आज ६४ औं राष्ट्रिय सहकारी दिवस देशभर मनाइदै
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
आज ६४ औं राष्ट्रिय सहकारी दिवस देशभर मनाइदै

काठमाडौं । आज ६४ औं राष्ट्रिय सहकारी दिवस मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइदैछ । सहकारी अभियानको सम्भवतः सबैभन्दा ठूलो पर्वका अवसरमा देशभर नै प्रारम्भिकदेखि केन्द्रीय निकायका साथै सहकारी विभागले आज विभिन्न कार्यक्रम आयोजना गरेका छन् भने केहीले साताव्यापी रुपमा मनाउने घोषणासहित गतिविधिहरु सुरु गरिसकेका छन् । राष्ट्रिय सहकारी महासंघले केही दिनअघि यस वर्षको सहकारी दिवसको आदर्श वाक्य ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ घोषणा गरेसँगै त्यसैलाई समग्र अभियानले आत्मसात् गर्दै कार्यक्रमहरु परिलक्षित गरेका छन् ।

गत वर्ष कोभिड १९ को विषम परिस्थितिका कारण सिर्जित प्रतिबन्धात्मक अवस्थाले भौतिक रुपमा ६३ औं राष्ट्रिय सहकारी दिवसका कार्यक्रमहरु हुन सकेका थिएनन् । हाल केही साता यता कोभिडको संक्रमण दर खतराउन्मुख हुँदै गरेपनि गतवर्षको जस्तो असहजता र कडा सरकारी प्रतिबन्धहरु  नभईसकेकका कारण सुरक्षित र संयमित हुँदै सहकारी चाड मनाउने कार्यक्रम सार्वजनिक भएका छन् । 

यस वर्षको सहकारी दिवसको पूर्वसन्ध्यामा सहकारी संघ संस्थाहरुले खेलकुद, मनोरञ्जनका साथै सामाजिक उत्तरदायित्वका विविध सृजनात्मक कार्यक्रमहरु आयोजना गरेका छन् भने केहीले सम्पन्न गरेका छन् । केहीले आगामी केही दिनसम्म कार्यक्रमहरु जारी राख्ने जनाएका छन् । ६४ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा बखानसिंह गुरुङको सालिक अनावरणदेखि फुटबल प्रतियोगिता, हाजिरी जवाफ, निबन्ध, कविता, चित्रकला प्रतियोगिता, गोष्ठी, सरसफाई, प्रविधिमैत्री सेवाहरुको सुभारम्भ, रक्तदान, वृक्षारोपण लगायत विविध प्रकृतिका कार्यक्रमहरु राखिएका छन् । सहकारी विभागको पछिल्लो तथ्याङक अनुसार हाल मुलुकभर करिब ३० हजार सहकारीहरु छन् ।

आज भन्दा ६३ वर्ष अघि अर्थात् २०१३ सालमा आजकै दिन चितवनको शारदानगरमा नेपालको पहिलो सहकारीका रुपमा बखान ऋण सहकारी समिति स्थापना भएको दिनको सम्झनामा प्रत्येक वर्ष यही दिन राष्ट्रिय सहकारी दिवस मनाउने प्रचलन छ । विकासप्रेमी अगुवा स्वर्गीय बखानसिंह गुरुङको संरक्षकत्वमा बखान ऋण सहकारी समिति गठन भएको थियो । सोही कारण गुरुङलाई नेपालको सहकारी अभियानको जन्मदाता, अगुवा, संस्थापक जस्ता उपमाहरुद्वारा सम्मानभाव प्रकट गरिन्छ ।

भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२० घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप