समस्यारहित सहकारी निर्माण पहिलो प्राथमिकताः सहकारी मन्त्री
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
समस्यारहित सहकारी निर्माण पहिलो प्राथमिकताः सहकारी मन्त्री

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङफेले सहकारी अभियानमा देखिएका विद्यमान समस्यालाई समाधान गरी समस्यारहित सहकारी निर्माणमा मन्त्रालयको पूर्ण साथ रहने विश्वास व्यक्त गर्नुभएको छ ।  

आज सहकारी अभियानका शिर्षस्थ निकाय राष्ट्रिय सहकारी महासंघ र नेफ्स्कून प्रतिनिधिसहितको टोलीले नवनियुक्त मन्त्रीलाई मन्त्रालयमै पुगेर बधाइ तथा शुभकामना प्रदान गर्ने क्रममा मन्त्री तुम्बाहाङफेले सहकारी ऐन संशोधन गर्ने विषयमा आफू संवेदनशिल भएको बताउँदै सहकारी अभियानलाई बलियो बनाउनका लागि यसमा देखिएका कमी÷कमजोरी हटाउन अभियानको शिर्षस्थ निकाय महासंघको योगदान आवश्यक रहको औल्याउनुभएको थियो । उहाँले समस्याग्रस्त सहकारी लगायतका विषयमा महासंघले योजनाबद्ध ढंगले काम गर्नुपर्ने र सहकारीमा समस्या आउन नदिन नियमनको पाटो के के हेर्न जरुरी छ त्यस विषयमा पनि महासंघको सल्लाह आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, अभियानलाई स्वस्थ बनाउने ध्येयले काम गर्नुहोस् त्यसका लागि मन्त्रालय के गर्नुपर्छ तयार छ ।

राष्ट्रिय सहकारी महासंघ र नेफ्स्कून प्रतिनिधिसहितको टोलीले नवनियुक्त मन्त्री तुम्बाहाङफेलाई हार्दिक बधाई ज्ञापन गर्दै मुलुकको आर्थिक समृद्धि, सामाजिक न्याय तथा गरिबी न्यूनीकरण गर्दै समाजवाद उन्मुख अर्थत्रन्त्र निर्माणका लागि सहकारी क्षेत्र सहितको तीन खम्वे अर्थनीतिका माध्यमवाट “समृद्ध नेपाल र सुखी नेपाली” को परिकल्पना साकार पार्ने महान अभियानमा मन्त्रालयको तर्फबाट सदैव साथ सहयोग र आवश्यक सहकार्यका लागि हार्दिक आव्हान गरेको छ ।
भेटका क्रममा कर्जा सुचना केन्द्र, बचत तथा सुरक्षण कोष स्थापना, स्थिरीकरण कोषको कानुनी बैधता लगायतका विषयमा छलफल भएको थियो । महासंघका अध्यक्ष मिनराज कडेलले कर्जा सुचना केन्द्र, बचत तथा ऋण सुरक्षण कोषको विषयमा महासंघले कार्यविधि मस्यौदा मन्त्रालयमा बुझाइसकेको  जानकारी दिदै त्यसलाई अगाडि बढाइदिन आग्रह गर्नुभएको थियो । 
नेफ्स््कूनका अध्यक्ष परितोष पौडेलले नेफ्स्कूनले वित्तिय सहकारीको सुरक्षाका लागि स्थिरीकरण कोष स्थापना गर्न लागेको जानकारी गराउदै सोका लागि मन्त्रालयका तर्फबाट सहयोगको आवश्यक्ता औल्याउनुभयो ।

महासंघका निवर्तमान अध्यक्ष तथा पूर्व मन्त्री केशव बडालले मुलुकको आर्थिक समृद्धि, सामाजिक न्याय तथा गरिबी न्यूनीकरण गर्दै समाजवाद उन्मुख अर्थत्रन्त्र निर्माण गर्नका लागि धेरै ऐन कानुन संशोधन हुन आवश्यक रहेको औल्याउनुभयो । उहाँले सहकारी समस्याग्रस्त बन्नुमा सरकारी निकायहरुले समेत जिम्मेवारी लिनुपर्ने र त्यसका लागि सहकारी संघ संस्थाहरु एक तह माथिको संघ सँग अनिवार्य रुपमा सदस्य वन्ने कानूनी व्यस्थाका लागि जोड दिनुभयो । 

वरिष्ठ उपाध्यक्ष तथा आइसीए ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले सहकारीलाई एकीकरणमा जानका लागि प्रोत्साहन गर्ने विशेष सुविधा दिनुपर्ने, सहकारी प्रवर्द्धन कोषलाई कार्यान्वयनमा लैजान सहुलियतपूर्ण ऋणहरु सहकारीमार्फत उपलब्ध गराउन आवश्यक रहेको औल्याउनुभयो ।

कार्यक्रममा महासंंघका सञ्चालक टेकप्रसाद चौलागाई, राजेन्द्र पौडेल, महासंघका नायव महाप्रबन्धक बाबुल खनाल, नेफ्स्कूनका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत प्रकाश पोख्ररेल लगायतका प्रतिनिधिहरु उपस्थित हुनुहुन्थ्यो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस १० गते नयाँ मन्त्री थप्नुका साथै मन्त्रीपरिषद् हेरफेर गरेपछि शिवमाया तुम्बाहाङफेले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको जिम्मेवारी पाउनुभएको थियो । यस अघि उहाँ कानून न्याय तथा संसदीय मामिला मन्त्री हुनुहुन्थ्यो । 

भर्खरै
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

१ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

१ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

२ दिन अगाडि

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

३ दिन अगाडि

धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन
धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन

४ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

११ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्धारा कदर साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

८ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१८ दिन अगाडि

पाठकबाट थप