ज्योति मिर्मिरे सामूहिक साकोसको संयुक्त साधारण सभा सम्पन्न; उद्धव सापकोटाको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति निर्विरोध निर्वाचित
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ज्योति मिर्मिरे सामूहिक साकोसको संयुक्त साधारण सभा सम्पन्न; उद्धव सापकोटाको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति निर्विरोध निर्वाचित

काभ्रे । जिल्लाको पनौती स्थित ज्योति मिर्मिरे सामूहिक साकोसको संयुक्त साधारण सभा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलको प्रमुख आतिथ्यता तथा नेफस्कूनका निवर्तमान अध्यक्ष एवं राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य तथा उद्योग वाणिज्य महासंघका कार्यकारणी सदस्य डी बी बस्नेतको विशेष आतिथ्यतामा मंसिर २० गते शनिबार सम्पन्न भएको छ ।

साधारण सभा उद्घाटन समारोहमा प्रमुख अतिथि महासंघका अध्यक्ष कडेलले नेपालको अर्थतन्त्रमा सहकारीले पुर्याएको योगदानको चर्चा गर्दै अबका दिनमा सहकारीको ध्यान गरिबी निवारण तथा उत्पादनमा र सदस्यलाई आत्मनिर्भर र सम्वृद्ध गर्ने विषयमा केन्द्रीत हुन पर्नेमा जोड दिनुभयो । उहाँले आत्मनिर्भरताका लागि सहकारीले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने चर्चा गर्नु भयो । ज्योति मिर्मिरे सामूहिक साकोसले २०६९ सालमा नेपालमा नै पहिलो पटक ४ वटा सहकारी एकिककरण गरी एकिकरण अभियानको सुरुवात गरी हालसम्म एकीकरणको नेतृत्व लिएको र २०६९ सालमै एकीकरण कार्यविधि तयार गरी नेपालको एकिकरणको नमूना कार्यविधि बनाएकोमा खुसी व्यक्त गर्दै अध्यक्ष कडेलेले पनौती न पा ११ स्थित जन्म ज्योति महिला विकास बहुउद्धेश्यीय सहकारी संस्थासँग एकिकरण गरी संयुक्त साधारण सभा आयोजना गरिएकोमा शुभकामना व्यक्त गर्नुभयो । साथै ज्योति मिर्मिरे नेफस्कूनद्धारा बागमती प्रदेश स्तरीय उत्कृष्ट साकोस घोषणा भएकोमा हार्दिक बधाई व्यक्त गर्दै आगामी दिनमा नेपालको सहकारीको अभियानको नेतृत्व गर्न शुभकामना समेत उहाँले दिनुभयो । यसैगरी प्रमुख अतिथिले संस्थाका अध्यक्ष उद्धव सापकोटा बागमती प्रदेश बचत तथा ऋण सहकारी संघको अध्यक्षमा निर्वाचित भएकोमा बधाई समेत दिनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथिका रुपमा नेफ्स्कूनका निवर्तमान अध्यक्ष एवम् वर्तमान सल्लाहकार तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य तथा उद्योग वाणिज्य महासंघका कार्यकारणी सदस्य डी बी बस्नेतले ज्योति मिर्मिरे सामूहिक साकोसले समूदायमा सदस्यको विश्वास जितेको भन्दै भविष्यमा समेत गुणस्तरीय सेवा प्रदान गरी अगाडी बढ्न सुझाव दिनुभयो । संस्थाले विगत देखिनै समाजको आर्थिक, सामाजिक र सांस्कृतिक पक्षको सकारात्मक परिवर्तनका लागि खेलेको भूमिको प्रशंसा गर्दै उहाँले आगामी दिनमा अझै उजाशीलत रुपमा काम गर्न आफनो तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । नेपालको सहकारी अभियानमा विशिष्ट योगदान गर्ने व्यक्तिहरुको लागि सम्मान गर्ने विधाको स्थापना गरि यस वर्ष आफूलाई सम्मान गरेकोमा संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो । यसै गरी जिल्ला बचत संघका प्रथम उपाध्यक्ष ईन्द्रप्रसाद अधिकारीले पनि संस्थाको सफलताका लागि शुभकामना व्यक्त गर्नु भएको थियो ।

”दिगो र उत्कृष्ट वित्तिय सहकारी संस्था“ को परिकल्पनाका साथ समुदायमा आधारित भई संचालित ज्योति मिर्मिरे सामूहिक साकोस ०७७ आषाढ मसान्त सम्ममा आइपुग्दा पनौती, बनेपा, धुलिखेल ,पाँचखाल नगरपालिका र बेथानचोक गाउँपालिकालाई कार्यक्षेत्र बनाई हाल १०३३८ सेयर सदस्य तथा ९७० बाल बचतकर्ता सदस्यहरुमार्फत  कूल ७५करोड पूँजी संकलन गरी सेवा प्रदान गर्दै आएको जानकारी संस्थाका कोषाध्यक्ष पूर्णराम तुलाधरले वार्षिक प्रतिवेदन मार्फत जानकारी गराउनु भयो । सदस्य सेवालाई प्रतिस्पर्धी र अन्य संस्थाहरुको तुलनामा गुणस्तरीय बनाउन आधुनिक प्रविधिको अधिकतम उपयोग गरी व्यवस्थित तथा पूर्ण व्यावसायिक ढंगबाट संस्थाको कारोबार सञ्चालन भएको व्यहोरा प्रतिवेदनमा प्रस्तुत गरिएको थियो ।

संस्थाका सचिव दिपकप्रसाद दाहालको सञ्चालन तथा संस्थाका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सहकारीमा विशेष योगदान गर्ने व्यक्तिहरुलाई प्रदान गर्ने गरी स्थापित जे एम एस  सहकारी अवार्ड २०७६ बाट नेफ्स्कूनका निवर्तमान अध्यक्ष एवं राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य तथा उद्योग वाणिज्य महासंघका कार्यकारणी सदस्य डी बी बस्नेत, यसै गरी संस्थामा आबद्ध सदस्यहरु मध्ये विशिष्ट स्थानमा पुग्न सफल सदस्यलाई प्रदान गर्ने गरी स्थापित विशिष्ट सदस्य अवार्ड २०७६ बाट संस्थाका सदस्य एवं पनौती नगरपालिका उप प्रमुख गिता बञ्जारा र बनेपा नगरपलिकाका उप प्रमुख रेखा सापकोटा दाहाल, उत्कृष्ट कर्मचारीमा सुनिता हुमागाई तिमल्सिना लगायत संस्थाका उत्कृष्ट ऋणी, बचतकर्ता,बाल बचतकर्तासहित ३९ जनालाई सम्मानित गरिएको थियो ।

यसै गरी बल्थलीस्थित जन्म ज्योति महिला वहुउद्धेश्य सहकारी संस्थासँग एकिकरण सम्पन्न सयुक्त साधारण सभाबाट ४ वर्षे कार्यकालका लागि उद्धव सापकोटाको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति तथा भिमसेन के सी को संयोजकत्वमा ३ सदस्यीय लेखा समिति सर्वसम्वत चयन गर्दै साधारण सभा सम्पन गरिएको छ ।

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

४१ मिनेट अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ घण्टा अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

४१ मिनेट अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप