‘सुदूर पश्चिम प्रदेश बचत संघलाई प्रविधि तथा वित्तीय परामर्शदातृ निकाय बनाउँछौं’
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘सुदूर पश्चिम प्रदेश बचत संघलाई प्रविधि तथा वित्तीय परामर्शदातृ निकाय बनाउँछौं’

काठमाडौं । सुदूर पश्चिम प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का नवनिर्वाचित अध्यक्ष माधवप्रसाद जोशीले संघलाई प्रदेशभरका बचत तथा ऋण सहकारीहरुको प्रविधि र वित्तीय परामर्शदातृ निकायका रुपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । त्यसका लागि ठोस योजना निर्माण भएको बताउँदै उहाँले कार्यान्वयनका लागि इमान्दार, लगनशील, प्रतिबद्ध अनि शिल्पी सञ्चालक समिति निर्वाचित भएको दाबी गर्नुभयो ।

सुदूर पश्चिम प्रदेशको कैलालीस्थित धनगढीमा हिजो सम्पन्न प्रदेश बचत संघको प्रारम्भिक साधारण सभाले जोशीको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति र डिल्ली प्रसाद शर्माको संयोजकत्वमा लेखा सुपरिवेक्षण समिति निर्विरोध निर्वाचित गरेको थियो । २०७६ असार १७ गते गठित संघको तदर्थ समितिमा रहनुभएकाहरुमध्ये सचिव बाहेक सबै पदमा उही व्यक्तिहरु नै प्रारम्भिक साधारण सभाबाट सर्वसम्मत् हुनुभएको हो । तदर्थ समितिकी सचिव तुलसी शर्माले कार्यव्यवस्ताका कारण समय दिन नसक्ने कारणसहित उक्त पदमा दिप्ती शाहीको नाम प्रस्ताव गर्नुभएको अध्यक्ष जोशीले बताउनुभयो । साकोस आवाससँगको टेलिफोन सम्वादमा अध्यक्ष जोशीले समय, कोभिड र बजारलाई समेत विश्लेषण गर्दा अबको निर्वाचित समितिको प्राथमिकता प्रविधि भएको निक्र्यौल सहित यसैलाई जोड दिने योजना सुनाउनुभयो । यसैगरी कतिपय संस्थाहरुमा नीति, विधि र कार्यविधि निर्माणको काम गर्न कठिनाई भएकाले त्यसतर्फ पनि सहजिकरण गर्दै दिगो सञ्जाल निर्माणमा काम गर्ने उहाँले बताउनुभयो ।

नयाँ सञ्चालक समितिमा सुदूर पश्चिमका ९ वटै जिल्लाको प्रतिनिधित्व रहेको जानकारी गराउँदै अब संघलाई बलियो र आत्मनिर्भर बनाउन प्रदेशका ६ सय बढी प्रारम्भिक संस्थाहरुसँगै सबै जिल्लाका बचत संघलाई समेट्नुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो । संघमा हाल आबद्ध ५६ सदस्यमध्ये  ८ जिल्ला बचत संघहरु रहेको जोशीले जानकारी गराउनुभयो ।

सुदूर प्रदेशमा सहकारी र त्यसमा पनि बचत तथा ऋण सहकारी अभियानलाई सुदृढ गर्न समयसापेक्ष तालिम, शिक्षा र चेतनाका कामहरु गर्नुपर्ने भएकाले संघले यी कार्यक्रमलाई पनि उत्तिकै महत्वका साथ सञ्चालन गर्ने अध्यक्ष जोशीको भनाई छ । “हामीले राष्ट्रिय सहकारी महासंघ र नेफ्स्कूनसँग नजिक रहेर काम गर्ने सोच बनाएका छौं,” अध्यक्ष जोशीले भन्नुभयो, “यसैगरी बैंक र जिल्ला संघहरुसँग पनि समन्वय र सहकार्य हुन्छ ।” प्रदेशका बचत तथा ऋण सहकारीहरुको नीतिगत तथा प्रविधिगत सक्षमता विकास संघको लागि चुनौती र अवसर दुबै भएको उहाँको ठम्याई छ । तुलनात्मक रुपमा आधारभूत संरचनागत विकासको कमी र कर्णाली प्रदेशपछि सबैभन्दा न्यून सहकारीहरु भएको प्रदेशका कारण पनि नेफ्स्कूनले भन्दै आएको नीति, विधि र प्रविधिको पहुँच जोशी नेतृत्वको सञ्चालक समितिको लागि चुनौती पनि हो भन्न सकिन्छ । 

प्रदेश भित्र सहकारीहरुको गुणस्तरीयता कायम गर्न नेफ्स्कूनले अघि बढाएको आधारशिला कार्यक्रम कार्यान्वयनमा पनि कुनै न कुनै रुपमा जोडिने अध्यक्ष जोशीले बताउनुभयो । तत्कालका लागि तालिम र शिक्षासँगै स्टेशनरी, अन्तरलगानी लगायत नेफ्स्कूनको सेवा व्यवसाय प्रवर्धनमा काम गर्ने उहाँको भनाई छ । प्रारम्भिक साधारण सभाका प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेल र बिशिष्ट अतिथि नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले प्रदेश संघलाई आत्मनिर्भर र सक्षम बनाउँदै अन्ततः प्रदेशभित्रका बचत तथा ऋण सहकारीहरुको गुणस्तर र विश्वसनीयता बढाउने काममा जस्तोसुकै सहयोग गर्न महासंघ र नेफ्स्कून तयार रहेको वचन दिनुभएका कारण पनि जोशीको समूह थप उत्साहित बनेको छ ।

सहकारीमै जीवनका २६ वसन्त पार गरिसक्नुभएका अनुभवी सहकारीकर्मी जोशीले कञ्चनपुरस्थित राष्ट्रसेवक बचत तथा ऋण सहकारीको संस्थापक सचिवका रुपमा अभियानको यात्रा श्रीगणेश गर्नुभएको हो । सुदूर प्रदेशको सहकारी र बचत तथा ऋण सहकारी अभियानका जानिफकार जोशीको बुझाईमा हाल प्रारम्भिक संस्थाहरुमात्र होइन तिनका सदस्यहरुपनि व्यक्तिगत प्रयोजन भन्दा व्यावसायिक आय आर्जन तथा उत्पादनका क्षेत्रमा ऋण लिन खोज्नेहरु बढेका छन् । “यो हाम्रो लागि सुखद समाचार हो,” अध्यक्ष जोशी तर्क गर्नुहुन्छ, “यसबाट पनि के बुझिन्छ भने सहकारीमार्फत ऋण लिएर घरजग्गा किन्ने मात्र होइन आय आर्जनलाई दिगो बनाउनेतर्फ यस प्रदेशका सहकारी सदस्यहरुको ध्यान मोडिएको छ, यसमा नेफ्स्कूनको स्कुलिङले धेरै बल पुर्याएको छ ।” 

हाल धनगढी उपमहानगरपालिका–३ मा भाडाको घरमा कार्यालय रहेको प्रदेश बचत संघमा १ जना कर्मचारीबाट दैनन्दिन कार्य सञ्चालन गरिएको छ । संघको प्रशासनिक र वित्तीय भार न्यून गर्न सिङ्गो सञ्चालक र लेखा समितिले खटेर दिगो जग खन्ने काम गर्ने सहमति भएको अध्यक्ष जोशीले बताउनुभयो ।
 
भर्खरै
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

८ घण्टा अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२३ घण्टा अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

२ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१३ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

पाठकबाट थप