नवदुर्गा साकोसको अर्धवार्षिक समिक्षा एवम् संचालक कर्मचारी तालिम सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नवदुर्गा साकोसको अर्धवार्षिक समिक्षा एवम् संचालक कर्मचारी तालिम सम्पन्न 

पनौती । नवदुर्गा बचत तथा ऋण सहकारी संस्थाको अर्धवार्षिक समिक्षा गोष्ठी तथा संचालक तथा कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम शनिवार सम्पन्न भएको छ । संस्थाका सल्लाहकार तथा पनौती नगरपालिका वडा नं ९ का वडा अध्यक्ष सहकुल कुमार हुमागाई उदघाटन सत्रको प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रमको उद्घाटन गर्दै हुमागाईले सहकारीले बचत तथा ऋणका अलावा कमजोर वर्गलाई ध्यानमा राखेर कार्यक्रमहरु संचालन गर्नुपर्ने बताउनुभएको थियो । संस्थाका सचिव अकुर प्रसाद सापकोटाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा सल्लाहकार विदुर हुमागाई यज्ञप्रसाद हुमागाई उपसमितिका केदार नाथ आचार्य, लेखा तथा सुपरिवेक्षण समिति संयोजक रमेशराज राजलवट लगायतले सहकारी संस्थाको विषयमा बोल्नुभएको थियो । 

सहकारीको अर्धवार्षिक वित्तीय अवस्थाका बारेमा जानकारी गराउँदै संस्थाका कार्यकारी अधिकृत दिपक तिमल्सिनाले संस्थाले सहकारीको मर्म र धर्म बमोजिम कार्य गर्दै आएको बताउँदै विभिन्न ६ वटा संंस्था एकीकरण भएर ग्रामीण क्षेत्रलाई लक्षित गरि सेवा प्रवाह गर्दै आएको जानकारी दिनुभयो । उनका अनुसार जिल्लाको साविकका ११ गाविसलाई कार्यक्षेत्र बनाएको संस्थाले पौष मसान्त सम्ममा ४७०४ जनालाई कुल ४ करोड १९ लाख ५८ हजार ९ सय रुपैंयाको शेयर प्रदान गर्न सफल भएको छ । कुल ४३ करोड ४१ लाख २४ हजार ५ सय ६९ कुल पुँजी जम्मा गर्न सफल संस्थाको ३६ करोड १० लाख ९२ हजार ३ सय ३६ कर्जा लगानीमा रहेको छ । औषतमा १३.४० प्रतिशत व्याजदरमा ऋण प्रवाह गरेको संस्थाले बचतकर्तालाई औषतमा ८.६० प्रतिशत व्याज दिएको छ । संस्थाले आगामी असार मसान्तमा कुल पुँजी ५१ करोड २२ लाख ३५ हजार ९ सय पुर्याउने प्रक्षेपण गरेको छ ।

संस्थाको अर्धवार्षिक समिक्षा पछि संचालक तथा कर्मचारीका लागि क्षमता अभिबृद्धि तालिम संचालन गरिएको थियो । कास्कूनका प्रमुख कार्यकारी अधिकृत तथा सहकारी प्रशिक्षक कृष्ण प्रसाद आचार्य प्रशिक्षण दिनु भएको थियो । संस्थाको विकासका लागि संचालक तथा कर्मचारीहरुको भूमिकाका विषयमा आचार्यले सहजीकरण गर्नुभएको थियो । नगरकोटको होटल चौतारीमा भएको कार्यक्रमको शनिवार समापन भएको थियो । समापन कार्यक्रममा बोल्दै संस्थाका सल्लाहाकार तथा नेपाल बार एशोसियसन काभ्रे शाखाका पूर्व अध्यक्ष रमेश प्रसाद हुमागाईले तालिमका सिकेका विषय संस्थामा प्रत्यक्ष रुपमा देखिनुपर्ने कुरामा जोड दिनुभएको थियो । कुल ७३ जना सहभागि कार्यक्रममा प्रमुख अतिथि हुमागाईले प्रमाणपत्र वितरण गर्नुभएको थियो । कार्यक्रमको संचालन संस्थाका सल्लाहाकार उपेन्द्र हुमागाईले गर्नुभएको थियो ।
 
भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१४ घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१५ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

६ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१४ घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१५ घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप