दृष्टिविहिन विद्यार्थीहरुका लागि एभरेष्टको सहयोग
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दृष्टिविहिन विद्यार्थीहरुका लागि एभरेष्टको सहयोग

चितवन । जिल्लाको एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लि. ले स्थापना दिवसको अवसरमा विविध सामाजिक उत्तरदायित्वपूर्ण क्रियाकलापहरु सञ्चालन गरेको छ । संस्थाले चितवनको नारायणी नमुना मा.वि.को दृष्टि बिहिन ईकाईमा अध्ययनरत ३२ जना छात्रछात्राहरुलाई अक्षयकोष स्थापनाका लागि आज २५ हजार रकम सहयोग गरेको हो ।

संस्थाको चैत्र १४ गते पर्ने १३औं स्थापना दिवसको पूर्व सन्ध्यामा हिजो १३८ जना महिला शेयर सदस्यहरुका लागि वित्तिय साक्षरता, सहकारी र महिला सशक्तिकरण कार्यक्रम सञ्चालन गरेको छ भने आज नारायणी नमुना मा.वि.को दृष्टि बिहिन ईकाईमा अक्षय कोषमा रकम हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम संयोजक अनुषा चुकेले  दृष्टि विहिन ईकाईमा अध्ययनरत ३२ जना छात्रछात्रा अध्ययन सहयोगार्थ अक्षय कोषको लागि रु.२५,०००।०० हस्तान्तरण गरिएको र हरेक वर्ष साकोसले सामाजिक कार्यमा लागि सहयोग गर्दै आईरहेको बताउनुभयो । संस्थाले विगतका वर्षहरुमा पनि अध्ययनको लागि ब्रेललिपी, खानेपानी ट्याङ्की, खाद्यान्न आदि उपलब्ध गराउदै आएको संस्थाका व्यवस्थापक सरु ढकालले जानकारी दिनुभयो ।

त्यसैगरी संस्थाले चैत्र १२ गते जेष्ठ सदस्य सम्मान कार्यक्रम र स्थापना दिवसको दिन चैत्र १४ गते संस्थामा दिप प्रज्वलन र शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिने संस्थाका व्यवस्थापक सरु ढकालले जानकारी दिनुभयो ।

हिजो सम्पन्न वित्तिय साक्षरता, सहकारी र महिला सशक्तिकरण विषयक कार्यक्रममा सहकारी विज्ञ एवम् प्रशिक्षक ईन्दिरा पन्तले प्रस्तुतिकरण गर्नु भएको थियो ।  कार्यक्रममा कुनै पनि व्यक्तिले वित्तीय योजना तयार गरी बजेट तर्जुमा गर्नुपर्ने र योजना अनुसार कार्यान्वयन गरी वित्तीय रुपमा सशक्त हुनुपर्ने कुरामा जोड दिइएको थियो । सहकारी मार्फत उद्यमी बन्न सकिने भएकोले सहकारी संस्थाले उद्यमशिलताका तालिम तथा कार्यक्रम संचालन गरि आफ्ना शेयर सदस्यहरुलाई उद्यमी बनाउनुपर्ने कुरामा जोड दिनुपर्ने प्रशिक्षक पन्तले जानकारी गराउनुभएको थियो । उहाँले सहकारी मार्फत व्यवसाय निर्माण गरि युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न, महिलाहरुले निरन्तर अध्ययन, समयसापेक्ष प्रविधिको प्रयोग, क्षमता र सीप विकास मार्फत अवसरको खोजी गरि अगाडि बढ्न प्रशिक्षणका क्रममा सहभागीहरुलाई आव्हान गर्नुभएको थियो । 

एभरेष्ट साकोसमा हाल सम्म ३४०४ जना शेयर सदस्य, १३४५ जना बाल सदस्य आबद्ध रहेका छन भने ४४ करोड ५३ लाखको कुल सम्पत्ती रहको छ ।
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

३ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप