बागमती प्रदेशस्तरीय सहकारी संघहरुको भ्रमण टोली दोलखामा 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बागमती प्रदेशस्तरीय सहकारी संघहरुको भ्रमण टोली दोलखामा 

दोलखा । बागमती प्रदेशस्तरीय सहकारी संघहरुको प्रतिनिधिमूलक टोलीले आज दोलखामा अन्तरक्रिया कार्यक्रम गरेको छ । बागमती प्रदेश भित्रका जिल्लामा रहेको जिल्ला स्थित सहकारी संघहरुसँग अन्तरक्रिया तथा अध्ययन गरिरहेको टोलीको नेतृत्व राष्ट्रिय सहकारी महासंघका संचालक डिबी बस्नेतले गर्नुभएको थियो भने नेफ्स्कून संचालक जिवसराज खड्का, राष्ट्रिय सहकारी बैंकका संचालक ज्ञान बहादुरङ तामातामाङ, बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे, बागमती प्रदेश बचत संघका अध्यक्ष उद्धव सापकोटा, बागमती प्रदेश कृषि सहकारी संघका अध्यक्ष डिल्ली पाठक लगायतका प्रतिनिधिहरु भ्रमणमा समावेश हुनुहुन्थ्यो ।

टोलीले दोलखा जिल्लामा रहेका विषयगत सहकारी संघहरु, प्रारम्भिक संस्थाहरु र कर्मचारीहरुसँग अन्तरक्रिया गरेको हो । कार्यक्रममा संयोजक बस्नेतले अन्तरक्रियाको उद्देश्य विषयगत संघहरुको अहिलेको अवस्था अध्ययन गर्ने र संघहरुलाई संस्थागत बनाउन सहयोग गर्ने रहेको बताउनुभयो । कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाईले जिल्लामा रहेका ६ वटा संघहरुमध्ये जिल्ला सहकारी संघ र जिल्ला बचत संघ मात्र क्रियाशील रहेकोमा आगामी दिनमा अन्य संघहरुलाई पनि क्रियाशील बनाउन जिल्ला सहकारी संघले भूमिका खेल्ने बताउनुभयो । कार्यक्रममा जिल्ला बचत संघका अध्यक्ष भुमीराज खड्का, जिल्ला कृषि सहकारी संघका अध्यक्ष अम्बिका गोले, जिल्ला बहुद्देश्यिय सहकारी संघका अध्यक्ष श्यामकाजी कट्वालले विषयगत संघका गतिविधि तथा जिज्ञासा प्रस्तुत गर्नुभयो ।यस अध्ययन भ्रमणको प्रतिवेदन राष्ट्रिय सहकारी महासंघमा बुझाउने बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धब सापकोटाले जानकारी दिनुभयो । भ्रमण टोलीलाई नेफ्स्कून फिल्ड कार्यालय र जिल्ला बचत संघले स्वागत गरेको थियो ।
 
भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप