्डी प्रसाद शर्मा पौडेल, सहसचिव सुवास आचार्य, प्रमुख कार्यकारी अधिकृत कवि न्यौपाने र सुचना प्रविधि अधिकृत राजेश आचार्यले सहजिकरण गर्नुभएको थियो । तालिमको समापन समारोहमा बेल्दै संस्थाका सल्लाहकार सिता शर्माले तालिमले संस्थाको वृद्धि, विकास गर्न र योजना अनुरुप कार्य गर्नको लागी मद्दत पुग्ने बताउनुभयो । सहभागीको तर्फवाट दगा सदस्य सेवा केन्द्र प्रमुख विष्णुहरी आचार्य र नव मालिका सेवाकेन्द्र प्रमुख हेलिना रोका मगरले समग्र तालिमबाट सिकेका कुराहरु बारे जानकारी गराउनुभयो । कार्यक्रममा संस्थाका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेलले सहकारी बिभागले असोज मसान्तसम्म एक व्यक्ति एक सहकारीको अवधारणा सहितको निर्देशन जारी गरेकोले सदस्यहरुको चाहना र सदस्यहरु सन्तुष्टिको लागी कर्मचारी तथा संचालकहरुले कार्य गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष पौडेलले संस्थाले यही असोज मसान्तसम्म १४०० सदस्य वृद्धिको लक्ष्य लिएकोले सवै कार्यालयले सोही लक्ष्य अनुसार काम गर्न आग्रह गर्नुभयो । सो अवसरमा संस्थाको भाद्र महिनाको लक्ष्य र प्रगति समिक्षा गरी आगामी महिना सबैले लक्ष्यअनुसार प्रगति गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तालिममा सिवाईसी साकोस केन्द्रिय कार्यालयका विभागीय प्रमुख, १० वटा सेवा केन्द्रका प्रमुख र कर्मचारी गरी २५ जना सहभागी थिए । 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२१ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३४ दिन अगाडि

पाठकबाट थप