जापानी बचत ऋण सहकारीका पिता सोन्तोकु
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जापानी बचत ऋण सहकारीका पिता सोन्तोकु

एजेन्सी । सोन्तोकु निनोमिया–जापानी बचत तथा ऋण सहकारी अभियानका एफ डब्लु राइफाइसन हुन् । जर्मनीको ग्रामीण वित्तीय सहकारी अभियानको स्थापना र विकासमा राइफाइसनको जस्तो योगदान छ त्यति नै योगदान जापानी बचत तथा ऋण सहकारी अभियानको श्रीगणेशमा सोन्तोकुको छ । यी दुई वित्तीय सहकारीका अगुवाहरुबीचको समानता के छ भने उनीहरु दुबैले १९ औं शताब्दीमा वित्तीय सहकारी अभियानमा भूमिका खेले । दुवैको अवधारणाको आधार पारस्परिकता नै थियो । फैलावटका हिसाबले राइफाइसन बढी चिनिए भने सोन्तोकु जापानभित्र सीमित भए । 

सोन्तोकुलाई जापानी बचत ऋण सहकारी अभियानका पिता मानिन्छ । पारस्परिकतामा आधारित पहिलो वित्तीय सहकारी स्थापनामा सोन्तोकुको महत्वपूर्ण योगदान रहेको इतिहास छ । सोन्तोकुलाई दार्शनिक, कृषि अभियानका पथप्रदर्शक, अर्थविद् एवम् नैतिकवान व्यक्तित्वका रुमपा चित्रित गरिन्छ ।

सोन्तोकुले पारस्परिक सहयोगको नयाँ प्रणाली विकास गरेका थिए जसलाई  ‘गोजोको प्रणाली’ भनिन्थ्यो । जापानी भाषामा गोजोको अर्थ ५ वटा महत्वपूर्ण गुणहरु समाविष्ट भन्ने बुझिन्छ । ती गुणहरु परोपकारिता, न्याय, शिष्टाचार, बुद्धि विवेक र इमान्दारी रहेका छन् । यीनै गुणहरुलाई शिरोधार्य गर्दै जापानी वित्तीय सहकारीहरु स्थापित र सञ्चालित हुनुपर्छ भन्ने उनको मान्यता थियो ।

सोन्तोकुको जन्म सन् १७८७ को सेप्टेम्बर ४ मा कानागावा (हालको ओडावारा शहर) को एक कृषक परिवारमा पहिलो छोराको रुपमा भएको थियो । भीषण आँधीबेहरीका कारण उनले घर र जमीन गुमाउनुपर्यो । रोगका कारण उनको पिताको पनि निधन भयो । यसले गर्दा उनीमाथि पारिवारिक जिम्मेवारीको बोझ बढ्यो । उनले आफुभन्दा ठूलाहरुसँग लागेर कडा मिहेनतसाथ काम गरे ।

केही समयपछि उनको आमाको पनि निधन भयो । त्यसपछि एक जना काकासँग उनी बसे । जब उनी राती लालटिन बालेर पढ्थे तब उनका काका रिसाउदथे, बिना काममा तेल खर्च गरेको भनेर किनकि उनको काकाका लागि पढाई काम नलाग्ले शोख थियो । पढ्न रुचि राख्ने सोनतोकुले आफै मिहिनेत गरेर (रेपसीड) तेलको खेती गरे जसले गर्दा पढाइलाई निरन्तरता दिन सकियोस ।

उच्चवर्गका योद्धाहरुको परिवारमा (सामुराई) काम गर्दागर्दै उनले पारस्परिक सहयोगमा आधारित ‘गोजोको’ प्रणालीको अवधारणा प्रचलनमा ल्याए जसमा सामुराईहरुकोमा काम गर्ने कर्मचारीहरुले आफुले कमाएको रकम बचत गरेर आवश्यक पर्नेहरुलाई सहयोग गर्ने गर्दथे । यसैलाई आजको परिस्कृत बचत तथा ऋण सहकारी अभियानको नामले चिनिन्छ । गोजोको प्रणालीभित्र वित्तीय कारोबार मात्र नभई भविष्यको योजना निर्माणमा सल्लाह सुझाव दिने काम समेत गरिन्थ्यो ।

आफुले विकसित गरेको प्रणालीको बारेमा उनले भनेका छन्, “एउटा उच्च घरानीया सामुराई परिवारमा काम गर्दा त्यहाँ म जस्तै काम गर्ने अन्य कामदार साथीहरुले मसँग रकम सापटी माग्दथे । पछि तिर्न सक्ने आधार र सामर्थ्य नभएकाहरुलाई म सापटी प्रदान गर्न सक्दैनथे । यद्यपि, उनीहरुको दुःखसँग म परिचित किन थिए भने म पनि त्यही प्रकारको समस्याबाट गुज्रिरहेको थिएँ । उनीहरुलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने व्यग्र चाहना र सोचको परिणति थियो गोजोको प्रणाली ।”

चीनियाँ दाशर्निक कन्फुसियसले भने अनुरुपका ती ५ गुणहरु प्रत्येक मानिसले आफ्नो जीवनमा व्यवहारमा लागू गरेर देखाउनुपर्दछ भन्ने मान्यता सोन्तोकुको पनि थियो । गोजोको प्रणालीमा आबद्ध व्यक्तिहरुले ती ५ गुणहरुलार्य शिरोपर गरेर नै एकअर्कालाई सहयोग गर्नुपर्ने नियम बनाइएको थियो ।

बिस्तारै जब सोन्तोकुको बहुप्रतिभाशाली व्यक्तित्वको बारेमा प्रचार प्रसार भयो तब सामुराई अधिकारीहरुले लिदैं आएको जापानमा वित्तीय पुनरुत्थानको परियोजनाहरुको नेतृत्व लिन सोन्कोतुलाई आग्रह गरे । त्यसैगरी, कृषिमा परिवर्तनको लागि काम गर्न पनि उनलाई आग्रह गरियो । गाउँलेहरुसँग मिलेर इमान्दारीपूर्वक काम गर्दै जाँदा सोन्तोकु सफल हुँद गए । त्यसपछि उनले जीवनभर कृषि विकासका कार्यहरुमा आफुलाई समर्पित गरे । उनको मृत्यु सन् १८५६ नोभेम्बर १७ मा जापानको तोगिचीमा भएको थियो । उनको जीवनी र योगदानका सम्बन्धमा पुस्तक प्रकाशन र चलचित्र निर्माण समेत गरिएको छ ।

(एजेन्सीहरुको सहयोगमा)

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१६ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१६ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप