एकता साकोसको २३ औं वार्षिक साधारण सभा  सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
एकता साकोसको २३ औं वार्षिक साधारण सभा  सम्पन्न 

काठमाडौं । का.म.न.पा.वडा नं ३१ शान्तिनगर स्थित एकता बचत तथा ऋण सहकारी संस्था लि.को २३ औं वार्षिक साधारण सभा २०७७ मंसिर ०४ गते बाट सुरु भै २०७७ मंसिर २७ गते सम्पन्न भएको छ । उक्त साधारण सभामा ६३.३७ प्रतिशत सदस्यहरुको उपस्थिति रहेका थियो । संस्थाका अध्यक्ष प्रेमचन्द्र गिरीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेश सभाका सभासद गणेशप्रसाद दुलाल र विशेष अतिथिमा नेफ्स्कूनका महासचिव दामोदर अधिकारी हुनुहुन्थ्यो । 

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथिले कोभिड–१९ को असरबाट ज्यादै प्रभावित जनतालाई वडा कार्यालय मार्फत उपलब्ध गराएको राहत होस वा संस्थाका सदस्यहरुलाई संस्था आफैले वितरण गरेको राहत सहयोग होस् सबै उल्लेखनिय रहेको र सामाजिक क्षेत्रमा समेत संस्थाका सञ्चालकले खेलेको भूमिका प्रशंसनीय रहेको चर्चा गर्नुभयो । साथै आगामी दिनमा समेत राजनैतिक क्षेत्र र सहकारी क्षेत्रले हातेमालो गर्दै विकास निर्माण र यस क्षेत्रको उत्थानको लागि सँगसँगै अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो  । 

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै विशेष अतिथि नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले सहकारीको मूल्य र मान्यतालाई आत्मसात गर्दै अहिलेको कोभिड– १९ बाट सहकारी क्षेत्रमा परेको असर कम गर्न साकोसका सञ्चालकको भूमिका महत्वपूर्ण हुनुपर्ने बताउनुभयो । उहाँले बचत तथा ऋण सहकारी अभियानको जन्म एकल होइन सामूहिक सहकार्यको भावनाबाट भएको र आज जस्तै अन्य समयमा पनि हुने र हुन सक्ने महामारीको समयमा बचत तथा ऋण सहकारी संस्थाहरु सदस्य सुरक्षाका लागि सद्भावपूर्ण सहकार्यको माध्यमबाट अगाडि बढ्नुको विकल्प नभएको उल्लेख गर्नुभयो । 

का.म.पा–३१ वडाका वडा अध्यक्ष तथा सल्लाहकार नारायणप्रसाद भण्डारी र पूर्व अध्यक्ष एवंम् सल्लाहकार नानीबाबु बुढाथोकीले संस्थाले कोभिड– १९ को महामारीको समयमा पनि सदस्यहरुको सेवामा कुनै कमीहुन नदिएको र गर्नुपर्ने सुधार र प्रगतिको लागि आगामी दिनमा समेत सञ्चालक अझै क्रियाशील भएर लाग्नुपर्ने विचार व्यक्त गर्दै साधारणसभा सफलताको शुभकामना प्रदान गर्नुभएको थियो । 

संस्थाका उपाध्यक्ष वीरेन्द्र भण्डारीले स्वागत मन्तब्य र लेखा सुपरिवेक्षण समितिका संयोजक नारायणकृष्ण श्रेष्ठ, कोषाध्यक्ष  तारादेवी श्रेष्ठ र सचिव मैया मोक्तानले आ–आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाकी सचिवद्वारा संचालन भएको उक्त कार्यक्रममा वरिष्ठ समाजसेवी तथा सल्लाहकार सगुन शाह, काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख समेत रहिसक्नु भएका सल्लाहकार सूर्यशरण रेग्मी, डा. रामजी पण्डित तथा दिननाथ पण्डित लगायत संस्थाका सञ्चालक, लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरु तथा सल्लाहकारहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अन्त्यमा सभापति तथा अध्यक्ष प्रेमचन्द्र गिरीले छलफलमा उठेका प्रश्नहरुको जवाफ दिदै कोभिड–१९ को महामारीका बीच पनि भौतिक रुपमै उपस्थित भई कार्यक्रमलाई सफल पार्न सहयोग पु¥याउनुहुने प्रमुख अतिथि, अन्य अतिथिहरु तथा सल्लाहकार, सञ्चालक, लेखा सुपरिवेक्षण समितिका महानुभावहरु एवंम् संस्थाका सदस्य तथा कर्मचारीहरु सबैलाई धन्यवाद दिदैे २३ औं वार्षिक साधारण सभा समापन भएको घोषणा गर्नुभएको थियो ।
 
भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२० घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२० घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप