साझा प्रकाशनको गरिमालाई बचाउन समिति र कर्मचारी जिम्मेवार बन्नुपर्छ :  मन्त्री तुम्बाहाङफे
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साझा प्रकाशनको गरिमालाई बचाउन समिति र कर्मचारी जिम्मेवार बन्नुपर्छ :  मन्त्री तुम्बाहाङफे

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा शिव माया तुम्बाहाङफेले साझा प्रकाशनको गरिमालाई बचाउन सञ्चालक समिति र कर्मचारी जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ । साझा प्रकाशनको चौबिसौँ साधारणसभा कार्यक्रममा उहाँले कर्मचारीले प्रभावकारी ढङ्गले कार्यसम्पादन नगरेको पाइएको भन्दै आफूले प्रकाशनमा ल्याएको किताबका बारेमा बुझ्न खोज्दासमेत जानकारी पाउन नसकेको बताउनुभयो । “कर्मचारीको काम तलब थाप्ने मात्र होइन”, उहाँले भन्नुभयो, “कर्तव्यबोधका साथ काम गर्न नसक्नु ठूलो कमजोरी हो ।”

हिजो आयोजित कार्यक्रमा उहाँले साझा प्रकाशनमा विगतमा भएको भ्रष्टाचार र अनियमितताका कारण संस्था धरासायी हुने अवस्थामा पुगेको भन्दै अहिलेको नयाँ नेतृत्वले यसको विकासमा विशेष ध्यान पुर्‍याउनेमा आफू आशावादी रहेको बताउनुभयो । मन्त्री तुम्बाहाङफेले अहिलेको सङ्कटपूर्ण अवस्थामा सहयोग तथा अनुदानको जरुरत परे पनि यो संस्थालाई आत्मनिर्भर बनाउने दिशामा समिति र कर्मचारीको ध्यान पुग्नुपर्ने बताउनुभयो ।

साझा प्रकाशनका नवनिर्वाचित अध्यक्ष विजय सुब्बाले साझालाई मरितुल्य अवस्थामा पुर्‍याउन अघिल्लो व्यवस्थापन बढी जिम्मेवार रहेको बताउनुभयो । “मैले चलाएको भ्रष्टाचार विरोधी अभियानमा मिडियालगायत विभिन्न पक्षले निकै साथ दिए”, उहाँले भन्नुभयो, “संस्थालाई ध्वस्त बनाउनेलाई मिल्काउन सफल भएका छौँ, अब संस्थाको मुहार फेरिने कुरामा शङ्का गर्नुपर्दैन ।” उहाँले संस्थालाई कमजोर बनाउने कर्मचारीले अब छुट नपाउने भन्दै सच्चिएर अघि बढ्न निर्देशनसमेत दिनुभयो । कार्यक्रममा महाप्रबन्धक, होम गौतम, सञ्चालक समिति सदस्य डिपी अर्याल, साझा प्रकाशनका पूर्वअध्यक्ष डा विष्णुविभु घिमिरे, साझाका निवर्तमान अध्यक्ष श्यामबहादुर थापा लगायतले मन्तव्य राख्नुभएको थियो ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप