' यो वर्षभित्र १५ वटा कोप सप सञ्चालन गर्छौं '
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
' यो वर्षभित्र १५ वटा कोप सप सञ्चालन गर्छौं '
(सुदूर पूर्वी झापाको मेचीनगर ६, काँकरभिट्टामा २०५० साल फागुन २४ गते स्थापित नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड नेपालको पुरानो र स्थापित सहकारी मध्येको एक हो । यस संस्था अन्तर्गत हाल ५ प्रकारको व्यवसाय सञ्चालनमा छः एनएमसी बैंकिङ, एनएमसी डेरी, एनएमसी एकीकृत नमूना कृषि फर्म, सहकारी पसल र एनएमसी टी इन्डस्ट्री । तीमध्येको चौथो व्यवसाय सहकारी पसल अर्थात् एनएमसी कोप सप आजभोली सदस्य र गैरसदस्यहरुको किनमेलको रोजाई बन्दै गएको छ । व्यस्तताको कारण एकैस्थानबाट रोजेखोजेका उपभोग्य सामानहरु सहज, सरल, विश्वसनीय र गुणस्तरीय रुपमा पाइने हुनाले पनि यस्ता पसलहरु राजधानी बाहिरका मुख्य शहरहरुमा पनि मानिसहरुको लागि आकर्षणको केन्द्र बन्दैछन् ।२०७६ जेठ १५ मा शनिश्चरेबाट शुरु भएको एनएमसी सहकारी पसल हाल ९ स्थानमा खुलेका छन् । करिब ६ करोडको कुल लागतमा सञ्चालित ती पसलहरुमध्ये हालै शनिश्चरेको पहिलो सहकारी पसल भ्रमण गरेर फर्किनुभएका नेफ्स्कूनका अनुगमन अधिकृत शौभाग्य भट्टराईले कुप सपका प्रशासनिक प्रमुख नवीन भण्डारी र शनिश्चरेस्थित एनएमसी कार्यालय प्रमुख बासुदेव खतिवडासँग पसलसँग सम्बन्धित विभिन्न विषयमा संक्षिप्त प्रश्नोत्तर शैलीमा भलाकुसारी गर्नुभएको थियो ।  सम्पादक)

सहकारी पसल स्थापनको मुख्य उद्देश्य  के हो ?  सहकारीमार्फत रोजगारीको अवसर सिर्जना र सदस्यहरुलाई सहज, सुलभ र गुणस्तरीय खाद्यवस्तु उपलब्ध गराउने नै हो हाम्रो मुल उद्देश्य । सहकारीहरु विशेष गरेर आफ्ना सदस्यहरुलाई सबै किसिमका सेवा सुविधा उपलब्ध गराउन सक्षम छन् भन्ने पनि हो ।

सहकारी पसलमा के कस्ता सामानहरु पाइन्छ?  खाद्यान्न, किचेनवेयर्स, कस्मेटिक, सामान्य कपडाहरु, ईलेक्ट्रिक सामानहरु लगायत दैनिक उपभोग्य वस्तुहरु पाइन्छन् ।

लगानी र व्यापार कस्तो छ ?  ९ वटा स्टोरमा ६ करोड लगानी गरेका छौं । चाडपर्वका बेला दैनिक १० देखि १५ लाख, अन्य समयमा औसतमा दैनिक ५ लाखको हाराहारीमा व्यापार हुन्छ ।

किनमेलका लागि सदस्यहरु कति आउनुहुन्छ ?  गैर सदस्यहरुको भ्रमण कस्तो छ ? लगभग बराबरी, सदस्यहरु आफ्नो अपनत्व गरेर, गैर सदस्य सामान सहुलियत मुल्यमा पाईने भएर आउनुहुन्छ ।

सदस्यहरुलाई के कस्ता छुट सुविधा छ ?  कार्ड प्रयोग गरेर छुट दिने भन्ने निर्णय बमोजिम सदस्यका लागि Membership Card बनाउन एक भारतीय कम्पनीलाई अर्डर गरेपनि लकडाउनका कारण ढिलाई भएको छ ।

कतिवटा स्टोर सञ्चालमा छन् ?  हाल ९ वटा सञ्चालित छन् । विर्तामोडमा एउटा Distribution Centre स्थापना भएको छ,उक्त  Distribution Centre  मार्फत अन्य स्टोरहरुमा सामानहरु पठाईने गरिएको छ ।

