बर्दियाको राजापुरमा नेफ्स्कून सेवा व्यवसाय अभिमुखीकरण कार्यक्रम 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बर्दियाको राजापुरमा नेफ्स्कून सेवा व्यवसाय अभिमुखीकरण कार्यक्रम 

राजापुर, बर्दिया । नेफ्स्कून फिल्ड कार्यालय नेपालगञ्जको आयोजना तथा व्यवस्थापनमा नेफ्स्कून सेवा व्यवसाय अभिमुखीकरण कार्यक्रम बर्दियाको राजापुरमा सम्पन्न भएको छ । नेफ्स्कून सदस्य सेवा व्यवस्थापन उपसमिति सदस्य एवम् जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बर्दियाका अध्यक्ष नवराज न्यौपानेको अध्यक्षता र नेफ्स्कूनका महासचिव दामोदर अधिकारीको प्रमुख आतिथ्यता आज सम्पन्न कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. बर्दियाका उपाध्याक्ष विजय शाह, बचत संघका लेखा समिति सदस्य यम बहादुर थापा अतिथिका रुपमा सहभागी हुनुहुन्थ्यो । बिजय शाहले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा १३ बचत तथा ऋण सहकारी संस्थाबाट ४७ जनाको सहभागिता थियो । 

कार्यक्रममा नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले बचत तथा ऋण सहकारी सञ्चालनमा प्रभावकारिता ल्याउन, संस्थाको सक्षमता अभिवृद्धि गर्दै सदस्यमैत्री सेवा प्रवाहका लागि संघ र साकोसको सहकार्य र ऐक्यबद्धता गतिशील हुन आवश्यक रहेको बताउनुभयो । यस क्षेत्रमा सञ्चालित साकोसका स्वंयसेवी र व्यवस्थापनको क्षमता अभिवृद्धिका लागी तत्कालै यस क्षेत्रमा क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गर्न व्यवस्थापन पक्षलाई उहाँले निर्देशन समेत दिनुभयो । कार्यक्रममा नेफ्स्कून सदस्य सेवा व्यवस्थापन उपसमिति सदस्य नवराज न्यौपानेले  प्रारम्भिक बचत तथा ऋण सहकारी संस्था सँगै जिल्ला बचत तथा तथा ऋण सहकारी संघको सक्षमता विकास तथा सबलीकरणका लागि सहकार्य गर्दै अगाडी बढ्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा नेफ्स्कून सेवा व्यवसायका सम्बन्धमा संघका वरिष्ठ अधिकृत दीपक प्रसाद ढुंगानाले  प्रस्तुतीकरण गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन नेपालगञ्ज फिल्ड ईन्चार्ज यम बहादुर डाँगीले गर्नुभएको थियो ।
 
भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१९ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१९ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप