नेफ्स्कूनद्वारा आवद्ध महिला साकोसका लागि निशुल्क सफ्टवेयर र उद्यमशिलता थोक ऋण सुविधा घोषणा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्वारा आवद्ध महिला साकोसका लागि निशुल्क सफ्टवेयर र उद्यमशिलता थोक ऋण सुविधा घोषणा

मकवानपुर । नेफ्स्कूनले अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर महिलाहरुद्वारा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाहरुलाई निशुल्क सफ्टवयर सेवा र महिला उद्यमशिलता विकास थोक ऋण उपलब्ध गराउने घोषणा गरेको छ । आज मकवानपुरको हेटौंडामा नेफ्स्कूनद्वारा आयोजित सहकारी व्यावसायिकीकरणमा महिलाको निर्णायक सहभागिता विषयक अनुशरणीय गोष्ठीका अवसरमा निशुल्क सफ्टवयर सेवा र थोक ऋण सुविधा प्रदान गर्ने घोषणा गरेको हो । 
  
कार्यक्रमका अवसरमा नेफ्स्कूनले महिलाद्वारा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाहरुका लागि एक महिनाका लागि निशुल्क नेकोस प्लस सफ्टवयर र ६ प्रतिशत व्याजदरमा ५ बर्षका लागि बिना कुनै सेवा शुल्क महिला उद्यमशिलता विकास थोक ऋण उपलब्ध गराइने  संघका उपाध्यक्ष शान्ति अधिकरी ढकालले जानकारी गराउनुभयो । 

प्रविधि मैत्री साकोस निर्माणको लागि निशुल्क सफ्टवयर तथा वित्तीय प्रविधि विकासका लागि नेफ्स्कून र जिनोव इन्क प्रा.लि.(Zinob Inc.Pvt.ltd.) बीचको संयुक्त साझेदारीमा आगामी चैत्र मसान्त सम्मका लागि नेकोस प्लस सफ्टवयर तथा मोबाइल बैंकिङ निशुल्क सेवा वितरण गर्ने घोषणा भएको हो । साथै ६ प्रतिशत व्याजदरमा ५ बर्षसम्ममा लागि बचत तथा ऋण सहकारी संस्थाको कुल वासलातको आधारमा विना धितो महिला उद्यमशिलता विकास थोक ऋण सुविधा प्रदान गर्ने भएको हो । यस योजना अन्तर्गत पहिलो आउनेलाई पहिलो प्राथमिकताका आधारमा यस आर्थिक वर्षभित्र संघका देशभरका सबै फिल्ड कार्यालयबाट १ अर्ब लगानी गरिनेछ ।

नेफ्स्कूनका सञ्चालक एवम महिला सशक्तीकरण उपसमिति संयोजक गोमा नेपालको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख व्यक्ति उपाध्यक्ष शान्ति अधिकारी, सञ्चालक विद्या कोइराला, हरेराम प्रसाद, जिल्ला बचत संघ मकवानपुरका अध्यक्ष कल्पना श्रेष्ठ, फिल्ड व्यवस्थापन उपसमिति सदस्य विजय बहादुर वस्नेत, राजेन्द्र प्रसाद पौडेल लगायत चितवन, नवलपरासी र मकवानपुरमा सञ्चालित महिला साकोसका अध्यक्ष, प्रतिनिध एवम्  व्यवस्थापन कर्मचारीहरु सहित ७५ जनाको उपसस्थिति थियो । 

कार्यक्रम सहजीकरण नेफ्स्कूनका उपाध्यक्ष शान्ति अधिकारी, जिनोव इन्क प्रा.लि.का प्रमुख कार्यकारी  अधिकृत राजीभ कर्ण र नेफ्स्कूनका सञ्चार अधिकृत राधा पौडेलले गर्नुभएको थियो ।

महिला सशक्तीकरण उपसमिति सदस्य विष्णुमाया लामाले स्वागत गर्नुभएको कार्यक्रम सञ्चालन मकवानपुर फिल्ड इन्चार्ज ज्योति महतले गर्नुभएको थियो ।
 
भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

२ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

३ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

५ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

५ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

११ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१३ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३० दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२२ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२२ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३५ दिन अगाडि

पाठकबाट थप