लक्ष्य के छ ?  यो वर्ष अरु थप गरेर कोप सपको संख्या १५  पुर्याउने लक्ष्य लिएका छौं ।

सामानहरुको गुणस्तर र मुल्य अन्य स्टोर भन्दा के फरक छ ?  बजारका अन्य पसलहरुमा भन्दा तुलनात्मक रुपमा सस्तो रहेको छ ।

अबको नयाँ योजना के छ ? संस्थाको अन्य व्यवसाय एवम् सदस्यहरुबाट उत्पादित वस्तुको बजारिकरण

कर्मचारी कति छन् ?  हाल ८८ जना कर्मचारी

सामानहरु कहाँ बाट ल्याउनुहुन्छ ? सदस्यहरुबाट प्याकेजिङ्ग गरिएका एवम् माग बमोजिम कोप सपको खरीद विभागबाट ।

सदस्यका उत्पादनहरु के कति र कसरी राख्नुभएको छ ? सदस्यहरुको थोरै मात्रामा छ । गैर सदस्यहरुबाट वा अन्यत्र बजारहरुबाट ल्याउने र तिनमा पनि स्थानीय स्रोत साधन  जनशक्तिको प्रयोग गरेर उत्पादित वस्तुहरुलाई विशेष जोड दिएका छौं ।

कोप मार्टहरु धेरै ठाउँमा खुल्दैछन् ?  प्रतिस्पर्धीहरु ठूला ठूला र लगानी धेरै छ यस्तोमा कसरी दिगो हुनसक्छ ? प्रतिस्पर्धी मूल्य, उपभोक्ताको विश्वास, ब्राण्ड चुनौतीहरु के छन् ?
 शुरुमा खरीद गरेका सम्पुर्ण सामाग्रीहरुको मुअक विजक नपाईने भएकाले अफ्ठेरो भएको थियो ।  अहिले उक्त समस्या समाधान भएको छ । कोप सप वरपरै त्यस्तै प्रकृतिको व्यापार व्ववसाय गरेर बस्ने कतिपय सदस्यहरुले संस्थाले हाम्रो व्यापार व्यवसायलाई असर पर्ने काम गरेको भनेर गुनासो गर्नुहुन्छ । अर्को हामीले बुझेको भनेको भारतीय सीमा क्षेत्रमा कोप सप सञ्चालन गर्दा त्यति प्रभावकारी नहुने रहेछ । उपभोक्ताहरु सबै भारतीय बजारमा सस्तो पाइने हुनाले त्यतै लाग्नुहुने पायौं । यद्यपि सदस्यहरुलाई सहजताका लागि र भविष्य हेरेर सीमा क्षेत्रमा पनि सप सञ्चालन गरेका छौं । स्थानीय सरकारबाट भने खासगरी लकडाउनका समयमा सहयोग पायौं ।

किनमेल गर्न आउनेहरुको गुनासोहरु के कस्ता छन् ? तिनको सम्बोधन कसरी हुन्छ ? गुनासो सुनुवाई पुस्तिका राख्नुभएको छ कि छैन ?

कोप सपमै, कतिपय सदस्यहरुले संस्थामा कारोबार गर्न आउँदा गुनासो सुनाउनुहुन्छ। सम्पुर्ण सामाग्रीहरु पाए सजिलो हुन्छ, नपाउने सामान लिन अर्को स्थानमा जान नपरोस भन्ने रहेको छ । हामी महिनामा २ पटक बैठक बस्छौं: ३ र १८ गते। ३ गतेको बैठकमा सञ्चालक लगायत कोप (सपका कर्मचारीहरु पनि रहने, त्यसै बैठकमा उठेका गुनासाहरुको जानकारी गराउने काम हुन्छ । १८ गतेको बैठकमा पनि समग्र अवस्थाको र किनमेल गर्न आउनेहरुको अपेक्षा र हाम्रो सम्भावनाको विषयमा तालमेल मिलाउने गरी सघन छलफल गरी कार्यान्वयनको जिम्मेवारी तोक्छौं ।

अन्यत्र डिर्पाटमेन्ट स्टोर र यसमा तात्विक अन्तर के छ?

सामाजिक उत्तरदायित्त्व लाई सिरोपर गर्दै धुम्रपान, मद्यपान, गुट्खा, सुपारीजन्य वस्तुको बिक्री गर्दैनौं । बजार मूल्य भन्दा कममा सामानहरु बिक्री गरेका छौं ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप