वित्तीय कानुनसम्बन्धी जनसचेतनको प्रशिक्षण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
वित्तीय कानुनसम्बन्धी जनसचेतनको प्रशिक्षण

 दोलखा । दोलखा जिल्ला कार्यक्षेत्र रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्था लि.ले  कर्मचारीको क्षमता विकासका लागि सहकारी तथा वित्तीय कानुनका बारेमा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।  संस्थाको मुख्य कार्यालय बैत्यश्वर गाउँपालिका ५ मैनापोखरीमा शनिबार आयोजित वित्तिय संस्थासँगसम्बन्धित कानुन तथा कानुनी सिद्धान्तका बारेमा प्रशिक्षण कार्यक्रममा दोलखा जिल्ला अदालतका जिल्ला न्यायाधीश कविप्रसाद न्यौपाने मुख्य सहजीकरण गर्नु भएको थियो । सो अवसरमा जिल्ला न्यायाधीश न्यौपानेले धितो बन्दक र लिखत तयार गर्दा अपनाउनु पर्ने सबै प्रक्रियाका बारेमा सहभागीहरुलाई जानकारी गराउनुभएको थियो । सो अवसरमा उहाँले सहकारी ऐन विशिष्ट कानुन भएकोले सोही कानुनमा उल्लेख भए अनुसारका सबै प्रक्रिया पुरा गरी सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गर्नु पर्ने बताउनु भयो । सहकारी संस्थाले समुदायका गरिब विपन्न तथा सिमान्तकृत समुदायको जीवन स्तर माथि उकास्न काम गर्ने भएकाले सेवा प्रवाहमा व्यवहारिक भन्दा पनि कानुनी प्रक्रिया पुरा गर्नु पर्नेमा जोड दिनु पर्ने उहाँले बताउँनु भयो । 

प्रशिक्षण कार्यक्रममा दोलखाका जिल्ला न्याधिवक्ता सविता शर्मा, सहायक जिल्ला न्याधिवक्ता बद्रीकुमार कार्की, जिल्ला अदालत दोलखाका श्रेष्तेदार सुमन कुशवाह र संस्थाका कानुनी सल्लाहकार अधिवक्ता राजेन्द्र नारायण श्रेष्ठले सेवा प्रवाहका क्रममा वित्तिय संस्था तथा सहकारी संस्थाहरुले पालना गर्नु पर्ने कानुनी प्रावधानका बारेमा सहभागीहरुलाई प्रशिक्षण दिनु भएको थियो । सो अवसरमा वहाँहरुले सहकारी संस्थाले मुख्य गरी बचत संकलन र ऋण लगानिको कार्य गर्ने भएकोले  बचत संकलन र ऋण लगानिको क्रममा पालना गर्नु पर्ने कानुनी प्रावधानका बारेमा जानकारी दिनु भएको थियो । 
कार्यक्रमको अध्यक्षता सहकारी संस्थाका अध्यक्ष हेमन्तकुमार चौलागाईले गर्नु भएको थियो । अध्यक्षता ग्रहण गर्नु हुँदै चौलागाईले जनसचेतन सहकारी संस्थाले जिल्ला भरी १४ वटा सेवा केन्द्र मार्फत वाणिज्य बैकले दिने सरहको सुविधा आफ्ना शेयर सदस्यहरुलाई प्रवाह गरेको बताउनु भयो । सो अवसरमा उहाँले संस्थाले बचत संकलन र ऋण प्रवाहका साथै रेमिट्यान्स सेवा लगायत अन्य सेवा प्रवाह गर्दै आएको बताउनु भयो । सो अवसरमा अध्यक्ष चौलागाईले सहकारीले समुदाय स्तरमा गैह्रवित्तिय सेवा समेत प्रवाह गर्दे आएको बताउँनु भयो । 

प्रशिक्षण कार्यक्रममा सहकारी संस्थाका पुर्व अध्यक्ष भीमप्रसाद दाहाल, बरिष्ठ उपाध्यक्ष गोपालध्वज श्रेष्ठ, उपाध्यक्ष स्वस्थानी कुँबर, सविच कमल दाहाल लगायत अन्य सञ्चालक सहित ५० भन्दा बढी संस्थाका कर्मचारीहरुको सहभागिता रहेको थियो । 
 
भर्खरै
स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

९ घण्टा अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

९ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

९ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

१० दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१८ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३१ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

पाठकबाट थप