बुडोल सामुदायिक साकोसमा केसीको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्विरोध चयन 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बुडोल सामुदायिक साकोसमा केसीको अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्विरोध चयन 

काठमाडौं । काभ्रेस्थित बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. को २१ औं वार्षिक साधारण सभाले आगामी ४ वर्षे कार्यकालका लागि कैलाश केसीको अध्यक्षतामा नयाँ संचालक समिति तथा पूर्ण बहादुर कार्कीको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति निर्विरोध चयन गरेको छ । संचालक समितिको उपाध्यक्षमा प्रेमनाथ शर्मा कोईराला, सचिवमा जयराम थापा, कोषाध्यक्षमा राधेश्याम केसी संचालक सदस्यहरुमा राधाकृष्ण श्रेष्ठ, प्रकाश भुर्तेल, हरिराम कुईकेल, श्यामचन्द्र श्रेष्ठ, गीता कुँवर क्षेत्री, गायत्री खड्का र अनिला श्रेष्ठ निर्वाचित हुनु भएको छ । आज सम्पन्न सभाले लेखा सुपरिवेक्षण समितिमा  कार्कीको संयोजकत्वमा सदस्यहरुमा सन्तोष आचार्य र शर्मिला नेपाललाई निर्विरोध चयन गरेको छ ।

कोरोना भाइरस संक्रमणको विषम परिस्थितीलाई ध्यानमा राखी साधारण सभामा संचालक समिति, लेखा सुपरिवेक्षण समिति, उपसमिति, पूर्व संचालक, निवर्तमान संचालक, प्रतिनिधी सदस्यहरु, सल्लाहकार र कर्मचारी लगायत सिमित व्यक्तिहरुको भौतिक उपस्थिती र Zoom Video Conference र संस्थाको आधिकारीक फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण गरी सदस्यहरुको सहभागिताको व्यवस्था गरिएको थियो ।

सभा समक्ष संस्थाका सचिव पे्रमनाथ शर्मा कोईरालाले आर्थिक वर्ष ०७६।०७७ को सचिवको प्रगति प्रतिवेदन, कोषाध्यक्ष ध्रुबबहादुर भुजेलले आर्थिक वर्ष ०७६।०७७ को कोषाध्यक्षको आर्थिक प्रतिवेदन, आ।व।०७७।०७८ र ०७८।०७९ को प्रस्तावित वार्षिक कार्ययोजना तथा बजेट, लेखा सुपरिवेक्षण समितिका संयोजक जयराम थापाले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । संस्थाका सहसचिव गंगाराम ठकुरीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन रामकृष्ण राय क्षेत्रीले गर्नु भएको थियो । सहकारी विभागबाट सहकारी संस्थाको साधारण सभा गर्न जारी सूचनाको आधारमा सदस्यहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी आवश्यक सुरक्षा सतर्कता अपनाई साधारण सभामा नाम दर्ताको लागि सदस्यहरुलाई मिति २०७७ साल पुष ४ गतेदेखि नै उपस्थिती खुल्ला गरिएको थियो । 

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२१ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२१ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२१ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप